सन्तोष र प्रकृति एशियन च्याम्पियनशिपमा

  • Get News Alerts

मंगोलियामा यसै साता आयोजना हुन लागेको ५१ औं एशियन एएफबीएफ नेचुरल बडिबिल्डीङ प्रतियोगितामा भाग लिन अस्ट्रेलियाबाट महिला बडिबिल्डर प्रकृति श्रेष्ठ र प्रशिक्षक सन्तोष श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेका छन्।

अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका यी दुई खेलाडीहरूले यसपटक नेपालबाट आधिकारीक रूपमा एशियाली प्रतिस्पर्धामा सहभागिता जनाउन लागेका हुन्।

सन्तोष नेचुरल बडिबिल्डिङका निकै राम्रा खेलाडी भए पनि यस पटक पूर्वतयारी नभएका कारण प्रशिक्षकको भूमिकामा देखिन लागेका हुन । सीड्नीको नेपाली समाजमा प्रा उपनामले चर्चा कमाएकी प्रकृती श्रेष्ठले भने यस पटक मंगोलियामा हुने एशियन प्रतियोगितामा विकनी र बडी फीटनेस स्पर्धामा प्रतिस्पर्धा गर्ने भएकी छिन्।

प्रतियोगिता यही १८ मे देखि २१ सम्म मंगोलियाका राजधानी उलनबटारमा हुनेछ । एशियन फेडरेसन अफ बडिबिल्डीङ एन्ड फीटनेस(एएफबीएफ)महासंघको आयोजनामा प्रकृतीले नेपालको राष्ट्रीय झन्डा बोकेर प्रतिस्पर्धा गर्ने छिन । हामीले तयारी राम्रै गरेका छौ, प्रकृतीले पक्कै पनि देश र झन्डाको नाम राख्ने छिन, प्रशिक्षक सन्तोष श्रेष्ठले सहभागिताका लागि प्रस्थान  गर्नुअघि सेतोपाटीलाई बताए । प्रतियोगितामा प्रकृतीसँगै अन्य नेपाली खेलाडीले पनि सहभागिता जनाउने छन्।

प्रतिकृया दिनुहोस