बैंककमा लगानी प्रवद्र्धन कार्यक्रम

  • Get News Alerts

थाइल्यान्डस्थित नेपाली दूतावासले शुक्रबार बैंककमा नेपालमा लगानी प्रवद्र्धन गर्नेबारे एक कार्यक्रमको आयोजना गरेको छ।

दूतावासबाट शनिबार प्रकाशित प्रेस विज्ञप्तिअनुसार कार्यक्रमका सहभागीलाई स्वागत गर्दै थाइल्यान्डका लागि नेपाली राजदूत डा खगनाथ अधिकारीले नेपालमा उपलब्ध लगानीका अवसरबारे उल्लेख गर्दै वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकारले प्रभावकारी व्यवस्था गरेको बताए।

सो अवसरमा थाइल्यान्ड–नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष कृष्ण शिवकृस्कुलले छोटो प्रस्तुतिमार्फत नेपालमा लगानीका अवसरबारे प्रकाश पार्दै व्यवसायीलाई नेपालमा लगानी गरी लाभ लिन आग्रह गरेका थिए।

राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णीम वाग्लेले नेपालको आर्थिक अवस्था तथा लगानी अवसरबारे उल्लेख गरे। गैरआवासीय नेपाली सङ्घ थाइल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकालले सङ्घले नेपालमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीका अवसरबारे विस्तृत प्रस्तुति दिनुहुँदै सहभागीबाट उठेका प्रश्नको जवाफ दिएका थिए।

प्रतिकृया दिनुहोस