भारी हिमपात र चिसोका कारण यूरोपको जनजीवन अस्तव्यस्त

गएको शनिबारदेखिको अत्याधिक हिमपात र शून्य डिग्री सेल्सियसभन्दा तल झरेको तापक्रमले यूरोप महादेश भरीकै जनजीवन अस्तव्यस्त तुल्याएको छ। विशेष गरी ईटली र टर्कीमा एयरपोर्टहरु बन्द भएकाछन् भने पानी जहाजहरु कछुवाकोगतिमा चलिरहेको टेलिग्राफले जनाएको छ।
गत शनिबारको तापक्रम माईनस २० डिग्री सेल्सियस मापन गरिएको थियो। अधिकारीहरुले जनाए अनुसार पोल्याण्डमा मात्रै कम्तिमा १० जनाको मृत्यु भएको छ, जस्मा सात जनाको त गत शुक्रबार ज्यान गएको थियो। उता बेल्जियममा भने बाटोमा गाडी चिप्लिएर एक जनाको मृत्यु भएको छ।
ईटालीका संचार माध्यमहरुले बताए अनुसार अत्यधिक चिसोका कारण करिब आधा दर्जन घरबारबिहिन मान्छेहरुको मृत्यु भएको छ भने भारी हिमपात र हावाका कारण सडक एवं एयरपोर्टहरु बन्द भएका छन्, रेल यात्रा रद्द गरिएको छ भने पानी जहाजको यात्रामा ढिलाई भएकोछ। देशका केहि भागहरुमा विद्यालय समेत बन्द भएको जनाईको छ।
ग्रीसका अधिकांश भाग हिउंले ढाके छ जस्का कारण देशै भरी अत्याधिक चिसो बढेको छ। सामान्यतया ग्रीसको तापक्रम हिउदे ऋतुमा अनुकुल हुने गर्दथ्यो। तर यो बर्षको हिमपात र चिसोलाई हेर्दा जलवायू परिवर्तनको प्रत्यक्ष असरको संकेतकोरुपमा विज्ञहरुले लिएका छन्।
यता टर्कीमा हिमपातका कारण टर्कीस एयरलाइन्सले ६ सय ५० भन्दा बढी आफ्ना उडानहरु रद्द गरेको कुरा समाचार एजेन्सी अनादोलुले जनाएको छ। त्यसैगरी स्तानबुलको मुख्य राजमार्गमा मान्छेहरले गाडीहरु त्यतिकै छाडी पैदलै घर गएका कारण उक्त राजमार्ग पार्किङ लटमा परिणत भएको छ।
रुसी समाचार एजेन्सीले बताए अनुसार १२० बर्ष पछि देशमा अत्यधिक चिसोको अनुभव गरीएको छ। गत शनिबारको तापक्रम न्यूनतम माईनस २८ डिग्री मापन गरिएको कुरा रूसी मौसम विभागलाई उद्दृत गर्दै समाचार एजेन्सीहरुले बताएका छन। चेक अधिकारीहरुका अनुसार राजधानीमा मात्रै चिसोका कारण ३ जनाको मृत्यु भईसकेको छ।
तर बेलायतको आकाश बादलले ढाकिएको भएता पनी हिमपात भएन र अपेक्षाकृत चिसो पनि नभएको बिबिसीले जनाएको छ।
यूरोपमा भएको अहिलेको हिमपात र चिसोका कारण सिरीयन लगायत अन्य मुलुक बाट आएका शरणार्थीहरु नराम्ररी प्रभावित भएको कुरा बिभिन्न समाचार माध्यमहरुले बताएका छन्। ग्रीसको लेस्भोस स्थित मोरिया शरणार्थी क्याम्पमा बसीरहेका एक शरणार्थीले उपलब्ध गराएको भिडियोमा क्याम्पका पालहरु हिउँले ढाकिएको छ, शरणार्थीहरुका पालहरु हिउँले लडाई दिएको बताएका छन्। उनले एक जना सहायता कर्मीलाई बताए अनुसार यस्तो किसिमको चिसाकोे अनुभव आफ्नो जीवनमा पहिलो पटक हो।
यूरोपको अहिलेको यस्तो स्थितिलाई केहीले हिम युगको संज्ञा दिएका छन्। मौसम विदहरुका अनुसार ग्लोवल वार्मिगंका कारण आर्कटिक क्षेत्रमा हिउंको मात्रामा आएको कमीका कारण हिउंदको समयमा धेरै चिसो र तातो महिनाहरुमा धेरै गर्मि हुने गरेको छ।
तश्वीर: एजेन्सी
प्रतिकृया दिनुहोस
विचार/ब्लग
-
सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी
कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।
नवीन दित्य कोइराला
-
अमर प्रीति
देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो। उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो।
देव सागर