‘सरसर्ती संसार’ लिएर जीवा लामिछाने पुगे लन्डन

  • Get News Alerts

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा ब्यावसायी जीवा लामिछाने द्वारा लिखित नियात्रा संग्रह ‘सरसर्ती संसार’  लन्डनमा आईतवार एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ।

हालै नेपालमा बिमोचन गरिएको आफ्नो पुस्तक लिएर लन्डन आईपुगेका लेखक लामिछाने संगको साक्षात्कारको लागी बेलायत स्थित नेपाली प्राज्ञ तथा एन आर एन हरु उल्लेख्य रुपमा सहभागी भएर लेखकलाई सफल कृती प्रकाशनमा हौसलामुलक प्रेरणा प्रदान गरेका  थिए।

कार्यक्रममा बोल्दै बेलायतका लागी नेपाली राजदुत दुर्गा बहादुर सुवेदीले लेखकलाई सफल कृती जन्माएकोमा बधाई ज्ञापन गर्दै लेखको बहुआयामिक प्रतिभा र विशिष्ट शालीनताको चर्चा गरे। राजदुत सुवेदीले नेपाली साहित्यको  विकासमा नियात्रा संग्रह प्रकाशनको ईतिहांस कोट्याउदै लामिछानेको कृतीले यो ईतिहांस लाई अझै संवृद्द तुल्याएको बताए।

बेलायत भ्रमणमा रहेका मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक) का  सांसद जितेन्द्र नारायण देवले लामिछानेको पुस्तकमा नेपालमका राजनितीकर्मीले सिक्न योग्य कुरा रहेको बताए। पुस्तक बेलायतका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी र सांसद जितेन्द्र देवले संयुक्त रुपमा विमिचन गरेका थिए।

प्रकाशित पुस्तक माथी एन आर एनका पुर्व प्रवक्ता डा. हेमार्ज शर्मा तथा पत्रकार द्वय नारायण गाउँले र फडिन्द्र भट्टराईले समीक्षात्मक टिप्पणी गरेका थिए।

चिरन्जीवी ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पत्रकार चिरन शर्माले संचालन गरेका थिए। कार्यक्रममा पत्रकार नरेन्द्र वस्नेतले लेखको अडियो जीवनी प्रस्तुत गरे। कार्यक्रममा एन आर एन सल्लाहकार विश्व आदर्श पण्डितले उपस्थित हरुलाई स्वागत र ब्यावसायी कमल भण्डारीले लेखकलाई सम्मान टक्र्याएका थिए।

नेपाल ब्रिटेन डट कमले आयोजना गरेको कार्यक्रममा एन आर एन युरोप संयोजक कुल आचार्य, नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधी पशुपति भण्डारी,लगायतले  शुभकामना दिएका थिए भने बिबिसी नेपालीका पुर्व प्रमुख  खगेद्र नेपाली तथा ब्यावसायी कृष्ण भट्टले प्रकाशित पुस्तकको एउटा भाग वाचन गरेका थिए।

कार्यक्रम अवधीभर पुस्तक हस्ताक्षरमा व्यस्त देखिएका लेखक लामिछानेले पुस्तक प्रकाशन पछीका पाठक प्रतिकृयाहरु बाट आफु नतमस्तक बनेको भन्दै समस्त पाठकहरुमा आभार व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस