तिम्रो पनि नाम रञ्जु बाट लन्जु फन्जु नबनोस्

म सामान्य मान्छे। मलाई राजनीतिमा त्यति धेरै चासो कहिल्यै पनि लागेन। सानो छँदा जुलूस आमसभामा जान खुब रहर लाग्थ्यो। त्यति बेला राजनीति के हो भनेर बुझेको सम्म थिइनँ। त्यो वेला पार्टीको झण्डा बोक्दै ट्रकमा चडेर जिन्दावादको नारा लगाउँदै बुवाको हात समातेर हिड्दा खुब मज्जा लाग्थ्यो। तर जब राजनीतिलाई नजिक बाट नियाल्न थाले मलाई राजनीतिको ‘र’ नै मन पर्न छोड्यो। आज बर्षौ पछि विवेकशील नेपाली दल बाट काठमाण्डौ महानगरको मेयरमा उमेद्वार घोषणा पश्चात एकाएक चर्चामा आएकी रञ्जु दर्शना को पछिल्लो अभिव्यक्ति देखेर केही लेख्न मनलाग्यो।
रञ्जु, तिमी को हौ? के हौ? तिम्रो बारेमा न मैले व्यक्तिगत रुपमा बुझेको छु, न म बुझ्न नै चाहन्छु। उमेरकै हिसाबले तिमीलाई ‘तिमी’ भनेर सम्बोधन गरे। रञ्जु, म राजनीति बुझ्दिनँ तर तिम्रो आक्रोस, तिम्रो बोली र ब्यवहार देखेर केही सोधौं सोधौं लाग्यो। जसरी तिमीले अरुको नाम बिगारेर अरुमाथि गालि बर्षाइरहेकि थियौ के त्यो सब जरुरी थियो र? अरूलाई नराम्रो नभनी नदेखाई, के राम्रो काम गर्न सकिन्न र? कि राजनीतिमा अरुको खुट्टा नताने सम्म माथि पुग्ने खुड्किला नै हुंदैन? सभ्य समाजको निर्माण गर्न लागि परेकी तिमीले यसरी असभ्य भएर अरूमाथि रिस पोखिरहँदा क्षणभरकोलागि जम्मा भएको भीडबाट ताली त पायौ होला। तर तिम्रो त्यो व्यवहारले मनिसको मनमा तिमीप्रति जून आशा पलाएको थियो त्यो पलभरमै मारिदियो। तिमिलाइ शायद त्यो थाहा छैन् होला।
तिमीप्रति हामि युवा वर्गले जुन अपेक्षा राखेका थियौ त्यो विपरीत बनिदियो। युवा वर्गको नेतृत्व गरेर जसरी तिम्रा कदमहरु अघाडी बडेका छन तिनले सफलताको शिखर टेकुन, तिमीलाई अग्रिम बधाई छ तर चाहिने भन्दा बढी केही ठिक हुंदैन। आक्रोस भएपनि आफूलाई सम्यमित पार। ‘नमच्चिने पिङ्गको सय झड्का’ भन्ने उखान तिमीमा लागु नहोस।
आमा बेश्या नै किन नहोस उसका छोराछोरीको लागि सधै ईश्वर समान हुन्छिन। पद र वरीयता को हिसाबले कुन शब्द र सम्बोधनको माथि कसरी प्रयोग गर्ने अलि सोचेर बोल्ने होकि। कसैलाई नराम्रो भनेर तिमी राम्री हुन सक्दिनौ। तिमी को हौ, अनि के गर्न सक्छौं शब्दले होइन ब्यवहारले देखाउ। कामले देखाउ। आज जसरी तिमीले अरुको नाम बदलेकी छौ भोलि तिम्रो नाम त्यसरीनै अरु कसैले बदलिदिनेछ। तिमी पनि रञ्जु बाट लन्जु फन्जु जे पनि बन्न सक्छ्यौ।
प्रतिकृया दिनुहोस
विचार/ब्लग
-
सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी
कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।
नवीन दित्य कोइराला
-
अमर प्रीति
देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो। उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो।
देव सागर