विशेष

Search news by date range:

  • सोसीयल मिडिया र इकमर्श साइटका राम्रा कुराको एकीकृत रूप हुनेछ सगून

    सोसीयल मिडिया र इकमर्श साइटका राम्रा कुराको एकीकृत रूप हुनेछ सगून गोविन्द गिरी ‘सगून’ -

    हालै अमेरिकाको सेक्युरिटीज एण्ड एक्सचेञ्ज कमिसनबाट मिनी आइपीओको स्विकृत प्राप्त गरि विश्वभरुबाट सर्वसाधारणको लागि स्वामित्व शेयर विक्री खुल्ला गरेको सगूनका विषयमा जानकारी लिने उद्धेश्यले यसका संस्थापक गोविन्द गिरी संग सेतोपाटी ग्लोबलले गरेको कुराकानीको सम्पादित अंश

     

  • निर्वाचनको रस्साकस्सीमा बेल्जियम कांग्रेस

    निर्वाचनको रस्साकस्सीमा बेल्जियम कांग्रेस सन्तोष न्यौपाने, बेल्जियम, फागुन १५ -

    'बर्मा गय कर्मसँगै नेपाल गए कपालसँगै’ भने झैँ अहिले बेल्जियममा नेपालको कांग्रेसी राजनीतिले उच्च तीव्रता पाएको छ। नेपालदेखिको कांग्रेसी आस्था ७ समुन्द्रपारी उत्तिकै झांगिएको छ। कांग्रेसी राजनीतिमा युरोपको केन्द्र मानिने जन सम्पर्क समिति बेल्जियमको अधिवेशन र नयाँ नेतृत्व चयन प्रक्रियाले अहिले तीव्र रूप लिएको छ। यो सँगै अध्यक्षका दाबेदार आफ्नो पोल्टामा नतिजा ल्याउनकोरस्साकस्सीमा लागिपरिरहेका छन्। जनसम्पर्क समिति बेल्जियमको निर्वाचन नेपालको गाविसस्तरको चुनाव भन्दा फरक देखिएको छैन।

  • माओवादी नेता नारायणकाजी श्रेष्ठ स्वीट्जरल्याण्ड आउँदै

    माओवादी नेता नारायणकाजी श्रेष्ठ स्वीट्जरल्याण्ड आउँदै सेतोपाटी संवाददाता, जेनेभा, फागुन १५ -

    सत्तारुढ नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले स्वीट्जरल्याण्डको संसदमा सामेल वर्कर्स पार्टी, स्वीस सहयोग नियोगका प्रमुख र  युरोपेली युनियनका अरु वामपन्थी नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ ।

  • के गर्दैछन् डेनिस राजकुमार नेपालमा?

    के गर्दैछन् डेनिस राजकुमार नेपालमा? - प्रकाश सापकोटा, डेनमार्क, फागुन १५ -

    भ्रमणका क्रममा राजकुमार योकिम सम्मिलित टोली शनिबार काभ्रे जिल्लाको भीमखोरी पुगेको छ। डेनिडाको सहयोगमा करमडाँडामा निर्मित लघु जलविद्युत परियोजनाको अवलोकन गर्दै उक्त परियोजनाबारे जानकारी लिएका राजकुमारले त्यस आसपासमा संचालित सुधारिएको घट्ट, मिल आदिको पनि अवलोकन गरेका थिए।

  • डोनाल्ड ट्रम्प पत्रकारको भोजमा समावेश नहुने

    डोनाल्ड ट्रम्प पत्रकारको भोजमा समावेश नहुने वासिङ्टन, फागुन १५ (एजेन्सी) -

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस संवाददाता संघ (डब्लुएचसिए) को वार्षिक रात्रिभोजमा समावेश नहुने स्पष्ट पारेका छन्। उनको यो निर्णय सँगै ट्रम्प अमेरिकाको पहिलो यस्तो राष्ट्रपति बन्ने छन्, जसले ४५ वर्ष पछि यो परम्परालाई तोड्दै छन्। 

     

  • न्युयोर्कमा नेपाल चिनाउँदै राजा

    न्युयोर्कमा नेपाल चिनाउँदै राजा सन्जोग आचार्य , न्युयोर्क, फागुन १५ -

    ‘म नेपाली हुँ, नेपाल मेरो घर हो,’ गर्वले छाति फुलाएर भनिन्छ । तर, नेपाल भन्ने देश कता छ? एक विदेशीले यस्तो प्रश्न गर्दा कुन पर्यटन व्यवसायीको मन खिन्न नहोला। फेरि नेपाल चिनाउन गौतमबुद्ध र सगरमाथाको देश भन्नुपर्छ। त्यतिले मात्र नभए चीन र भारतको नाम लिँदै त्यसको बीचमा रहेको ‘हिमालयन कन्ट्री’ भनेर नक्सा देखाउनुपर्छ।

     

  • ओस्कारमा भाग लिन हिडेका सिरियाका सिनेमाटोग्राफरलाई अमेरिका प्रवेशमा रोक

    ओस्कारमा भाग लिन हिडेका सिरियाका सिनेमाटोग्राफरलाई अमेरिका प्रवेशमा रोक न्युयोर्क, फागुन १५ (एजेन्सी) -

