हुलाकबाट पठाएको चिठी ७२ बर्षपछि पाइयो

  • Get News Alerts

पानी जहाजको कर्मचारी छँदा आफ्नी श्रीमतीले पठाएको चिठी ७२ बर्षपछी पाएका छन् अमेरिकामा बस्ने ९६ वरर्षिय नर्वेजियन नागरिक रोल्फ क्रिस्टेनसन्ले। छ बर्ष अघि बितेकी श्रीमती भर्जिनियासंग उनको भर्खरै बिहे भएको थियो। तिमि जस्तै छोरो पाउन पाए कस्तो हुँदो भनेर भर्जिनियाले चिठीमा लेखेको कुरा ६६ बर्ष पुगेका उनका छोराले पढे। टेलिभिजनमा काम गर्ने उनका छोराको नाम बाउको नाममै राखेको हुनाले पत्ता लागेको हो।

एलन कुक नामका व्यक्तिको घरमा काठको चेपमा भेटिएको यो चिठी गुगलमा खोजेर छोरा रोल्फलाई दिइएको थियो, चिठी खोलिएको थिएन।

प्रतिकृया दिनुहोस