मेलबर्नमा गर्न थाले २ नेपाली विद्यार्थीले यस्तो सेवा

  • Get News Alerts

अध्ययनका लागि अष्ट्रेलियाको मेलवर्न जादैँ हुनुहुन्छ? त्यसो हो भने, तपाईँलाई सित्तैमा मेलवर्नको विमानस्थलबाट पिक अफ र ड्रपको व्यवस्था पनि हुने भएको छ।  अध्ययनका लागि केही वर्ष अघि अष्ट्रेलिया पुगेका २ जना नेपाली विद्यार्थीले पढ्नका लागि मेलवर्न आउनेहरुका लागि यस्तो सहयोग गरेका हुन्।

सरोज खनाल र बिष्णु सापकोटाले पढ्नका लागि मेलर्वन आउने विद्यार्थीहरुलाई मात्र यस्तो सहयोग सुरु गरेका हुन्।  जो पढ्नका लागि मेलवर्न आउँछन्, उनीहरुलाई यहाँको बारेमा केही थाहा हुन्न् आफन्त हुन्नन् उनीहरुलाई सहयोग गर्ने उद्धेश्यले आफूहरुले यस्तो सेवा गरिरहेको खनालले बताए।

धेरै जना मेलर्वन आएर विमानस्थलमा अलपत्र परेपछि उनीहरुलाई उनीहरुले भनेको गन्तब्यसम्म सित्तैमा लगिदिने गरेको खनालले बताए। मेलवर्न जाने विद्यार्थीहरुले खनाल र सापकोटाको ०४२६९५४७०४ र ०४३१५७८३५२ नम्बरमा भाइबरबाट कल , एसएमएस गरेर सित्तैमा सेवा लिन सक्ने छन्।

प्रतिकृया दिनुहोस