चिनमा टनेल भित्र गुडिरहेको कारमा आगलागी: १० जना कोरियन बालबालिकाको निधन

  • Get News Alerts

चीनमा गुडिरहेको कारमा आगलागी हुदा १० जना कोरियन स्कूले बालबालिकाको जलेर निधन भएको छ। मगलबार बिहान सांग्दोंग  प्रान्तको वीहाई भन्ने स्थान नजिकै  एउटा टनेल बाट पास हुने क्रममा उक्त दुर्घटना भएको थियोl  स्थानीय समयानुसार बिहान करिब ९ बजेको समयमा भएको उक्त दुर्घटनामा परि  चालक सहित एकजना चिनिया बालक समेतको निधन भएको बताइएको छl

कोरियन समाचार एजेन्सी योंघापकाले जनाए अनुसार कारमा १० जना कोरियन बालबालिका र केहि चिनिया बालबालिका तथा शिक्षक समेत सवार थिएl घटनामा एकजना  शिक्षक समेत गम्भीर घाइते भएको बताएको छl यद्पी कोरियाको परराष्ट्र मंत्रालयले भने चीनमा रहेको कोरियन  दुतावास मार्फत मृतकको विवरण लिने काम भैरहेको जनाएको छl मन्त्रालयका अधिकारीले भने 'हामीलाई दुर्घटनाको जानकारी आएको छ तर कारमा कति जना सबार थिए सो कुरा स्पष्ट हुन सकेको छैन।'

बिहानको समयमा बालबालिकालाइ स्कूल पुराउने क्रममा टनेल भित्रै कारमा आगलागी भएको थियोl आगलागी के कति कारणले भयो भन्ने बारे छानबिन भैरहेको बताइएको छl

 

प्रतिकृया दिनुहोस