महंगो अस्ट्रेलियामा धनी नेपाली

  • Get News Alerts

घर किन्ने सूचिमा नेपाली पाँचौ नम्बरमा

हालै अस्ट्रेलियामा गरिएको घर किनबेच सम्बन्धी तथ्याङ्कले नेपाली समाजलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै हैरानीमा पारेको छ। अस्ट्रेलियाको पछिल्लो दुई महिनामा भएको घर किनबेच सम्बन्धी तथ्यांकले बिदेशी नागरिकको हकमा नेपालीको नाम पनि सार्वजनिक भएपछि यसले सबैलाई हैरानीमा पारेको हो।

संसारकै महंगो बसाइ र घरजग्गा मानिने अस्ट्रेलियन शहरहरूमा पछिल्लो दुई महिनामा बिदेशीले दुई हजार नौ सय पचास घर खरिद गरेको तथ्यांक  सार्वजनिक भएको छ। ती मध्ये तीन प्रतिशत घर नेपाली नागरिकले खरिद गरेका छन्।

तीन हजारमा नब्बे वटा घर नेपालीले किनेको तथ्यांक सार्वजनिक हुनु त्यो पनि अस्ट्रेलियामा चानचुने कुरा होइन। अस्ट्रेलियाको घरजग्गा बजारमा लगानी गर्ने बिदेशीको सूचीमा पहिलो नम्बरमा चिनियाँ छन्। चिनियाँले कुल खरिदको ३३ प्रतिशत घर खरिद गरेको अस्ट्रेलिया सरकारको किनबेच सम्बन्धी तथ्यांकले देखाएको छ। यसैगरी बेलायती र न्यूजिल्यान्डका नागरीकले एघार प्रतिशत र भारतीय नागरिकले दश प्रतिशतमा आफूलाई उभ्याएका छन्।

नेपाली पछि मलेसियन, दक्षिण कोरिया, भियतनाम, अमेरिका र इन्डोनसियाका नागरिकले अस्ट्रेलियामा सम्पति जोडेका छन्। हुन त केही नेपालका धनाड्यहरूले समेत छोरोछोरीलाई यतै घर किनिदिएर राखेका पनि छन्। त्यती मात्र होइन नेपालका केही कालाबजारी र भ्रष्टहरूले कालोधन हुण्डीमार्फत भित्र्याएर समेत यहाँ लगानी गरेको चर्चा छ।

जे होस यँहाको बैदेशिक लगानी पुनरावलकन बोर्डले अनुमति दिएको खण्डमा अस्ट्रेलियामा विद्यार्थीले पनि घर किन्न सक्ने अनुमति पाउँछन्।

यस बोहक डिपेन्डेट, वर्किङ भिसामा रहेका नेपालीले पनि घर किने बिदेशी नागरिकको सूचिमा चढ्ने सिड्नीका युवा घरजग्गा ब्यवशायी किरण थापाले सेतोपाटीलाई बताए। ‘अस्ट्रेलियाको बजारमा प्रमुख पाँच भित्र नेपाली पर्नु हाम्रो लागि खुसीको कुरा हो। यसले नेपालीहरु मिहेनती र सम्पन्नता भएको संकेत देखाउँछ,’ किरणले भने, ‘घरजग्गामा लगानी गर्दा नडुब्ने र रकम खेर जाँदैन भन्ने सोचले पनि यहाँ आउने नेपालीहरुको पहिलो प्राथमिकता घर हुने गर्छ।’

यसबाहेक एक जनाले घर किनेपछि अर्कोले र त्यसपछि लहरै यसैक्रममा अगाडि बढ्ने हाम्रो समाज र प्रवृतिले पनि यसमा बृद्धि भएको किरणले बताए। यस बाहेक पीआर र नागरिक भइसकेका हकमा त घर किन्ने फेशन भैसकेको छ।

‘अस्ट्रेलियामा हाल करिब एक लाख नेपाली बसोबास गर्दै आएका छन्। यो साच्चीकै लोभलाग्दो तथ्यांक हो,’ मार्गेज ब्यवसायमा अगाडि बढेका नन्दु गुरुङले सेतोपाटीसँग भने,‘हप्ताको दुई चार नेपालीले घरजग्गा किनिरहेको देखिएको छ। यसले हाम्रो समाजको स्थायीत्वप्रती संकेत गरेको छ।’

हरेक नेपालीको घरबार पहिलो रोजाइ हो त्यसपछि मात्र अन्य साधन पर्ने गरेक छ।

प्रतिकृया दिनुहोस