सूचना प्रबिधिमा अाएको गडबढिका कारण ब्रिटिस एयरका सम्पुर्ण उडानहरु रद्द

  • Get News Alerts

सूचना प्रबिधि र कम्प्युटरमा गडबढि भएको भन्दै ब्रिटिस एयरले हिथ्रो र ग्याटवीक एयरपोर्टबाट हुने सम्पुर्ण उडानहरु रद्द गरेको जनाइएको छ। एयरलाइन्सका अनुसार प्रमुख आइटी सिस्टममा गडबढि उत्पन्न भएको र जसका कारण संसार भरिका उडानहरु नराम्ररी प्रभाबित भएका छन्। जसका कारण हजारौं यात्रुहरु अलपत्र  परेका छन्।

एयरलाइन्सले साइबर आक्रमणको कुनै प्रमाण नभेटिएको जनाउदै भनेको छ ग्लोबल फ्लाइट सिस्टमले काम नगरेका कारण सम्पुर्ण उडानहरु रद्द गर्नु परेको भन्दै एयरलाइन्सले क्षमा याचना गरेको छ। साथै सुरक्षाका कारण आटीको काम आउट सोर्सिङ्ग गर्न नमिल्ने पनि बताइएको छ। यो समस्याका कारण ब्रिटिस यएरका कल सेन्टरहरु र वेबसाइट पनि प्रभावित भएका छन्।

एयरलाइन्सले पहिले बेलायती समय अनुसार १८ः०० बजे सम्म उडानहरु रद्द गरिएको यात्रुहरुलाइ जानकारि दिएको थियो। तर पछि हिथ्रो र ग्याटवीक बाट उडने सम्पुर्ण उडानहरु शनिबारकालागि रद्द गरिएको र उक्त दुइ एयरपोर्टमा यात्रुहरुलाई नआउन आग्रह गरिएको थियो। प्रभाबित यात्रुहरुलाइ पुन तालिका मिलाउन वा पैशा फिर्ता लिन अनुरोध गरिएको छ। धेरै यात्रुहरु आफ्नो छुट्टि मनाउनका लागि यात्र गर्ने तयारीमा भएको संचार माध्यमहरुले जनाएका छन्।
 
यसै बिच अन्य एयरलाइन्सका उडानहरु भने यो गडबढिबाट प्रभावित नभएको बताइएकाे छ।

नागरिक उड्डयन बिशेषज्ञ जुलियन ब्रेका अनुसार ‘यो एक गम्भिर समस्या हो। जसका कारण यएरलाइन्सका जहाजहरु उड्न सक्दैनन्, सामान लोड गर्न सकिदैन् र यात्रुहरुको जाँच पनि गर्न सकिदैन। वास्तवमा केहि पनि गर्न सकिदैन्।’

प्रतिकृया दिनुहोस