उनन्चालीस वर्षीय माक्रोन चुनिए फ्रान्सका राष्ट्रपति

  • Get News Alerts

फ्रान्सको सीमानामा पर्खाल ठड्याउन खोज्नेले हारिन्

आफूले चुनाव जिते आप्रवासीहरुलाई छानीछानी फिर्ता गर्ने र फ्रान्सको सीमानामा पर्खाल ठड्याउँदै युरोपेली युनियनबाट बाहिरिने नारा बोकेकी अतिवादी नेतृ मारिन ले पेनलाई भारी मतको अन्तरले हराउँदै उनन्चालीस वर्षका युवा बैँकर इमानुयल माक्रोन फ्रान्सका लागि नयाँ राष्ट्रपति चुनिएका छन् ।

फ्रान्सोइस होलान्डको सरकारमा अर्थमन्त्रीको छोटो अनुभव बटुलेका माक्रोन फ्रान्सको राजनीतिमा नयाँ अनुहार हुन्। अमेरिकामा ट्रम्पको विजय पश्चात निकै हौसिएकी लेपेनको उग्र राजनीतिक धार र बेलायती नेतृत्वको युरोपबाट अलग्गिएर आफ्नै स्वतन्त्र अस्तित्व खोज्ने धारलाई फ्रान्सेली जनताले मतपत्रबाट पराजित गरिदिएका छन् ।

निर्वाचनको परिणाम कुरेर बसेका युरोपेली युनियनका अध्यक्ष जिन क्याउड जुन्करले माक्रोनलाई धन्यवाद दिँदै फ्रान्सेली जनताको युरोपेली युनियनप्रतिको प्रतिवद्धतालाई धन्यवाद भनेका छन्। लेपेनको विजय कुरेर बसेका अमेरिकी राष्ट्रपति टम्पले भने नयाँ राष्ट्रपतिसँग मिलेर जाने बताएर ट्वीट गरेका छन् ।

पैंतालीस मिलियन मतदाता मध्ये ६५ प्रतिशत मत प्राप्त गरेर विजयी माक्रोनले विभक्त फ्रेन्च समुदायलाई एकतावद्ध गर्दै लैजाने र आफ्नी प्रतिद्न्द्वीको पक्षमा गएको मतको पनि आदर गर्ने बताएर समाजमा व्याप्त उग्रपन्थतिरको मानसिकतालाई सम्बोधन गर्ने प्रयत्न गरेका छन् । मुस्लिमहरुको बाहुल्यता बढ्दै गएपछि र पटक पटक आतँककारी हमला भएपछि फ्रान्सको निर्वाचनमा आप्रवासीलाई हेर्ने दृष्टिकोणले चुनावताका निकै महत्व पाउने गरेको छ ।   

फ्रान्सका सम्भावित राष्ट्रपतिको रोमान्सलाई उमेरले छेकेन

प्रतिकृया दिनुहोस