जुन ८ मा आम निर्वाचन गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा

  • Get News Alerts

बेलायती प्रधानमन्त्री टेरेसा मेले आगामी जुन ८ मा बेलायतमा आम निर्वाचन गर्ने घोषणा गरेकी छन्।

बेलायत युरोपबाट अलग हुने जनमत सहितको जनमत संग्रह पछि ब्रेक्जिट प्रकृया राजनैतिक पार्टीहरुको असहयोगमा जटिल बन्दै गईरहेको भन्दै उनले ताजा जनमतको लागि आम निर्वाचनको प्रस्ताव अगाडि ल्याएकी हुन्। प्रधानमन्त्री मे को यो आम निर्वाचनको प्रस्तावलाई भोलि बुधवारनै बेलायती संसदले पारित गर्नुपर्ने हुन्छ।

जनमतसंग्रह पछि बेलायतमा निश्चितता, स्थायित्व र सबल नेतृत्वको खाँचो परेको भन्दै प्रधानमन्त्री मे ले निर्वाचनको आवहान गरेकी हुन्। 'देश एकजुट भईरहेको बेला वेस्टमिन्स्टर (बेलायती संसद) एक हुन सकेन', निर्वाचनको औचित्य प्रस्ट्याउदै उनले आजको डाउनिंग स्ट्रिटको सम्बोधनमा भनेकी छन्।

प्रधानमन्त्रीको यो आकस्मिक घोषणा संगै अनिश्चित बन्दै गईरहेको बेलायती राजनीति नयाँ तरंग थपिएको छ। प्रमुख  बिपक्षी पार्टीहरुले बेलायतको युरोप बहिर्गमनको कडा नीति सच्य्याउने अवसर भन्दै प्रधानमन्त्रीको यो निर्णयको स्वागत गरेका छन्। 'बहुसंख्यक जनताको चाहनाको प्रतिनिधित्व गर्ने सरकारको लागी मतदान गर्ने अवसर यो निर्वाचनले प्रदान गर्ने छ', प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्विनले भनेका छन्।

आम निर्वाचनको  लागी तीन वर्ष समय बाँकी रहको परिप्रेक्षमा  बेलायतको युरोपबाट अलग्गिने प्रकृया (ब्रेक्जीट) बारेको मतान्तरले बेलायती राजनीति धुर्विकृत बन्दै गर्दा प्रधानमन्त्री माथि निर्वाचनमा जानुपर्ने बिकल्पको दवाव बढ्दै गएको थियो।

 

प्रतिकृया दिनुहोस