निशुल्क चिकेन नगेट खान माग गरिएको ट्वीटले कायम गर्यो बिश्व रेकर्ड

  • Get News Alerts

अमेरिकाका १६ वर्षिय युवकले फ्रिमा चिकन नगेट खान कति रिटुइट हुन पर्छ भनेर गरेको ट्वीटले बिश्व रेकर्ड कायम गरेको छ। कार्टर विल्सकर्सन गरेको उक्त ट्वीटलाइ ३४ लाख ३० हजार ५ सय पटक रि ट्वीट गरिएको थियो।

युवकले गएको महिला एउटा रेष्टुरेन्टलाइ वर्षभरी फ्रिमा चिकेन नगेट खानलाइ कति रि ट्वीट आवश्यक पर्छ भनेर सोधेका थिए। रेष्टुरेन्टले यसको जवाफमा वर्षभरी फ्रिमा नगेट खानलाइ १ करोड ८० लाख जरुरी हुने जवाफ फर्काएको थियो।

हास्य कलाकार तथा कमेडियन एलन जिजेनेसको गरेको ‌ओस्कारको सेल्फि अहिले सम्मकै सर्वाधिक रि ट्वीट हुने रेकर्ड कायम गरेको थियो। कार्टरको ट्वीटले उनलाइ पनि पछि पारेको छ। एलेनको ओस्कार सेल्फि ३४ लाख ३० हजार २ सय ४९ पटक रि ट्वीट गरिएको थियो।

 

प्रतिकृया दिनुहोस