एक कट्ठा जमिन बेचेर अस्ट्रेलिया पुगेका दिन

  • Get News Alerts

पुतली सडक र बागबजार अनि डिल्ली बजारका सडकतिर यसो आँखा सोझ्याउने हो भने बिदेश जाने पसल बग्रेल्ती बोर्डमा झुन्डाइएका देखिन्छन। 'अस्ट्रेलिया जाने भए माथि, अमेरिका जाने भए तल अनि युरोप जाने भए दाँया र क्यानडा जाने हो भने तेस्रो तल्लामा जानुस।' एकजना कोट टाइ लगाएका बुज्रुकले बताए। 'अन्ततिर नजानुस नी ठग्लान, हामी भिषा प्रकृयाको फी लिदौनौ' उनले बेलिबिस्तार लगाए।

हो न हो तिन पुस्ताले नदेखेको बिदेश अनि सुनेको र जानेको देश अस्ट्रेलिया जान सकिन्छ की भनेर माथील्लो तलामा चढियो। पसलमा ग्राहक आएझै दुइ जनाले झम्टीए र भन्न थाले 'सहि निर्णय गर्नुभयो। गएको तिन बर्षमा पढाइ ,पीआर अनि पैसै पैसा अर्थात पहेलो डलर।' 

काठमाडौको बजारमा हल्ला पनि थियो, केहि भारतिय एजेन्टकोमा गए भिषा पक्का हुन्छ भनेर। नेपालीको नाम राखेर भारतियहरुले चलाएका केहि केन्द्रहरुले दिल्लीमै भिषा पक्का गर्ने हल्ला पनि सुनियो। नेपाली बिध्यार्थीका नाममा ती भारतियले पैसा कमाएर दील्ली लाने हल्ला सुनेपछि लाग्यो नेपालीकैमा जानु पर्छ।

मुलुकको अवस्था, जागिरको अभाव अनि घरको किचकिचले पनि केहि गरौ भन्ने सोचले काठमाडौको परामर्श केन्द्र धाउन पुगेको मेरो बाध्यतालाई उनिहरुले यसरी क्यास गरे 'मानौ मेरो रोजाइ एक सय प्रतिशत सहि र साचो हो।' हुन पनि बाले बिदेश पढ्न जान्छस भने एक कट्ठा जमिन बेचौला भनेका थिए।

बा को एक कट्ठा जमिन बेचेर शैक्षिक परामर्शदाताकोमा पुगेको थिए।  

उनिहरुको कुरा सुनेपनि लाग्यो संसारमा मेरा लागि अस्ट्रेलिया भन्दा राम्रो ठाउ अरु कहि छैन। किनकी भर्खर ब्याचलर सकेको अनि बाउकै भरमा बुहारी भित्र्याएका मेरा लागि यो भन्दा राम्रो अवसर देखीएन। बुढा बुढी जानपाउने। बुढो पढ्ने अनि बुढीले कमाउने। दुबैको कमाइमा एक जनाको खर्च र अर्कोको बचाउन सकिने।

म डलरको सपनामा चुर्लुम्मै डुबे। काम फालाफाल, दाम भने जति। शैक्षिक परामर्शदाताले फी सस्तो मिलाइदिने। बिश्वबिद्यालयको पढाइ सकेपछि पीआर पाइने। त्यसपछि अस्ट्रेलियाको नागरिक आदी आदी।

आइएलटीएस दिइयो। राम्रै अंक आयो। भिषाका लागि योग्य ठहरिए। अब भिषा प्रकृया सुरु भयो। बा को एक कट्ठा जमिन बेँचे। घर बैंकमा राखेँ। एक सेमिस्टरको १२ हजार डलर तयार भयो। प्रकृयामा कुनै खोट थिएन। भिषा पनि आयो। जाने बेला भयो। बाटो खर्च मिलाएर बोकियो लाग्यो, गएको केहि दिनमै काम पाइहालीन्छ भनेर।

सिड्नीमा खोइ के भएर हो मिलेनछ। एजेन्टले दुइ घन्टाको ट्रेन यात्राको 'नजिकैको बिश्वबिद्यालय' मा भर्ना गरिदिएछन। नजिकै हो। सिड्नीवाट थोरै उता। आउन जान ट्रेन। गाडी किनिहाल्नु हुन्छ गएपछि। यति भनेर दंग पारे। मैल स्वीकारे।

