पोर्चुगलमा एयरक्राफ्ट दुर्घटना, पाँच जनाको ज्यान गयो

पोर्चुगलमा भएको विमान दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ। पोर्चुगलको राजधानी लिस्वनभन्दा बाहिर कासाकाइसमा सो दुर्घटना भएको हो। पर्यटक बोक्ने सानो विमान दुर्घटना भएको थियो। दुर्घटनामा परि स्वीच चालकसहित पर्यटक एक दम्पत्तिको ज्यान गएको थियो भने जमिनमा एक ट्रकको समान लोड गर्दै गरेका पोर्चुगिस एक कामदारको पनि ज्यान गएको छ। करिब २ सय मिटर माथि उडिरहेको सो पर्यटक विमानमा एक्कासी आगो लागेको थियो ।
आगोसँगै भुइँमा झर्दा काम गरिरहेका कामदारको ज्यान गएको स्थानीय मिडीयाले खबर प्रकाशित गरेका छन्। पोर्चुगलको हवाई दुर्घटना जाँच व्युरो जीपीआईएएफले जनाए अनुसार बिमान करिब २ हजार मिटर माथि उडेको थियो।
दुर्घटनास्थल भन्दा करिब एक सय मिटर नजिक विद्यालय थियो। विद्यालयभन्दा केही पर विमान झरेकोले सम्भावित ठूलो दुर्घटना टरेको छ। सोमबार बिहान करिब साँढे दश बजे विमान दुर्घटना भएको थियो। प्रत्यक्षदर्शीका अनुसार आगो लागिरहेको अवस्थामानै विमान जमिनमा झरेको थियो। जमिनमा झर्दासाथ विमान विस्पोट भएको थियो ।
ए पी ३१ लाईट एयरक्राफ्ट नामक सो विमान गत साता मात्र स्वीजरल्याण्डबाट पोर्चुगल ल्याइएको थियो। विषेशत पर्यटकलाई विमानमा शयर गराई घुमाउने उद्देश्यले पोर्चुगलको एक निजी कम्पनीले सो विमान सञ्चालनमा ल्याएको थियो। जाँच व्युरो जीपीआईएएफले एक महिना भित्र दुर्घटनाको प्रारम्भीक रिपोर्ट सार्बजनिक गर्ने बताएको छ।
विमान दुर्घटना प्रति पोर्चुगलका राष्ट्रपति मार्केले रिवेलो डी साउसाले गहिरो दुःख व्यक्त गरेका छन्। उनले घटनास्थल पुगी दुर्घटनाको प्रकृति अवलोकन गरेका थिए।
प्रतिकृया दिनुहोस
विचार/ब्लग
-
सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी
कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।
नवीन दित्य कोइराला
-
अमर प्रीति
देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो। उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो।
देव सागर