आइएसआइद्वारा शरणार्थी शिविरमा आत्मघाति आक्रमणः बालबालिका सहित ३२ जना भन्दा बढिको निधन

  • Get News Alerts

इराक र सिरियाको सिमानामा रहेको अस्थाइ शरणार्थी शिविरमा आइएसआइएसले आत्मघाति आक्रमण गरेको छ। मंगलबार भएको उक्त आक्रमणबाट २१ जना शरणार्थी सहित ३२ जनाको निधन भएको जनाइएको छ। निधन हुनेहरुमा इराकी शरणार्थी, सिरियाका बिस्थापित मानिसहरु र लडाकु भएको पुष्टि भएको छ।

आक्रमण गरिएको शिविर सिरियाको उत्तर-पूर्बिे क्षेत्रको राज्म-अल-सालिबे भन्ने ठाउँमा अवस्थित छ। यो शिविरमा इराकी शरणार्थी र सिरियन बिस्थापित गरि करिब ३ सय परिवारहरुले आश्रय लिइराखेका छन्। यो अस्थाइ सिविरबाट बिस्थापित र शरणार्थीहरुलाइ संयुक्त राष्ट्रसंघले व्यवस्था गरेको अर्को शिविरमा सारिन्छ।   

बेलायती अनुगमन संस्था द सिरियन आब्जरभेटरीले जनाए अनुसार ५ जना आत्मघातिहरुले शिविर बाहिर रहेको सुरक्षा जाँच पोष्टमा आफूलाई बिष्फोट गराएका थिए। आत्मघाति आक्रमण पछि पनि आइएसआइएसका लडाकुहरु र अमेरिकि सेनाको नेतृत्वमा रहेको गठबन्धन सेना बिच भिषण लडाईं भएको समाचार एजेन्सिहरुले बताएका छन्।

मारिनेहरुमा धेरै जस्तो आइएसआइको गढ मानिएको इराकी सहर मसुलबाट भागेर सिविरमा बसेका आइमाई र केटाकेटी भएको जनाइएको छ। आक्रमण भएको क्षेत्रको स्थिति निकै खराब भएको र राहत पनि अपुग भएको अन्तराष्ट्रिय संस्थाहरुले जनाएका छन्।

सिरियाको यो क्षेत्रमा अमेरिकि नेतृत्वको गठबन्धन सेनाको सहयोगमा सिरियन डेमोक्रेटिक फोर्स सक्रिय र सशक्त छ। यो गठबन्धनले  आइएसआइको राजधानि मानिएको रक्कामा आक्रमण गर्ने तयारी गरिरहेको पनि जनाइको छ।


प्रतिकृया दिनुहोस