गाडीको ठक्करबाट लन्डनमा एक नेपालीको मृत्यु

  • Get News Alerts

लण्डनमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा ७६ वर्षिय नेपाली महिलाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालमा म्याग्दी घर भाई लन्डनको साउथ ह्यारोमा श्रीमानसहित बस्दै  आएकी थकमति पुनलाई  शनिबार बिहान बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो ।

सँगै हिडीरहेका पुन दम्पत्ति मध्ये श्रीमानले बाटो पार गरे पनि श्रीमती पुनलाई बाटोमै गाडीले ठक्कर दिएपछि गम्भीर घाइते बनेकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।

अवकास प्राप्त गोर्खा सैनिक श्रीमान चन्द्रबहादुर पुनसँग लन्डनमा बस्दै आएकी मृतक थकमती  पुनको स्थायी घर नेपालमा म्याग्दीको दग्नाममा हो । उनका छोरा छोरीहरु सबै नेपालमै रहेको बताइएको छ ।

मृतक पुनको शव अहिले पोस्टमार्टमको लागि लण्डनको नर्थविक पार्क हस्पिटलमा राखिएको छ। त्यसपछि शवलाई नेपाल लैजाने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस