सीड्नीको मुटुमा मम, छोयला र बाजेको सेकुवा पाकेपछि‍‍...

  • Get News Alerts

सगरमाथा,बुद्धको देश अनि एक सिंगे गैडा, हिमालै हिमाल यस्तै यस्तै पहिचानमा मात्र मुलुक चिनाउने काम भएको छ। यो त पुरानो परम्परागत पहिचान मात्रै हो अब त धेरै अरु कुराले मुलुक चिनाउनु पर्दछ। सिड्नीको मुटु मानिने सेन्ट्रल स्टेसन अगाडिको बेलमोर पार्कमा आयोजित एक दिने खाना महोत्सवमा सयौ अस्ट्रेलियनहरु नेपाली खानाको स्वाद चाखीराख्दा आयोजकले यसरीनै फरक कोण र अलग धारवाट मुलुकको पहिचान दिलाइरहेका थिए।

मम, सेकुवा, समयबजी देखि छोयला र परम्परागत नेपाली खानाको स्वाद पस्केको एक दिने खाना महोत्सवमा हजारौ नेपाली देखि बिदेशीसम्मले आनन्द लिए। नेपालको चर्चित कुटुम्ब ब्यान्डको प्रस्तुती रहेको कार्यक्रम टु टेबल्सले आयोजना गरेको हो। यसलाई प्यासेफीक हस्पीटालीटी एन्ड कुलिनरीले आयोजनामा सहयोग गरेको छ।

यो महोत्सवले अस्ट्रेलियायी समाजलाई धेरै पछिसम्म नेपाली खाना र पहिचानको बारेमा स्मरण गराइरहने छ। यसको प्रभाव नेपाली खानालाई समाजको महत्वपूर्ण परिकारका रुपमा अनि मुलुकको पहिचानका रुपमा लिने बिश्वास हामीले लिएका छौ। आयोजकमध्येका एक सुरज प्रधानले बताए।

बहुसाँस्कृतिक समाज अस्ट्रेलियाले संसारभरिको रिती र तिथी अनि सँस्कृति, प्रचलनहरुलाई स्वीकारी सकेको छ। यस्तैमा नेपाली खानाले पनि यतिखेर यहाँको समाजमा महत्व पाइरहेको हामीले पाएका छौ, सुरजले सुनाए।

सगरमाथाको फेदीमा पपअप रेस्टुरेन्ट चलाएर चार महिनाअघि सिड्नी फर्केका सेफ सुरज प्रधानदेखि नेपालको बाजेको सेकुवाका सेफ कुमार चालिसेअनि सेफ शिशिर कंडेलसम्मका हस्तीहरू महोत्सवको आकर्षक बनेका थिए।

नेपालको सँस्कृति सम्बन्धि जानकार ब्रेड म्याथ्युस र अनुस्का श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा सेफहरु कुमार चालिसे, शिशिर कँडेल, सुमन महर्जन, सागर श्रेष्ठ, गौरव भुसाल, साम सुनुवार र मेल्वर्नबाट आएका सुशील अर्यालले नेपाली खानाको रुप र रंगको बारेमा प्रष्टाएका थिए।

महोत्सवको आकर्षकका रुपमा रहेको बाजेको सेकुवा खान सहभागिहरुले घन्टौ लाम बस्नु परको थियो। बाजेको सेकुवाका लागि सेफ कुमार चालिसेले नेपालबाट सेक्रेट रेसिपी र मसलाहरु लिएर आएका थिए।
तर डेढ सय किलो मासुको सेकुवा केहि घन्टामै सकिएपछि बाजेको सेकुवाका पारखीहरु बेलुकापख निराश भएका थिए। ुहामीले अनुमान नै गर्न सकेनौ, साच्चीकै यस्तो भिड र आकर्षण हुन्छ भन्ने थाहा पाएको भए हामी अलग र फरक ब्यवस्था गथ्र्यौ। हामी हाम्रा खानाका पारखीसँग माफी माग्न चाहन्छु। हामी चाडै नै बाजेको सेकुवा सिडनीमा ल्याउने प्रतिबद्धता जनाउन चाहन्छुु बाजेको सेकुवाका प्रापाइटर चेतन भण्डारीले बताए।  

प्रतिकृया दिनुहोस