अष्ट्रेलियाको भिक्टोरीयामा 'नेपाल पर्यटन साझ' सम्पन्न

  • Get News Alerts

अष्ट्रेलिया मेल्वर्नस्थित नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूत कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा नेपाल पर्यटन साँझ सम्पन्न भएको छ। नेपाल टुरिजम बोर्ड तथा भिक्टोरीयाको नेपाली ट्राभल्स संयोजनमा भएको उक्त कार्यक्रमको मुख्य काम नेपालमा पर्यटन प्रवर्दन गर्नु रहेको आयोजकले बताएका छन्।

अष्ट्रेलियाका बिभिन्न अपरेटन तथा एयर लाइन्सहरुको उपस्थतिमा सम्पन्न गरिएको उक्त 'नेपाल पर्यटन साझ' मा उपस्थित भिक्टोरियाको पार्यटन तथा साँस्कृतिक स्याडो मन्त्री हेइडीले नेपालमा पर्यटन लैजाने कामममा अष्ट्रेलियन सरकारवाट समेत सहयोग जुटाउन आफु तयार रहेको बताएका थिए। भिक्टोरीयास्थित व्यवस्थापिका परिषदका अध्यक्ष बुश्र एटकिन्सन विशिष्ठ अतिथिको रुपमा सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस