एक्लो प्रयासमा बेल्जियममा शिव मन्दिर

  • Get News Alerts

बाग्लुङका गंगा शर्माले आफ्नो एक्लो प्रयासमा बेल्जियमको लुभेन शहरमा शिव मन्दिर निर्माण गरेका छन्। गएको सोमबार नेपालीहरुको जमघटमा पूजा अर्चना गरी मन्दिरको विधिवत शुभारम्भ गरियो।

अन्जुली थापेर मुस्कुराउँदै ब्रुग्गे बस्ने सूर्यदेवी श्रेष्ठ उज्यालो अनुहार पारेर पण्डितको अगाडि निहुरिएर निधार थापिन्। खुसीले गद्गद् हुँदै उनले थपिन्, ‘दुई वर्ष पछि  यो निधारमा टिका लगाउन पाइयो। नेपाल पुगेको अनुभव भयो। विदेशमा बसेर पनि भगवान शिवको पुजा गरेकोर भजन गाएको यो पहिलो पटक हो ।’

त्यस्तै समाजसेवी सीता सापकोटा भने पहिलो पटक शिव भजनमा नाच्न पाएकोमा निकै नै खुसी लागेको बताइन्। काम, सस्थागत तनावबाट मुक्त हुने दरिलो माध्यम भेटेको भन्दै दंग देखिन्थिन्।

बेल्जियमको लुभेन सहरमा बाग्लुगका गंगा शर्माले आफ्नो व्यवसाय भवनको पछाडी रहेको खाली ठाउँमा नेपालबाट मगाएर भगवान शिवको मन्दिर निमार्ण गरेका हुन्। यसै साता सोमबारकै दिन पारेर विधिवत पुजा गरेर शिव मन्दिरको उद्घाटन गरेका हुन्। मन्दिर उद्घाटनमा राजदूत लोक बहादुर थापा दम्पत्ति, एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम लगायत बेल्जियम निवासी नेपालीहरु उपस्थिति थियो।

बेल्जियममा यसअघि भगवान कृष्ण, भगवान बुद्वको मन्दिर रहे पनि भगवान शिवको मन्दिर भने या पहिलो हो।

प्रतिकृया दिनुहोस