जाने दिन आयो। पोको पन्तेरो।  लुगा फाटा बोकेर आइयो बिदेशमा उच्च अध्यनको लागि। सीडनीमा चिनेको गाँउका साथीलाई गुहारेको एक महिनापछि 'बस्ने ठाउ त छैन, कोठा खोजिदिउला' भन्ने आश्वासन दिए।

साथी लिन आए बिमानस्थलमा। समुन्द्र हेर्दै आउदा म भन्दा पनि बुढि सारै दंग थिइ। भन्दै थिइन हजुरको निर्णय सहि हो भनेर। पहिलो दिन साथीका बसियो।  दोस्रो दिन अनि तेस्रो दिन। बल्ल तल्ल कोठा पाइयो। हप्ताको दुइ सय डलर। साथीले भन्यो 'सेयरीङमा सस्तो पाइस।'

डेरा सरियो । किनियो लत्ता कपडा, माना चामल, तिरियो भाडा। एक हप्ता भयो, धाउँदा धाउँदा कतै काम पाइएन। यसो घुमियो समुन्द्र अनि सिड्नीका गगनचुम्बी भवन। ल्याएको पैसा सकिन लाग्यो। काम पाइएन। चिन्ताले घेर्न थाल्यो। नेपालमा भिषा मिलाइदिने परामर्शदातालाई फोन गरे।  

'सर काम पाइएन,केहि जुगाड लाग्छ की भनेर।' खोज्नुस न बिदेशमा नखोजिकन कहाँ पाइन्छ। बिश्वबिद्यलायका दिन सुरु भए। पढाइसँगै एसाइन्मेन्टको चाप। बिदेश निल्नु न ओकल्नु हुन थाल्यो। नेपालमा पैसा मागु के भनेर मागु। साथीभाइसँग हार गुहार गरेर केहि हजार डलर रीन मागियो। 

महिना दिनपछि बितेपछि क्यासमा क्लीनीङ र बुढिले होटलमा हाउस किपीङ पाइन। जिन तिन बाचिएको छ। सेमिस्टरको फी सम्झयो भने जिउ सीरींग हुन्छ। हुन त कहिँ आफ्ना मान्छेभएकाहरुले राम्रा काम पाएको भन्ने सुनेको छु। हामी कमाएको पैसाले कलेजमा तिर्ने फी र खान मात्र पुगे अहोभाग्य हुनेथियो। साथीभाइ भन्छन 'केटा हिम्मत नहार।'  मलाइ त निस्सासिएको भा हुन्छ।

सक्नुहुन्छ भने केहि सिकेर आउनुस भन्छु म अब आउने साथीहरुलाइ। प्राविधिक बिषय। मोबाइल बनाउन मात्र सिकेर आएपनि हुन्छ। हाम्रा सकिर्टफीकेट बिक्दैनन यहाँ। सुरुका दिन निकै कष्टकर हुन सक्छ।

यस्तो बिषय कहिल्यै भन्दैनन परामर्श केन्द्रहरुले। किन समुन्द्री किनार र गगनचुम्बीका तस्बीर राखेर झुठो बोल्छन। यसको निगरानी गर्ने कोहि छैनन्। बैदेशिक रोजगारीमा समेत अरब र मलेसिया पठाउदा समेत सही भएन भने कारबाही हुने र गरिने निकाय छन। तर बग्रेल्ती बोर्ड राखेर मानिसलाई भ्रम बेच्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार किन नलागेको होला समझेर भाउन्न हुन्छ। ब्यवशायमा असल मान्छे पनि होलान। म सँग आउने धेरै साथीहरुको उस्तै उस्तै गुनासाहरु छन्।

दिनको पढाइ र रातको कामले मेरे मुहारपनि परिवर्तन भएको महसुस गरेको छु। यहा अनुहार भन्दा तिर्ने र कमाउने बिषय बढि महत्वपुर्ण हुने गर्छन। मध्यरातमा काममा हिड्नु पर्ने अनि अरु उठने बेलामा फर्कने मेरो दिनचर्याले धेरै पटक ट्रेनमा प्रेमराजा महतको गित मिलाएर गुनगुनाएको छु। हरियो डलर... र डलरले बिगार्यो कलर...। 

भर्खरै नेपालवाट पढन सीड्नी आएका बिध्यार्थी सुर्य गौतम सँंगको कुराकानीमा आधारीत ।

 

तश्वीर: गुगल 

प्रतिकृया दिनुहोस