सिड्नीमा यमबुद्धको सम्झना, सकारात्मक सोचका लागि यम नाइट

  • Get News Alerts

सत्तरीको दशकमा अमेरिकी सडकहरूमा आफ्ना आक्रोश र कहानी सुनाउने माध्यम बनेको हिपहप यतिखेर छोटो समयमा विश्वको अलगधारको संगीतका रूपमा चर्चित भइसकेको छ। अमेरिकाका सडकहरुमा फरक शैली र ढंगमा अन्याय र अत्याचार बिरुद्धका टुक्काहरु गाँसेर सुरु गरिएको यो संगितले नेपाली आकाशमा पनि आफ्नै ढंगवाट परिचय पाउन थालेको छ ।

नब्बेको दशकतिरवाट गिरिश र प्रणिलले नेपाल भित्र्याएको हिपहप म्युजिक यतिखेरसम्म आइपुग्दा थुप्रै नेपालीको ढुकढुकी बनिसकेको छ। नेपाली हिपहप संगीत पनि यतिखेर अर्थपूर्ण र शन्देसमुलक रहेको यसका पारखीहरुको ठम्माइ छ। त्यसमध्ये पनि यमबुद्धका साथी,मलामी,फुटपाथ मेरो घर जस्ता शन्देश मुलक गितहरुले हिपहप म्युजिकको फाटमा नयाँ मोड ल्याएको थियो।

पछिल्ला पुस्ताका चर्चित रयापर यमबुद्ध अर्थात अनिल अधिकारीको जन्म दिन पारेर सिड्नीमा द यम नाइट भब्यरुपमा सम्पन्न भएको छ। र्‍यापर यमबुद्धले गत केही महिना अघि मात्र बेलायतमा आत्महत्याको वाटो रोजेपछि उनका थुप्रै प्रंशसकहरु निराश हुन पुगेका थिए। संसारभर फैलिएको नेपाली हिपहपका प्रशंसकहरुले यमलाई सम्झने र उनको गीत संगीतमा डुब्ने दिनका रुपमा जन्मजयन्ती मनाउन सिड्नीवाट प्रारम्भ गरिएको आयोजक नेपाल रिपोर्टसका बिज्ञान कडेंलले बताए।

नेपाल रिपोर्ट्सको आयोजनामा सिडनीको मेट्रो थियटरमा यमबुद्धको जन्म दिनको अवसर पारेर सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ आयोजना भएको हो ।

नेपालका पहिलो र्यापर गिरीश खतिवडा (गोर्खाली जी), नेपालका पहिलो बिट–बक्सर निशान्त गौचन, चर्चित युर्वा यापर युनिक पोएट, साकार अधिकारी लगायतको मुख्य प्रस्तुति रहेको कार्यक्रममा तीन सय भन्दा बढी दर्शकको सहभागिता थियो।

अष्ट्रेलियाको स्थानीय हिपहप ब्याण्डले यमबुद्धका चर्चित गीतहरुमा धुन प्रस्तुत गरेका थिए।

‘से नो टु सुसाइड, से यस टु लाइफ’ नारा दिइ प्रवासमा रहेका नेपाली युवाहरुमा जिन्दगीप्रति सकारात्मक सोच वृद्धि गराउने उद्देश्यका साथ आयोजना गरेको यम नाइटको आयोजना अर्थपूर्ण रहेको आयोजक कडेंलले बताए ।

कार्यक्रमलाई बाबा एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन एवं ग्लोबल कन्सल्ट र रेस्ट ग्रुपको सह प्रायोजन हुनेछ ।

प्रतिकृया दिनुहोस