दीपेन्द्रको लभ लभ लभ  सीड्नीमा

  • Get News Alerts

निर्देशक दीपेन्द्र के खनालको चलचित्र लभ लभ लभ सिड्नीबासी नेपालीहरूमाझ प्रदर्शन भएको छ। सिड्नीको बरउडमा रहेको ईभेन्ट सिनेमामा चलचित्र प्रदर्शनी गरिएको हो। चलचित्रको प्रदर्शनका लागि नेपालबाट  यतिबेला यसै चलचित्रका निर्देशक दीपेन्द्र के खनाल र नायक सुरज पाण्डे सिड्नी आईपुगेका छन्। सिड्नीमा यो चलचित्रलाई मनोज अधिकारी र सन्तोष अधिकारीले प्रर्दशनीको चाँजोपाँजो मिलाएका हुन्।

चलचित्रको प्रदर्शनपछि चलचित्रका निर्देशक खनालले आफूले चलचित्रमा ऊठाउन खोजेको विषयलाई सिड्नीवासी नेपालीहरूले मन पराउनु भएकोमा खुसी ब्यक्त गरे। उनले भने, ‘पहिलो पटक चलचित्रमा अभिनय गरेका सुरज पाण्डेले सिड्नीवासी नेपालीहरूको सकारात्मक प्रतिक्रियाले हौशला मिलेको छ।’

सिड्नीवासी नेपालीहरूले चलचित्र लभ लभ लभले उठाएको माया र सम्बन्धका कुराहरूलाई मन पराएको पाईएको छ भने यो चलचित्रको अन्य शोहरू पनि गरिने आयोजकले जनाएका छन्। पशुपति प्रसाद चलचित्रबाट   चर्चामा आएका दीपेन्द्रको यो फरक ट्रेनको लभ स्टोरी फिल्म हो। मैले यसमा बिसुद्ध माया प्रेमको कहानीलाई मात्र समेटेका छु, दीपेन्द्रले सेतोपाटीसँग बताए। चलचित्र युवापुस्ताको लागि नीकै लोकप्रिय हुने एनआरएन आईसीसी सदस्य बालचन्द्र भट्टराईले बताए। चलचित्रको अन्ततिरको मार्मिक दृश्यले थुप्रै दर्शकलाई आँखा भिजाएको थियो।

प्रतिकृया दिनुहोस