अष्ट्रेलियामा रोयल गोर्खा कलेजको दर्ता खारेजी

  • Get News Alerts

सरकारी निर्णयविरुद्ध पुनरावलोकनमा जान्छौ: योन्जन

अस्ट्रेलिया सरकारले रोयल गोर्खा इन्सिच्यूट अफ टेक्नोलोजी कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको छ। उक्त सरकारी निर्णयपछि सञ्चालक तथा नेपाली मुलका ब्यवसायी चन्द्र योन्जनले यसविरुद्ध माथिल्लो निकायमा पुनरावलोकनमा लागि जाने बताएका छन्।

प्राविधिक शिक्षामा सरकारी सहुलियतको दुरूपयोग भएको भन्दै अस्ट्रेलियन स्कील क्वालीटी अथोरिटी९अस्क्वा०ले रोयल गोर्खा कलेजको दर्ता खारेजीको निर्णय गरेको हो। तर जुन २७ सम्म भने कलेजले दर्ता खारेजीविरुद्ध माथिल्लो निकायमा पुनराबलोकन गर्न पाउने ब्यवस्था रहेको छ।

भेट फ्री हेल्प लोन अन्तर्गत स्थानीय नागरिकहरुलाई राज्यले शिपमुलक तालिममा लागि कलेजहरुलाई निश्चत अनुदान रकम दिने गर्छ। सन २०१३ मा रोयल गोर्खाले ५५ लाख अस्ट्रेलियन डलर अनुदान रकम सरकारबाट प्राप्त गरेको र सो रकमको चित्तबुभ्दो जवाफ दिन नसक्दा कलेजको दर्ता खारेजी प्रकृयामा गएको सम्वन्धित निकायले जनाएको छ।

करिब दुई सय कर्मचारी र १४ सय विद्यार्थी रहेको सो रोयल गोर्खा कलेजको खारेजी गर्ने निर्णयले विद्यार्थीको भविष्य अन्योलमा परेको स्वयं सन्चालक योन्जन बताउँछन्। ‘अचानक दर्ता खारेजीको निर्णयले हामीलाई अन्योलमा पारेको छ , यसका विरुद्ध हामी माथिल्लो निकायमा पुनरावलोकनका लागि जानेछौ’, योन्जनले सेतोपाटीसँग भने।

भिक्टोरियाका लागि नेपाल सरकारका माहाबाणिज्यदूतसमेत रहेका योन्जनले सेतोपाटीसँग भने, ‘सरकारी अनुदानमा आवश्यक कागजात र प्रकृया नपुगेको हुनसक्छ तर हामीले कुनै बदमासी गरेका छैनौ। यो सरासर गलत निर्णय हो यत्रा विद्यार्थीको भबिष्यमाथि खेलवाड गरेर कलेज बन्द गर्न राज्यले पाउँदैन। हामी न्यायका लागि पनि माथिल्लो निकायमा जानेछौ,’ उनले भने, ‘यही जुन २७ सम्म पनि पुनराबलोकन नगरे मात्र कलेज खारेज हुने हो, यहाँ केहीले कलेज बन्द भनेर भ्रम छर्ने काम गरेका छन्। हामी सोमबारनै यो निर्णयविरुद्ध माथिल्लो निकायमा जानेछौ ,कलेज सुचारू भैरहेको छ।’

अस्ट्रेलियन सरकारले यसअघि पनि २० हजार विद्यार्थी रहेको क्यारियर अस्ट्रेलिया नामक शैक्षिक निकायको खारेजी गरेको थियो । सोही निर्णयका कराण नेपालबाट आएका करिब चार सय नेपाली विद्यार्थी सरकारको नयाँ निर्णय कुरेर बस्न बाध्य भएका छन्। अस्ट्रेलियाले पछिल्ला दिनहरूमा आप्रवासीहरुका लागि केहि कडा नीति अवलम्बन गर्दै आएको छ।

चारपाँच सात भिसा र नागरिकतामा नयाँ नीति थोपरेको अस्ट्रेलियन सरकारले शैक्षिक क्षेत्रमा पनि थप निगरानी बढाएको बिश्लेषकहरु बताउँछन्। समाजिक क्षेत्रमा चिनिएका मलवर्न निवासी चन्द्र योन्जनले सन्चालन गरेको यो कलेज मेलवर्न र होवर्टमा सन्चालनमा रहेको छ।

प्रतिकृया दिनुहोस