किन नेपालीको पहिलो रोजाइ बन्यो अस्ट्रेलिया?

  • Get News Alerts

यतिखेर अस्ट्रेलियाका बारेमा भिन्न र अलग विचारहरू सम्प्रेशषण भइरहेका छन्। कडाइ भयो , कठिन बन्दै छ, अनि गारो र सारो जस्ता अनेकन विषयहरू यतिखेर निकै प्रचारमा छन्।

वास्तविक रूपमै अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि कठिन भएको हो त। सम्भावनाका ढोकाहरू बन्द भइसकेका छन्। यस्तै यस्तै थुप्रै प्रश्नहरु यतिखेर अभिभावक र विद्यार्थीबाट सुन्न थालिएको छ।

उच्च अध्ययन र सम्भावनाका थुप्रै मार्गहरू रहेको अस्ट्रेलियाका बाटाहरु कठिन बनेको पक्कै पनि होइनन्।

एउटा शैक्षिक परामर्शदाताका रूपमा मैले वास्तविक कुरा बोल्नु पर्छ। सुन्दर भविष्य र उच्च अध्यनको सिलसिलामा आउने नेपाली विद्यार्थीका सवालमा खासै केही पनि त्यस्तो असर पर्ने खाले परिवर्तन भएका छैनन्। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयसँगै युरोप र अन्य प्रभावित राष्ट्रहरुमा राष्ट्रवादीधारको केही प्रभाव भने बढेकै हो।

यहाँ पनि सरकारमा रहेको लिबरल पार्टीले पछिल्ला दिनहरुमा बढ्दै गरेको बेरोजगारी र आर्थिक सुदृढीकरणका सवालमा केही नयाँ नीति अवलम्बन गरेको हो ।

केही फरक र अलग विषयमा प्रसंगमा अस्ट्रेलिया सरकारले नयाँ नीति अवलम्बन गर्दा यस्ता किसिमका सवाल उठ्नुलाई हामीले स्वभाविक रुपमा लिनुपर्छ। छोटो बाटो र सहज रोजाइका रुपमा रहेको दक्ष कामदारका सवालमा सरकारले चारपाचसात भिसामा केही कडाइ गरेकै हो।

यस सँगै नागरिकताको सवालमा पनि राज्यले आफ्नो नयाँ नीति अवलम्बन गरेको छ ।

यी सरकारले गर्ने सामान्य नीतिगत प्रकृया मात्रै हुन्। प्यारेन्ट्स भिसा र अन्य भिसाहरुको सवालमा केही साना तिना परिवर्तन पनि भएकै हुन्। तर यसले समुदायमा प्रभाव पारे पनि विद्यार्थीको सवालमा भने केही फरक पर्ने देखिदैन।

अष्ट्रलियन शैक्षिक नीति अनुरुप अहिले पनि नेपाल दोस्रो वरियताक्रम (रिस्क रेटिङ टु) मा रहेको छ । जुन अस्ट्रेलियन सरकारले अबलम्बन गर्ने बिदेशी विद्यार्थीको नीति भित्र महत्वको सूचीमा रहेको छ । दोस्रो वरियतामा रहनु भनेको दक्षिण एसियाकै पहिलो राम्रा विद्यार्थीको मुलुकका रुपमा नेपाललाई चित्रण गरिनु हो। भारत अझै पनि रिस्क रेटिङ थ्रीमा रहेको छ।

राम्रा र पढाइकै लागि आउने विद्यार्थीहरुका लागि अस्ट्रेलिया संसारकै पहिलो सुन्दर गन्तब्य हो भन्दा फरक पर्दैन। किनभने यहा आउने राम्रो पढ्ने र मिहिनेत गर्ने हरेक नेपाली विद्यार्थीहरूले स्थायित्व अनि ब्यवसायिक सफलता हात पारेकै छन्। मध्यमवर्गका विद्यार्थीका लागि पनि दक्षता अभिवृद्धीका कयैन बाटाहरू सहजै पाइने हुनाले पनि अस्ट्रेलिया सबैका लागि अनि सधैका लागि सुन्दर लक्ष्यका रुपमा रहेको पाइन्छ।

 संसारमा गनिएका विश्वविद्यालय अनि उत्कृष्ट पढाइ र सम्भावनाका कयैन वाटाहरुले गर्दा पनि अस्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि पहिलो रोजाइ मान्नुपर्छ ।

हो पढदै गर्दा, कमाउँदै अनि फि तिर्दै गर्दा केही गारो र सारो पनि होला। तर सात समुन्द्रपारी उच्च अध्यनको सपना बुनेर आएको विद्यार्थीका लागि यस्ता विषय अप्ठ्यारो बन्नु भने हुँदैन।

अभिभावकले पनि छोरालाई अस्ट्रेलिया पढ्न पढाएर डिग्रीभन्दा पैसा कमाउँछ भन्ने सोच पाल्नु ठीक होइन। पहिले डिग्रीको कोट अनि त्यसपछि मात्र नोट भन्ने सोचमा अभिभावक तयार हुनुपर्छ।

हामी छोरा छोरीलाई भारत र बंगलादेश पढाउन लाखौ खर्च गर्छौ तर अस्ट्रेलिया पढाउन पठाएपछि पैसो कमाउँछ अनि पढ्छ वा कमाएर पठाउँछ भन्ने सोच बोक्नु गलत ब्याख्या हो। पढ्नलाई प्रोत्साहन गर्ने वातावरण विद्यार्थीका लागि आवश्यक देखिन्छ। पढेपछि त यहा काम र दाम दुबै पाउन कठिन हुँदैन। अस्ट्रेलियन सरकारको नीति भनेको राम्रा र आर्थिक रुपमा सबल विद्यार्थी भित्र्याउने पनि हो ।

यतिखेर आइटी,एकाउन्टीङ र नर्सिङ नेपाली विद्यार्थीहरूको रोजाइका विषय हुन्। यसमा सम्भावनामा प्रसस्तै छन्। धेरै नेपालीहरुको ब्यवशायीक दक्षताको आधारशिला पनि यही हो । यी विषयको अध्यनले स्थायित्व र आर्थिक रुपमा पनि नेपाली विद्यार्थीलाई सबल बनाएको छ।

हरेक विद्यार्थीहरूले आउनु अघि भने एक पटक अस्ट्रेलियाको बिषयमा र यहाँको यथास्थितिको बारेमा भने जानकार हुनु अत्यन्तै आवश्यक छ । हामी बिदेश भन्ने बित्तीकै फरक अनि अलग मानसिकता बोक्ने गर्छौ । बास्तबमै अस्ट्रेलिया पनि मिहिनेत र परिश्रमीका लागि उर्बर भूमि हो।

प्रतिकृया दिनुहोस