विना कसुर कुवेतको जेलमा १ महिना, झुटो मुद्दा लगाएर डिर्पोट

  • Get News Alerts

कुवेत सरकारले मकवानपुर नेवारपानीका दावा लामालाई डिर्पोट गरेको छ। मकवानपुर नेवारपानी घर भइ ६ वर्षअघि कुवेत आएका लामालाई यहाँको प्रहरीले पक्राउ गरेर झुटो मुद्दा चलाएको थियो। लामा कुवेतमा ट्याक्सी चलाउने गर्दथे।

गत मार्च ३१ तारिखका दिन प्रहरीले लामालाई अलमुल्ला एक्सचेन्ज भन्ने स्थानबाट पक्राउ गरेको थियो।  नेपाली जनप्रगतिशिल मंच कुवेतको अध्यक्षसमेत रहेका लामालाई कुवेती प्रहरीले रक्सी ओसारपसार गरेको आरोप लगाएको थियो।

कुवेतमा रक्सी ओसारपसार र बेचबिखनमा कडाइ छ। कुवेतमा घरेलु कामदार धेरै रहेको र उनीहरुको समस्या समाधानका लागि लामाले आवाज उठाउँदै आएका थिए।

'मलाई राजनीतिक रुपमा घरेलु कामदार भित्र्याउने तस्करहरुको समूह मिलेर डिपोर्ट गरेका हुन्' लामाले भने।

'पछिल्लो समय घरेलु कामदारका रुपमा कुवेत पुगेकी मकवानपुर सरिखेतकी सरिता गोले विरामी परेकी थिइन् उनलाई उद्धार गर्न हामीले निकै कठिनाइ सहनु परेको थियो, त्यसैको बदलामा तामाङले प्रहरीसँग मिलेर मलाई पक्राउ गर्न लगाएका हुन्' उनले भने।

लामाले एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ र श्रम समितिका सभापति प्रभु साह  कुवेत जादाँ कुवेतमा घरेलु कामदारको समस्यामा बारेमा जानकारी गराएका थिए। अहिले कुवेतमा घरेलु कामदार जान सरकारले रोक लगाएपछि तामाङले त्यसको बदलामा आफूहरु पक्राउ गर्न लगाएर नेपाल फिर्ता पठाएको लामाले आरोप लगाए।

'म सँग रक्सी थिएन, मैले विदेशमा रक्सी कारोबार गर्ने कुरा पनि आएन, मलाई पक्राउ गरेर जेलसम्म लैजादा ४७ बोत्तल रक्सी बरामद गरेको भन्दै प्रहरीले झुटो मुद्दा चलायो, उनले भने।

'मैले रक्सीको धन्दा गरेको भए, मलाई किन त्यहाँ नै कारबाही गरिएन,' लामाले भने, '१ महिना जेल बस्दा न प्रहरीले रक्सीका विषयमा म मा अनुसन्धान नै गर्यो'। आफूलाई फसाएको भन्दै लामाले वकिलसमेत राख्न नदिएर डिपोर्ट गरेको बताए।

प्रतिकृया दिनुहोस