यम बुद्धको जन्द दिनमा अष्ट्रेलियामा सांगीतिक कार्यक्रम
.jpg)
र्यापर यम बुद्ध (अनिल अधिकारी) को जन्मदिनको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
नेपाल रिपोर्ट्सको आयोजनामा मे ३० तारिक यम बुद्धको जन्म दिनको अवसर पारेर सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ कार्यक्रम गरिन लागेको हो । कार्यक्रममा दिवंगत र्यापर यमबुद्धलाई विभिन्न गायक तथा र्यापरले सांगीतिक श्रद्धाञ्जली अर्पण गर्ने भएका छन् ।
नेपालका पहिलो र्यादपर गिरीश खतिवडा (गोर्खाली जी), नेपालका पहिलो बिट–बक्सर निशान्त गौचन, चर्चित युवा र्या पर युनिक पोएट, र्या पर साकार अधिकारी लगायतको मुख्य प्रस्तुति रहने आयोजकले जनाएको छ । अष्ट्रेलियाको स्थानीय हिपहप ब्याण्डले यमबुद्धका चर्चित गीतहरुमा धुन प्रस्तुत गर्नेछ । मेलबर्नका चर्चित डिजे मिस्टा र सिड्नीका चर्चित डिजे सोमनले उल्ट अस्ट्रेलियन ब्यान्डलाई सघाउनेछन् ।
कार्यक्रममा र्याप ब्याटल, बि–बोइङ, स्ल्याम पोएट्री लगायत हिपहपका अन्य विधाका प्रस्तुति पनि राखिएको छ । कार्यक्रममा बाबा एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन एवं ग्लोबल कन्सल्ट र रेस्ट ग्रुपको सह–प्रायोजन हुनेछ ।
‘से नो टु सुसाइड, से यस टु लाइफ’ नारा दिइ प्रवासमा रहेका नेपाली युवाहरुमा जिन्दगीप्रति सकारात्मक सोच वृद्धि गराउने उद्देश्यले सांगीतिक कार्यक्रम राखिएको अयोजकले जनाएको छ ।
गायक यम बुद्धले भौतिक शरीर अन्त्यको बाटो आफैंले रोजे जस्तै प्रवासमा रहेका युवाले त्यसो नगरुन् भन्ने सन्देश फैलाउन विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ । यसै सन्दर्भमा मे १ देखि नै एक महिनासम्मका लागि सिड्नीका विभिन्न स्थानमा विभिन्न प्रेरक व्यक्तिहरुसँग २० र २५ जना युवाको अनौपचारिक कार्यशाला आयोजना गर्दै प्रत्यक्ष अन्तरक्रिया गर्ने क्रम जारी छ ।
कार्यशालाहरुमा नेपाल रिपोर्ट्सका कार्यक्रम निर्माता तथा लोकप्रिय कार्यक्रम ‘योङ एचिभर्स’ का सञ्चालक रन जेरेमीको संयोजकत्वमा विविध प्रतिभा प्रष्फुटन अभियान सञ्चालन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस
विचार/ब्लग
-
सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी
कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।
नवीन दित्य कोइराला
-
अमर प्रीति
देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो। उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो।
देव सागर