    विश्वको चर्चित फिल्म अवार्ड ओस्कार आज राती अमेरिकाको लस एञ्जलसमा आयोजना हुँदैछ। समारोहका लागि मनोनयनमा परेका संसारभरिका चलचित्रकर्मीको लस एञ्जलसमा जाने सिलसिला लगभग समाप्त भइसकेको छ। तर, एकजना सिनेमाटोग्राफर खालिद खतिबले ट्रम्प सरकारको नयाँ नीति अनुरुप अमेरिकामा प्रवेश पाएनन्। 

     

  • सिड्नीमा आइयो, नेपालीपन पाइयो

    सिड्नीमा आइयो, नेपालीपन पाइयो हेमन्त काफ्ले, सिड्नी, फागुन १४ -

    लाग्थ्यो नेपालमा कुनै मेला वा उत्सव चलिरहेछ। ढाका टोपी र चौबन्दी चोली अनि सारीमा सजिएका सयौं अभिभावकको चहलपहलले फरक अनुभूती दिलाएको थियो। कतै दोहोरी त कतै देउडा अनि कही धान नाच त केही असारे भाका चलिरहेको थियो।

  • जेनेभामा अवैध बसोबास गरिरहेका कामदारलाई धमाधम कानूनी मान्यता

    जेनेभामा अवैध बसोबास गरिरहेका कामदारलाई धमाधम कानूनी मान्यता लक्ष्मण देवकोटा, , जेनेभा -

    गोप्य रुपमा जेनेभा कान्तोनले यौटा शाखा नै बनाएर पोहोरदेखि यो काम शुरु गरिएको भए पनि गएको मँगलबार मात्र यसलाई सँचार माध्यमबाट सार्वजानिक गरियो ।  पापीरुस नामको गोप्य कोड दिएर थालिएको यो कार्यक्रमलाई स्वीस सरकारले मान्यता दिएपछि जेनभा कान्तोनले पहिलो लटमा ६ सय अवैध कामदारलाई बि पर्मिट बाँडिएको जेनेभा संघीय प्रदेशका अर्थमन्त्री पिएरे माउदेतले बताए ।

  • धार्मिक र पौराणिक महत्वको पर्ब महाशिबरात्रि

    धार्मिक र पौराणिक महत्वको पर्ब महाशिबरात्रि युवराज पाण्डे -

    शिकारीले  आफुलाई मार्न लागेको देखेपछी  मृगले मधुर  स्वरमा अनुरोध गर्यो - हे शिकारी भाइ! यदि तिमीले मभन्दा पूर्व आएका तीनवटा पोथीमृग र ससाना बच्चालाई मारेका छौ भने मलाई पनि मार.  म  म ती मृगिणीहरूको पति हूँ र   मलाई तिनीहरूको वियोगमा एक क्षण पनि बाँच्न रहर छैन।  यदि तिमीले तिनलाई जीवनदान दिएका छौ भने मलाई पनि केही क्षणका निमित्त जीवन दिने कृपा गर। म तिनीहरूसँग भेट गरी तिम्रासामु उपस्थित हुनेछु।

  • जिल्लामा प्रधानमन्त्री र अमेरिकाको जेलमा जिल्लावासी

    भोला आचार्य, अमेरिका, फागुन १३ -

    मेरो अनुरोध यति मात्र हो कि महोत्सवको उद्घाटनमा जाँदा जनताको जीवनस्तर कसरी माथि उठाउन सकिन्छ भनेर सोच्नुपर्यो र काम  गर्नुपर्यो। पर्यटन र कृषि या अरू कुनै माध्यमबाट जनतालाई स्वावलम्बी कसरी गराउन सकिन्छ भन्नेतिर सोच्नुपर्यो। आशा छ उनले उद्घाटनको क्रममा युद्वको वखान, युगान्तकारी परिवर्तनका पुरानै वाक्य वोलेर भाषण सुनाउने छैनन् । जनताका आधारभूत आवश्यकतामा परिवर्तनको महसुस गराउने खालका योजनाहरू सुनाउनेछन्।

  • बेल्जियममा सफल नेपाली

    बेल्जियममा सफल नेपाली सेतोपाटी संवाददाता, बेल्जियम, फागुन १२ -

    बेल्जियमको अति पर्यटकीय क्षेत्रमा उनको ‘थ्री स्टार होटल नेशनल’  भने अर्को धनिबर्गहरु बसोबास गर्ने रेसिडेन्ट क्षेत्रमा ‘थ्री स्टार होटल फ्लान्दरर्स’ छ । मृदुभाषी र मिजासिलारुपले प्रस्तुत हुने अर्जुनले आफ्ना आलोचकलाई भगवान ठान्दछन् । उनको शब्दमा ‘समाजमा आलोचना हुनु अति आवश्यक छ । तर आलोचना र निन्दा फरक कुरा हुन्, हामी निन्दा र आलोचनाको फरक छुटउन सक्नु पर्दछ  र आलोचना गर्नेले निन्दा र आलोचनाको औचित्य जान्न जरुरी रहेको ठान्दछन्’ ।

