हेर्नुहोस् वर्षा राउतको चिसो चिसो सिरेटोको तालमा

  • Get News Alerts

चिसो चिसो सिरटोको तालमा.. डुँगा खियाउदै माझि दाइले.. बोलको शुरुवात हुँदै नयाँ गीत "माझि दाई अनि उनी" गीत अस्ट्रेलियाको सिड्नीबाट सार्वजनिक भएको छ।

 यस्को गीत शब्द, संगीत र गायन राधिका बिस्टको रहेको छ।  आकर्षक व्यक्तित्व, शिस्ट र सहयोगी स्वभावका एक जना माझिलाई, कुनै गाउँमा बाढी पीडितहरुको  समाचार संकलनमा गएकी संवाददाताले मन पराए पछि कहानी सुरू हुन्छ। तर, उनी काम सकेर शहरको आफ्नो अफिस फर्कुन्जेल मिडियाहरुमा "समाचार लिन गएकी संवाददाता आफैं समाचार बनेर फर्केपछि" भन्ने हल्ला फैलिसकेको हुन्छ, जस्का कारण संपादक र संवाददाता बिच भनाभन हुन्छ, अनि राजीनाम दिन्छिन्।

यही क्रममा संवाददातालाई गाउँ फर्किएर माझीलाई भेट्न केही वर्ष लाग्छ। अनि ढिला भैसकेपछि, माझि आफूलाई धोका भएको ठान्छन्। जब संवाददाता फेरि माझिलाई भेट्न पुग्छिन्, तबसम्म माझिको मन मरिसकेको हुन्छ, अनि बोल्नसम्म पनि अस्वीकार गर्दै डुंगा लियर अगाडि बढ्छन्। यसरी प्रेम कथाको वियोगान्त अन्त हुन्छ।

आर. एन. बि. शैलीको यस् गीतको शीर्ष भूमिकामा वर्षा रावत र निराजन प्रधान छन्। जेम्स प्रधानले एरेन्ज गरेको यो गीतको निर्देशक अनिल तन्डुकार, कलरिस्ट कपिल पराजुली, क्यामेरामा हरि हुमागाई रहेका छन्।

प्रतिकृया दिनुहोस