आइसीएनले अस्ट्रेलियामा नेपाली झन्डा फहराउने

  • Get News Alerts

सबैभन्दा प्यारो देशको झन्डा...

प्रवासमा बसेर पनि मुलुकको झन्डा फहराउने उद्धेश्यमा होमिएका बडि बील्डरहरुको टिमले अन्तर्राष्ट्रिय सम्वन्न सहित सिड्नीमा आइसीएन गठन गरेर अगाडि बढ्ने निधो गरेका छन्।

सिड्नीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेचरल बडि बिल्डीङमा अस्ट्रेलिया बसेर तहल्का पिटेका सन्तोष श्रेष्ठले आइसीएनको गठनले अब देशको झन्डा बोकेर अगाडि बढ्न सहज बनेको बताए।

आइ कम्पीट नेचुरल नेपाल टीम अर्थात आइसीएनलाई नेचुरल बडि बल्डिीङ अस्ट्रेलिया लगायतका संघ संगठनले आवद्धता प्रदान गरिसकेका छन्।

अस्ट्रेलियाको प्रतिनिधित्व गरेर बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका सन्तोषले संस्थागत प्रयासले नेपाल र नेपाली मुलका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गर्न सहज हुने बताए । सन्तोषले अस्ट्रेलियामा आएर हामीले यहाका सबै राम्रा संस्कार सिके पनि फिटनेशको संस्कार भन्ने सिक्न नसकेको बताए। ‘पश्चीमा समाजको एउटा अभिन्न अंगको रुपमा रहेको फिटनेश कल्चरलाई नेपाली समाजमा आकर्षित गराउने हाम्रो प्रयास हुने छ,’ सन्तोषले सुनाए।

प्रवासमा बसेर पनि आफ्नो प्रयासले देशको झन्डा बोक्ने खेलाडी र आइसीएनले नेपाली समाजवाट पनि सहयोगको अपेक्षा गरेको सन्तोषले बताए । ‘हामी एक्लै हिँडेर सम्भव छैन सबैको सहयोग र सद्‌भाव भयो भने, देशको लागि अझै थुप्रै स्वर्णहरू जित्न सक्ने हाम्रो प्रयास हुनेछ।

आइसीएनले यसै वर्ष पनि सिड्नीमा रहेका पाँच खेलाडीको टिमलाई थाइल्यान्डमा हुने विश्व एमेच्यौर टाइटल, मेलवर्न तथा इन्डोनेशियामा हुने आधिकारीक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता पक्का गरिसकेको छ।

त्यसका लागि सन्तोष श्रेष्ठ, प्रकृती श्रेष्ठ, सन्तोष चौधरी, राजु महर्जन, दिपु मुनिकार र बिनोद महर्जनको सहभागिता रहने पक्का पक्की भैसकेको छ। आइसीएन अन्तगर्त अस्ट्रेलिया बसेर सन्तोष श्रेष्ठ, प्रकृती श्रेष्ठ, सन्जिव चौधरीले करिब एक दर्जन अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जितिसकेका छन्।

आइसीएनले त्यती मात्र नभइ नेपाली महिला दिदी बहिनीहरुलाई फिटनेशमा आकर्षित गर्न समेत योजना बुनेको कुरा बडिबिल्डर प्रकृती श्रेष्ठले बताइन्। प्रा उपनामले चिनिएकी प्रकृतीले नेपाली दिदी बहिनीहरुले पनि अब फीटनेशमा ध्यान दिनुपर्ने बेला आएको बताइन्।

कार्यक्रममा नेपाली समाजका अगुवा भोला राई, एनआरएनका खेलकुद संयोजक नन्द गुरुङ, नेप्लीज अस्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष कोमल पाठकले आइसीएनको स्थापनाले खेलाडीहरुलाई नयाँ आयाम थपिएको बताए। खेलाडीहरू सन्जीव चौधरी, राजु महर्जनले आइसीएनको गठनको आवश्यकता बारे प्रकाश पारेका थिए।

प्रतिकृया दिनुहोस