एनआरएनको मागः नोट चल्ने, भोट किन नचल्ने?

  • Get News Alerts

गैर आवासीय नेपाली संघले प्रवासमा बस्ने लाखौ नेपाली मतदान गर्ने अधिकारवाट बन्चित भएको भन्दै नेपाल सरकारलाई त्यसतर्फ पहल गर्न आग्रह गरेको छ।

एनआरएनले बिदेशमा रहेका नेपालीहरू लामो समयपछि नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा मतदानको अधिकारवाट बन्चित भएको बताउँदै नेपाल सरकारले यस विषयमा सम्वोधन गर्नुपर्ने एनआरएनका उपाध्यक्ष भवन भट्टले बताए।

एनआरएनले प्रेश बिज्ञप्ति जारी गर्दै घर परिवार र देशका लागि बिदेशमा रगत पसिना बगाएर नोट पठाउनेहरुलाई सरकारले भोटको ब्यबस्था गर्ने तर्फ सोच पनि नदेखाएकोमा दुख समेत ब्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ -हामी बिदशेमा बस्ने लाखौ नेपालीले राजदूतावास वा अन्य प्रविधिमार्फत भोट दिने ब्यबस्थाका लागि राज्यले पहल गरोस्। लोकतन्त्रमा नागरिकको मतदान गर्न पाउने आधारभूत अधिकारको राज्यले सम्वोधन गर्नुपर्दछ। यस विषयमा राज्यका अन्य निकाय समेतले केही नबोलिदिदाँ विदेशीएका नेपालीको भावनामा समेत चोट पुगेको एनआरएनका उपाध्यक्ष भवन भट्टले बताए।

‘बिदेशमा बसेर दिनरात देशका बारेमा सोच्ने लाखौ युवा पीढीहरू यो महत्वपूर्ण क्षणमा आफूलाई पनि समाहित गर्न चाहन्छन् , भट्टले भने ।

प्रतिकृया दिनुहोस