नेपाली दूतावासको कार्यक्रममा बेलायती युवराज ह्यारी आउने

  • Get News Alerts

लण्डनस्थित नेपाली दूतावासमा आउँदो सोमबार आयोजना हुने एक समारोहमा बेलायती युवराज ह्यारी पनि सहभागी हुने भएका छन् । नेपाल बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको खुशीयालीमा आयोजित कार्यक्रमको समापन समारोहमा युवराज ह्यारी आउने भएका हुन् ।

केन्सिंग्टन प्यालेसले बुधबार दिउँसो आफ्नो आधिकारिक ट्वीटरमार्फत कार्यक्रममा ह्यारीको सहभागिता रहने जनाएको हो ।

यही मार्च २० तारिख सोमबारको दिउँसो युवराज ह्यारीले लण्डन दूतावासमा आएर सो समारोहमा भाग लिनेछन्।

बेलायती राजपरिवारमा युवराज ह्यारी नेपालसँग बढी नजिक रहेका सदस्य मानिन्छन्। भूकम्पपछि नेपालको भ्रमण गरेका ह्यारीले सन् २००७ मा अफगानिस्तानमा रोयल गोर्खा राइफल्ससँगै काम गरेका थिए। युवराज ह्यारीले कैयौंपटक गोर्खाहरुको बहादुरी र इमान्दारिताको सार्वजनिक रुपमै प्रशंसा समेत गरेका छन् ।

यसअघि नै मंगलबारदेखि सुरु साताव्यापी कार्यक्रममा विशिष्ठ पाहुनाहरुको उपस्थिति रहने भन्दै लण्डन दूतावासमा सुरक्षा व्यवस्था थप बन्दोबस्त गरिएको थियो ।

मंगलबारको शुभारम्भ कार्यक्रममा पनि बेलायती राजपरिवारका एक सदस्य, डुक अफ गलस्टर, प्रिन्स रिचार्ड सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस