स्विजरल्याण्डमा गाँजा खान पाउनु पर्ने मागबारे जनमत संग्रह हुने

  • Get News Alerts

बैधानिक रूपमा गाँजा खान र खेती गर्न पाउने पर्ने माग राखी स्विजरल्याण्डमा अभियान शुरु भएको छ। एक लाख हस्ताक्षर भएपछि कुनै पनि विषयमा जनमत संग्रह गर्नुपर्ने संघीय कानून अनुसार अबको डेढ बर्ष भित्र गाँजाको बैधानिकताको बिषयमा मतदान हुनेछ।

राजधानी बर्न, ठूला शहरहरु ज्युरिख, जेनेभा लगायत पर्यटकीय केन्द्रहरुमा संजाल बनाएर यो अभियान नै चलाइएको छ। यसअघि सन् २००८ मा मतदान हुँदा ६३ प्रतिशतले गाँजा उपभोग गलत हो, यसको खेती गर्न दिनु हुन्न भन्ने पक्षमा मतदान गरेपछि गाँजाको बैधानिकता रोकिएको थियो।

स्वीस संस्था र पुलिसको अनुमानमा ३ लाख ५० हजार देखि ५ लाख सम्म स्विस नागरिकले गाँजा र मर्फिन जस्ता लागू पदार्थ प्रयोग गर्छन। पोर्चुगल, स्पेन, इटाली र जर्मनीबाट गाँजा भित्रिने पुलिसको भनाइ छ।

युरोपको प्रमुख समस्याको रूपमा रहेको गाँजाको उपभोग घटाउन सिमानामा कडा गर्ने सरकारी नीती भएपनि बर्षेनी उपभोक्ताहरु बढेको तथ्यांकले जनाएको छ।

सरकारले रक्सि, चुरोटलाई कर लिएर बेच्न दिन्छ, कर लिएर बेश्यावृत्ति चलाउन दिन्छ भने गाँजापनि कर लिएर बेच्न र खेति गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो, अभियानकर्ता अलेक्स पिएरेले भने। उनी शिक्षक हुन्।

उनको तर्क छ- लुकिछिपी बेपार गर्न दिनु भन्दा नियन्त्रणमा खुल्ला दिनु बेश भनेर आफू गाजा खानेहरुको समर्थनमा उत्रिएको उनले बताए।

प्रतिकृया दिनुहोस