ईरानको कोइलाखानीमा बिषालु ग्यास बिष्फोट, ३२ जनाको मृत्यु

  • Get News Alerts

उत्तरी इरानको एक कोइला खानीमा भएको बिष्फोटमा मर्नेहरुको संख्या ३२ पुगेको छ भने ७५ जना भन्दा बढी घाइते भएका छन्। स्थानिय समाचारसंस्थाहरुले बताए अनुसार मृत्यु हुनेको संख्या अझै बढन सक्ने बताइएको छ। १३ सय मिटर गहिरो खानीमा काम गरिरहेका बेला बिष्फोट भएको थियो। स्थानिय समाचार माध्यमहरुले बताए अनुसार अहिले सम्म २३ जनाको सव निकालिएको छ भने उद्दार कार्य अझै जारि रहेको सरकारी अधिकारीहरुले बताएका छन्।

प्रत्येक्ष दर्शिले बताए अनुसार उद्दार टोलीले बाहिर निकालेका २३ सव भित्र रहेका कर्मचारीहरुलाइ सहयोग गर्न जादै गरेकाहरुको हो। 'यसलाइ आधार मान्ने हो भने खानीमा मर्नेहरुको संख्या अझ बढने छ।' उद्वारमा संलग्न एक अधिकारीले बताएका छन्।

सुरुङमा फैलिएको बिसालु ग्यासका कारण मर्नेहरुको संख्या अझैं बढन सक्ने गभर्नर सादेगलउले जनाएको स्थानिय समाचार माध्यमहरुले जनाएका छन्।

 

प्रतिकृया दिनुहोस