अस्ट्रेलिया नेपाली चलचित्रकालागि दोश्रो ठूलो बजार हो: केकी अधिकारी

  • Get News Alerts

हेर्दा न तडक भड्क न बोल्दा कडक। सानो स्वर अनि तेजिला शब्द, तौलेर बोल्ने अनि न कुनै तुजुक। चलचित्रमा आएको सात बर्ष भयो, १७ वटा चलचित्र गरिन उनले। कलाकारिता घरमै थियो, घरलाइनै स्कुल बनाइन।

यतिखेर छोटो समयमै नेपाली चलचित्रकी ब्यस्त अनी मस्त नायिकाको रुपमा स्थापीत भैसकेकी छिन केकी अधिकारी। सन २०१० मा स्वराज चलचित्रवाट अभीनयसुरू गरेकी केकीले सात वर्षमै  फरक पहीचान बन्दै गयो नेपाली चलचित्र जगतमा। पढीन,गुनिन अनिसँगसँगै कलाकारीता लाई पनि अगाडि बढाइन केकीले। 

सरसरती हेर्दा नपत्याउने उनको रुप र रंगलाई कलाकारिताले यति उचाइ थपीदियोकी यतिखेर उनको नामले नै प्रंससकहरु झुमिदिन्छन अनि उनको चलचित्र चुमिदिन्छन। चलचीत्र लभ शासा देखाउन सिड्नी आइपुगेकी नायीका केकीले मंगलबार सेतोपाटीसँगको कुराकानीमा खुलेर भनिन, हामी ब्यवशायिक बन्न सकेका छैनौ अनि चलचीत्र उद्योग बन्न सकेको छैन।

तर पनि दर्श र श्रोताको माया र ममताले नेपाली सिनेक्षेत्र जोडतोडले अगाडि बढिरहेको छ। प्रवास नेपाली चलचित्रको महत्वपुर्ण बजार बन्दैजाँदा नेपाली चलचित्र उद्योगमा केहि थप उर्जा मिलेको स्वीकारगर्दै भनिन, अहिले चलचित्र बनाउदै बिदेशवाट देखाउने योजना सहित बन्छन,यो नै महत्वपुर्ण उपलब्धी हो। आर्थिक र सामाजिक रुपमा यसले ठुलो प्रभाव पारेको बताउदै केकी भन्छिन, नेपाल पछि चलचित्रको ठुलो बजार भनेकै अस्ट्रेलिया हो। 

यसै हप्ता नया बर्षको दिन पारेर रिलिज हुन लागेको घामपानी चलचित्रवाट आफु निकै आशाबादी रहेको बताउदै केकीले भनिन,अन्तरजातिय बिवाहको रमाइलो कथामा बगेको चलचित्रले हाम्रो परम्परागत सोचलाई केलाउने र दर्शकलाई मनोरन्जन दिलाउने पक्का छ। 

नेपाली चलचित्रको पछिल्लो परिवर्तनको खाकाका बारेमा कुराकानी गर्दै केकी भन्छिन,अब सुट बुटमा ठाटिने र पोजमा ढल्कीने कलाकारिताले बिदा लिएको छ। सेलीब्रेटीको पहिचान अब अनुहार र पहिरन हैन अभिनयमा जोखिन थालिएको छ। यो परिवर्तनले चलचित्र जगतलाई हल्लाइदिएको छ, अब अनुहारले हैन, दर्शकलाई अभिनयले जित्न सक्नुपर्छ।

पछिल्ला बर्षहरुमा नेपाली चलचित्रमा उदय भएका दयाहाङ राइ, सौगात मल्लहरु अभिनयका कारण यतिखेर सेलीब्रेटी बनेको उदाहरण दिदै केकीले भनीन, मैलेपनि अनुहारले हैन ,अभिनयले दर्शकको मन जितेको हो जस्तो लाग्छ। 

केकीले एक दिनको घटना सुनाउदै भनिन, चलचित्रको सुटिङ चल्दै थियो, म बिना मेकअप तयारीको सिलसिलामा थिए,कसेले पछाडी वाट कोट्यायो, यसो हेरे एकजना भद्र हुनुहदो रहेछ, अनि सोध्नुभयो, बहिनी चलचित्रको हिरोइनी खोइ त भनेर। म एक छिन चुप भए अनि मनमनै सोचे केकी तैले अभिनयले जितेकी रहिछस,अनुहार त सामान्य हो। 

गामबेसीका बोलीचालीका भाका र जिवनशैलीलाई अभिनयमा ठ्याक्कै उतार्ने नया पुस्ता जो यतिखेर नेपाली चलचित्रमा छाएका छन उनीहरुको जिवनशैली सामान्य छन। अभिनयमा जिवन्ततामा बिश्वाश राख्छन अनि ब्यवहारमा सरलता, मैलेपनि त्यही वाटो रोजेको हो, केकीले आफ्नो भाका र जिवनको खाकाका बारेमा आफ्नो अनुभव सुनाइन। 

घरजमपछि नायीकाहश्र पलायनको प्रश्नमा निकै गम्भीर भएर केकीले भनिन,जिवनको महत्वपुर्ण क्षण र उमेर बिताएको क्षेत्रवाट पलायन हुने रहर कसैलाई हुदैन। तर तपाइको घर परिबार र प्राथमिकतासँगै ढल्कने उमेरको भुमिकामा चलचित्र बने त खेल्ने हो नत्र समाचार बन्ने हो ,हराइन, पलायन भनेर। अब आफ्नो भुमिकाको अभिनय गर्न नपाएपछि सबै घरजम तिर लाग्छन, जोहो सबैलाई गर्नुपर्छ, केकीको भबिष्यतर्फको संकेत यस्तो थियो। 

केकी राइट एन्ड एशोसियट्सको ब्रान्ड एम्बेसडर

कलाकारहरु गहना हुन अनि कला क्षेत्र हाम्रो पहिचान। उनिहरुको सम्मान र कदर हाम्रो कर्तब्य हो। केकीलाई आफ्नो सदभावना दुत बनाएकोमा निकै खुसी हुदै मंगलबार आयोजित पत्रकार सम्मेलनमा राइट एन्ड एशोसियट्सका निर्देशक बालचन्द्र भट्टराइले बताए।

केकी जत्तिको लोकप्रीय नायिकालाइ हामीले सदभावना राजदुत बनाउन पाउदा हामीलाई गर्व लागेको छ। सरल स्वभाव र बिवाद रहित नायिकाको रुपमा उनको पहिचान अभिनयका बेजोड छ, भट्टराइले सिड्नी स्थीत राइट एन्ड एशोसियट्सको कार्यालयमा आयोजित कार्यक्रममा बताए।

केकीको चलचित्र लभ शासाको सीड्नीमा प्रर्दशनी शैक्षिक परामर्श केन्द्र राइटले गरेको थियो। उनको पहिलो शो हाउसफुल भएकोपछि दोस्रो शो थपीएको अर्का निर्दैशक परशुराम अधिकारीले सुनाए। बजार प्रर्वधन मात्र होइन नेपाली भाषालाई प्रवासमा जोगाइ राख्ने काममा पनि नेपाली चलचित्रले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ। यसका कारण पनि राइट एन्ड एशोसियट्सले लभ शासा सिड्नी ल्याएको हो,परशुरामले सुनाए। 

प्रतिकृया दिनुहोस