फिलिपिन्सको क्यासीनोमा बन्दुक आक्रमण, ३६ को मृत्यु

  • Get News Alerts

फिलीपिन्सको सबैभन्दा ठुलो र ब्यसत क्यासीनोमा भएको बन्दुक आक्रमणमा क्यासिनोमा कार्यरत १३ जना कर्मचारीसहित ३६ जनाको मृत्यु भएको रिसोर्ट वल्ड मनीलाका कर्मचारीहरुले जनाएका छन्। सरकारी अधिकारीहरुले यो आक्रमण आतंककारीको भन्दा ठलो र तल्लो स्तरको भएको प्रतिक्रिया दिएका छन्।

क्यासीनोमा आएका २२ जना आगन्तुको परिचय खुलेको छ भने १ जनाको परिचय खुल्न सकेको छैन। सामाजिक संजालमा भाइरल भएको आक्रमणताकाको भिडीयोमा मानिसहरुले चिच्याइरहेको र सहयोग मागिरहेको देखाइएको छ।

फिलीपिन्सका राष्ट्रपति रोड्रिगो रिट्रेका प्रवक्ता इरनेष्टो अवेल्लाले बताए अनुसार आक्रमणमा इश्लामिक आक्रमणकारीहरुको संलग्नता रहेको पाइएको छैन। 'आक्रमण आतंककारीहरुले गरेको भन्दा कम छैन। तर आक्रमणको प्रकृती हेर्दा आतंकारीहरुको संलग्नता रहेको पाइएको छैन।'

आक्रमणमा संलग्न बन्दुकधारीले आफैलाइ आक्रमण गरेर आत्महत्या गरेका थिए।

 

प्रतिकृया दिनुहोस