यस्तो भयो मर्दस डे

  • Get News Alerts

अष्ट्रेलियामा आइतबार मर्दस डे (आमा दिवश) परेकोले प्रायस छोराछोरीहरु फूल किन्न, उपहार किन्न, मनपर्ने रेष्टुरेन्टमा आमालाई लग्न सबैजना व्यस्त भए तर सिड्नीको ग्र्यानभील स्टेशनको नजीकै सानो हलमा नेपाली आमाहरुले नयॉ अठोटका साथमा मर्दस डे मनाई रहेका थिए ।

यी नेपाली आमाहरु आफ्नो उपहारभन्दा सबैलाई जीवनको आधार बसाउने आमा पृथ्वीको जर्गेनामा आफ्नो उत्तरदायीत्व अत्यन्त प्रभावकारी भएकोले त्यसलाई आत्मसाथ गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको थियो । अष्ट्रेलियाले मात्र वर्षको ८ अर्बको खानाहरु खेर फाल्ने गर्दछ। तथ्याङ्क अनुसार प्रत्येक घरले आफूले किनेको सामानहरु मध्ये करिब बीस प्रतिशत फाल्ने गर्दछ अथवा ५ झोला सामान किनेकोछ भने १ झोला त्यतिकै फ्याकीन्छ ।

स्थानीय क्युम्बरल्याण्ड काउन्सीलको तर्फबाट बातावरणीय विज्ञ अलीना ताम्राकारले दिगो जीवन यापन निर्माणमा आमाहरुले मर्दस डे रोजेकोले नेपाली समुदाय मात्र होइन अन्य समुदायलाई पनि प्रेरणा पुग्ने बताईन् । सकभर खानालाई माया गर्ने र फाल्ने कम गर्न आव्हान गरिन् साथ साथै उनले तीन “आर“ रिड्युस, रियुज र रिसाईकलको मन्त्र आत्मसाथ गर्नु पर्ने जोड दिइन् ।

अलीनाका केही साना तर महत्वपूर्ण कुराहरू  –

१, थ्री आर – रिड्युस, रियुज र रिसाईकल

२, मुड्डीमा पार्न सक्ने सफ्ट प्लाटिकलाई छुट्टै जम्मागरी हप्तामा एक पटक सुपर मार्केटको रिसाईकल बीनमा फाल्ने त्यसबाट नयॉ सामानहरु बन्न सक्छ।

३, पहेलो रिसाइकल बीनमा पेपर, कार्डबोर्ड, टिन, बोटल, प्लास्टिक कन्टेनरहरुलाई खुला फाल्ने ताकी पछि रिसाकलहोस् ।

४, सपिङ जादा घरैबाट पुनप्रयोग गर्ने झोला लिएर जाने

५, खानेसामान किन्दा यदि प्रयोगहुन्छ भने ठुलो प्याकेट किन्ने – यसो गर्दा प्याकेज वेस्ट कम हुन्छ । 

६, लगाउन मिल्ने लुगाहरुमात्र नजिकैको लुगा रिसाइकल बीनमा फाल्ने

७, उभ्रेको खानाकुराहरुलाई सकेसम्म प्रयोग गर्ने

 खानालाई माया गरौ भन्ने आव्हान गदै कार्यक्रममा आमाहरुले कृतिम र महङ्गा श्रृङार र गहनाका सट्टा फलफुलमा सजीएर प्रस्तुत भएका थिए।

प्रतिकृया दिनुहोस