नेपाली समाज लिमरिक आयरल्याण्डको नयाँ कार्यसमिति गठन

  • Get News Alerts

अप्रिल २५ मा ड़ायोसिन सेन्टर, डेनमार्क स्ट्रीट लिमरिकमा भएको नेपालीहरूको भेलाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ। ग़ैरआवासीय नेपाली विद्यार्थी तथा उपस्थित ग़ैरआवासीय नेपाली परिवारहरूको सभाले प्रेम प्रसाद घलेको अध्यक्षतामा १९ सदस्य उक्त  नयाँ कार्यसमिति गठन गरेको हो।

पछिल्लो २ वर्षे  कार्यकाल सम्हालेक निवर्तमान अध्यक्ष सनम थापा 'माइकल' ले प्रेम घलेलाई कार्यभार सुम्पदै नवनिर्वाचित कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरे।

नव निर्वाचित कार्य समितिको अध्यक्षमा - प्रेम प्रसाद घले, उपाध्यक्षमा -  उत्तम पाण्डे, प्रजया न्यौपाने र मिलन आचार्य त्यस्तै गरी महासचिवमा- सुमन कुँवर ,सचिवमा विजय कुमार बूढ़ाथोकी, कोषाध्यक्षमा- शीतल बस्नेत र सह-कोषाध्यक्षमा- अमृत कुमार श्रेष्ठ छन्।

सदस्यहरूमा भने नगेन्द्र सिंह ठकुरी, कृष्ण काफ्ले, बाबुकृष्ण खतिवडा, सज्ना खड़का,अरुण के सी, मिलन गौतम, शिवा अधिकारी,मुकेश घिमिरे,मदन तिमिल्सिना,राजकुमार प्रधान,चन्द्रमणि खरेल र सृजना बस्नेत रहेका छ्न।

भेलाले संस्थापक अध्यक्ष राज थापाको संयोजकत्वमा ७ सदस्यीय सल्लाकार  समितिको समेत गठन गरेको छ। जसमा सनम थापा 'माइकल', बुद्ध लामा, लक्ष्मी पौड़ेल, डम्मर गौतम, टेक अधिकारी, मुना अधिकारी र समीर खरेल छन्।

प्रतिकृया दिनुहोस