नेपालका समिरले जिते अस्ट्रेलियाको अल्टाट्रेल उपाधि

  • Get News Alerts

१६ सय सहभागिमा नेपाली प्रथम

नेपाली सेनाका अल्ट्राधावक समिर तामाङले सिड्नीको ब्लु माउन्टेनमा आयोजित अल्ट्राट्रेल २०१७ को पचास किलोमिटरतर्फको उपाधि जितेका छन्।

समिरले आफ्ना निकतम् प्रतिद्वन्द्वी स्टुवार्ट गिब्सनलाई मात्र दश सेकेन्डले पछि पार्दै उपाधि नेपालको पोल्टामा पारेका हुन्। समिरले सो दुरी चार घन्टा सात मिनेट ९ सकेन्डमा पुरा गरेका थिए भने गिब्सनले भने चार घन्टा सात मिनेट १९ सेकेन्डमा पार गर्दै दोस्रो स्थान हात पारेका थिए।

मैले यस पटक तीन घन्टा चालिस मिनेटको हाराहारीमा निर्धारित पचास किलोमिटर पार गर्ने लक्ष्य लिएको थिए। बिच बाटोमा रूटको अनिभिज्ञताले करिब पाँच मिनेट अलमलमा परे अनि तीस किलोमिटर सकेपछि मसल फर्क्यौ, त्यसैले प्रतिस्पर्धा निकै कडा हुन गयो, दौड सकेर सिड्नी आइपुगेका समिरले सेतोपाटीलाई बताए।

समिरको यो यात्रालाई क्रेन्स निवासी नेपाली सोम तामाङ र सिड्नीका खेलप्रेमी कुमार गुरूङले सघाएका हुन्। ‘दाइहरूको सहयोगले यस पटक यो प्रतियोगितामा सहभागी हुने अवसर जुर्‍यो, तर मैले खेल जितेर उनीहरूलाई उपहार टक्रयाएको छु,’ रामेछापका प्रिती निवासी सोमले हसिलो मुद्रामा भने।

वास्तवमै नेपाल र नेपालीलाई एउटै छाता मुनी वाध्ने र मुलुकको नाम राख्ने महत्वपूर्ण माध्यम खेलकुद बनेको कुरा समिरले सुनाए। अस्ट्रेलियामा आएर अल्ट्रा म्याराथनमा पहिलो स्थान हात पारेका समिरको सम्मानमा क्रेन्स शहरमा रात्रीभोजको आयोजना गरिन लागिएको छ। स्थानीय नेपाली खेलप्रेमी सोम तामाङको संयोजनमा हुन लागेको सो कार्यक्रममा सहभागी हुन समिर सोमबार उत्तरी क्वीन्सल्यान्डको शहर क्रेन्सतर्फ उडेका छन्।  समिरको सफलता हामी सबै नेपालीको लागि शान बनेको समिरको स्वागतमा पुगेका नेपाली प्राज्ञ डा. भरत पौडेलले बताए।

प्रतिकृया दिनुहोस