अष्ट्रेलियाकी महिला सांसदले जव संसद भवनमा स्तनपान गराईन...

  • Get News Alerts

अष्टेलियाको महिला सांसद लरिस्सा वाटर्सले पहिलो पटक संसदमा स्तनपान गराएको तश्वीरले नयाँ तरंग ल्याएको छ। संसारमै पहिलो पटक संसद भवनमा नवजात शिसुलाइ स्तनपान गराएको घटनाले महिला र वालवालिको अधिकारको बिषयमा नयाँ आयाम थपेको अष्ट्रेलियाका मिडियाहरुले बताएका छन्।

सांसद लरिस्साले आफ्नो ट्वीटर एकाउन्टमा फोटो सार्वजानिक गर्दै भनेकी छन् 'आज मलाइ महिला हुनुको गौरव अनुभव भएको छ।' उनले सांसदमा बच्चालाइ स्तन पान गराइरहेको उक्त निर्णयको बारेमा सामाजिक संजाल लगायत समाचार माध्यमहरुमा समेत बहष हुन थालेको थियो।

महिलाहरु आमा बनेपछि काम छाडने प्रबृतीप्रति इगीत गर्दै सांसद लरिस्साले यसो गर्न नपर्ने समेत बताएकी थिइन। गएको वर्ष मात्र अष्ट्रेलियाले संसदमा आफ्नो नियमलाइ बदल्दै महिला संसाद तथा कर्मचारीहरुले आफ्ना बच्चाहरुलाइ संसदमा ल्याएर आउन सक्ने नियम पारित गरेको थियो।

तश्वीर:गुगल

 

प्रतिकृया दिनुहोस