नेदरल्याण्डका राजाले २१ वर्षदेखि गोप्य रूपमा पाइलटको रुपमा काम गर्ने गरेको खुलासा

  • Get News Alerts

नेदरल्याण्डका राजा विलेम अलेक्जेन्डरले एक विमान कम्पनीमा पाइलटका रुपमा काम गर्नेगरेको खुलासा भएको छ l  विगत २१ वर्षदेखि उनले डच एयरलाइन ‘केएलएम’ का छोटा दुरीका उडानहरुमा सह-पाइलटको रुपमा काम गर्ने गरेका थिए।

उनले पाइलटको काम गोप्य रुपमा गर्ने हुनाले आफू चढेको जहाज देशका राजाले उडाईरहेको यात्रुहरूले पत्तो पाएनन्। उनले महिनाको २ पटक ब्यापारिक उडानमा पाइलटका रुपमा काम गर्थे।

पाइलटले विमान अवतरण र मौसम सम्वन्धी जानकारी दिनुपर्ने हुनाले यात्रुहरुले राजाको आवाज पहिचान गरेको हुनसक्ने भए पनि आधिकारिक रुपमा जहाज राजाले नै उडाएको कुरा अहिलेसम्म खुलाइएको थिएन।

राजा विलेमले उडाउने गरेको फोकर ७० जहाजलाई उक्त विमान कम्पनीले हटाउने प्रक्रियामा छ। त्यसको अर्थ अब विलेमले बोइङ ७३७ उडाउने तालिम लिनुपर्नेछ।

३ छोराछोरीका पिता विलेमले बोइङ उडाउन तालिम लिन इच्छुक नभएको बताएका छन्।

त्यसको कारण लामा दूरीका उडान गर्दा देशमा आपतकालिन अवस्था आइपर्न सक्ने र त्यस समयमा आफू राजकाजका लागि देशमा अनिवार्य उपस्थिति हुनुपर्ने बाध्यता हो।

प्रतिकृया दिनुहोस