नेपाली चलचित्र 'बनाउने' भन्दापनि 'देखाउने' परम्पराबाट अगाडी बढेको हो - नविन सुब्बा, चलचित्र निर्देशक

  • Get News Alerts

नेपाली चलचित्रमा अझै मौलिकताको निखार आउन बाँकि रहेको निर्देशक नविन सुब्बाले बताएका छन्। शनिबार अमेरिकाको मेरिल्याण्डमा आयोजित नेपाली चलचित्रमा मौलिकता बिषयक एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै चलचित्र निर्देशक नविन सुब्बाले उक्त कुरा बताएका हुन्। नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा भएको उक्त कार्यक्रममा प्रथम नेपाल अमेरिका फिल्म महोत्सवमा सहयोग पुर्याउने स्वयं सेवकहरुलाई प्रसंसा पत्र बितरण पनि गरिएको थियो।

नेपाली चलचित्रको बिकास र प्रभाव बारेमा आफ्नो प्रस्तुति दिदै सुब्बाले भने ‘हाम्रो चलचित्रको सुरुवात बनाउने भन्दापनि देखाउने बाट सुरु भएकोले दर्शक देखि चलचित्रकर्मिहरु बाह्य प्रभावमा परेका कारण सुरुवाति दिनहरुमा खास नेपाली मौलिकता अलमलमा परेको थियो।’ बिशेषत हिन्दी सिनेमाहरु देखाएर सुरु भएको हाम्रो चलचित्र क्षेत्र त्यसैको प्रभावमा लामो समय बिताउन बाध्य थियो।

तर पछिल्लो समयमा आएर नेपाली चलचित्रकर्मीहरुले नेपाली मौलीकताको सफल प्रयास गर्दै आएको कुरा निर्देशक सुब्बाले औल्याए। मौलिकताकालागी चाहिने कथा, दृष्य, सामाग्री, भेषभुषा, चरित्र अनि ध्वनि मौलिक भएमा मात्र चलचित्र मौलिकरुपमा प्रस्तुत हुने उनले प्रष्ट पारे।

कार्यक्रममा सहभागीहरुको सोधेका प्रश्नहरुको उत्तर दिदै सुब्बाले भने ‘नेपाली चलचित्र पहिले ब्यवसायिक भन्दा पनि सौखको रुपमा थियो तर अहिले ब्यबसायिक बन्दै गएको छ।’ नेपाली चलचित्रको स्तरको बारेमा सोधिएको प्रश्नमा उनले भने ‘पहिलेको तुलनामा अहिलेका चलचित्रहरु स्तरिए भएको र अझै स्तरिए बनाउन प्रयास भइरहेको छ। तर लगानी र चलचित्रलाई व्यबसायको रुपमा अपनाउनेको कमिले गर्दा हलिउड र बलिउडको स्तरमा पुग्न अझै समय लाग्ने देखिन्छ।’

नेपाली समाजमा पहिले चलचित्रलाई बिशुद्द मनोरञ्जनको माध्यमको रुपमा हेरिन्थ्यो भने अहिले शिक्षा मूलक र एक अभियानको माध्यमको रुपमा हेर्ने गरिएको छ। त्यसैले पहिलेको तुलनामा अहिले दर्शकहरु बढेको सुब्बाको ठम्याई छ।

नेपाली डायस्पोराले कसरी फिल्ममा आप्mनो मौलिकता झल्काउन सक्छ भन्ने प्रश्नको जवाफमा सुब्बाले भने डायस्पोरामा बस्ने नेपालीले आप्mनो कथा आफै बनाउनु परयो। आप्mनो कथा आफै भन्न सक्नु पर्यो। जुन देशमा हामि बसेका छौ त्यो देशमा प्रतिस्पर्धामा आउन सक्नु पर्छ र नेपाल भनेर चिनाउनु पर्छ। डायस्पोरामा आफुले देखेका भोगेका अनुभवहरुलाई चलचित्रमा उर्तादा राम्रो हुन्छ।’ साथै उनले विदेशमा भएका सामाजिक संघ संस्थाहरुले पनि नेपाली कला र संस्कृतिलाई संरक्षण एवं सम्बर्धन गर्नु प्रभावकारी भूमिका निभाउन आग्रह गरे।

जब देश बाहिर कला र संस्कृतिमा नेपाल सरकारको सक्रियता र संलग्नताको बारेमा सोधियो उनि निकै भावुक देखिए। उनले भने फिल्म फेष्टिभलमा म धेरै देशहरुमा पुगें। अन्य देशका सहभागीहरुलाइ उनिहरुको दुतावासले राष्ट्रका गहना सम्झेर सहयोग र संरक्षण गर्दछन्। तर हाम्रो दुतावास खबर पाएर पनि बेखर जस्तो रहन्छ। कतिपय आयोजकले त तिम्रो देशको दुतावासलाई निम्ता दिदा पनि नआउने गरेको गुनासो सुन्नु पर्दा दुख लाग्छ।’

नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको फिल्म महोत्सव एक सह्रानिय कार्य भएको र यसले देश र देश बाहिरका नेपाली चलचित्रहरुलाइ अन्तराष्ट्रिय रंगमञ्चमा चिनाउन सफल रहेकोमा धन्यवाद दिएका थिए। कार्यक्रमको संयोजन गरिरहेका नेपाल अमेरिका फिल्म फेष्टिभलका संयोजक पूर्णसिंह बराइलीले आगामी दिनमा नेपाली चलचित्रलाइ अन्र्तराष्ट्रिय जगतमा अझ परिचित गराउने प्रतिबद्घता जनाएका थिए।  

प्रतिकृया दिनुहोस