     

  • अन्जली लामा पहिलो समलिंगी मोडल

    अन्जली लामा पहिलो समलिंगी मोडल नयाँ दिल्ली, फागुन ११, - सेतोपाटी ग्लोबल -

    भारतको मुम्बईमा आयोजित ‘लक्मे फेसन विक’ मा क्याट वाक तर्फ नेपालकी ३२ वर्षीय अन्जली लामा पहिलो नेपाली समलिड्गी मोडल बन्न सफल भएकी छन्।

    नविन वाईवाको नामबाट छोराको रूपमा उनको जन्म नेपालको नुवाकोटमा भएको थियो। सीएनएनसँगको अन्तरवार्तामा उनले सानो हुँदा महिलाको लुगा लगाउन मन पराउने गरेको र प्राय सवै महिला साथीहरूसँग घुलमिल हुने गरेको बताइन्।

  • अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटिले जारी गरेको नयाँ निर्देशनमा के छ?

    अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटिले जारी गरेको नयाँ निर्देशनमा के छ? सेतोपाटी ग्लोबल, डिसी, फागुन १२ -

    देश निकाला कारबाहीमा तिब्रता ल्याउने भन्दै निर्देशनमा भनिएको छ, ‘कागजात नभएका आप्रवासीले लगातार २ वर्षदेखि आफू अमेरिकामा रहदै आएको प्रमाणित गर्न असफल भए र त्यस्ता आप्रवासीले दिएको जवाफमा अध्यागमन अधिकारी सन्तुष्ट नभए तुरून्तै देश निकाला गरिने जनाएको छ।’ पहिलेको व्यवस्था अनुसार लगातार १४ दिनदेखि अमेरिकामा बसेको प्रमाणित गर्न नसकेमा र सीमादेखि १ सय एयर माईल भित्र भेटिएको खण्डमा देश निकाला गरिन्थ्यो।

  • सरकारी बिजुली छोडेर सौर्य उर्जातिर

    सरकारी बिजुली छोडेर सौर्य उर्जातिर सेतोपाटी ग्लोवल, पोर्चुगल -

    पोर्चुगलको समाजवादी सरकारले घरघरमा आफूले खर्च गरेर बिजुली बाल्न चाहनेहरुलाई कर प्रकृयाको झन्झट हटाइदिएपछि घरमा ठूलो शक्तिको सौर्य प्रविधिको मिसिन जोडेर घरमै बिजुली बाल्ने र घरलाई चाहिने उर्जा घरमै उत्पादन गर्नेहरुको सँख्या ह्वात्तै बढेको छ।

  • स्वीडेनमा कार्यालय समयमा सेक्स -ब्रेक प्रस्ताव

    स्वीडेनमा कार्यालय समयमा सेक्स -ब्रेक प्रस्ताव सेतोपाटी ग्लोबल , ओस्लो ,नर्वे-फागुन ११ -

    स्वीडेनको उतर-पूर्वी क्षेत्रस्थित एक नगरपालिकाले आफ्ना कर्मचारीका लागि कार्यालय समयमा सेक्स -ब्रेक प्रस्ताव गरेको छ।फिनल्याण्डको सीमावर्ती ओभेरतोर्नेओ नगरपालिकामा सोसियाल -डेमोक्र्याट पार्टीका स्थानीय प्रतिनिधि पेर-एरिक मुस्कुसले आफ्ना २ सय भन्दा बढी कर्मचारीका लागि पारिश्रमिक सहित दैनिक १ घण्टा सेक्स - ब्रेक दिनुपर्ने माग दर्ता गराएका छन्।

  • नेपालीहरुले समेत युरोप आउन प्रयोग गर्ने लिबियाको समुद्री किनारमा ७४ लास

    नेपालीहरुले समेत युरोप आउन प्रयोग गर्ने लिबियाको समुद्री किनारमा ७४ लास सेतोपाटी ग्लोवल, जेनेभा -

    सिरिया, इराक लगायत विभिन्न दँगाग्रस्त खाडी मुलुकका नागरिकहरु सुरक्षित जीवनको खोजीमा मानव तस्करहरुलाई मोटो रकम बुझाएर अत्यन्त जोखिमपूर्ण यात्रा गरेर इराक, ग्रिस प्रवेश गर्दछन्। शरणार्थी उच्चायोगले बताए अनुसार पोहोर साल असुरक्षित डुँगामा समुद्र मार्फत यात्रा गर्दा लिवियाको जावियाबाट हिँडेका ५ हजार ७९ मानिसहरु डुबेर मरेका थिए। मर्नेहरुको तथ्याँक कहिल्यै पूर्ण सत्य नहुने र सयौँ मानिसहरु अकालमा समुद्रमा मर्दछन् भनी आयोगको वक्तव्यमै बताइएको छ।

  • राष्ट्रपतिले 'स्वीडेनमा आतंककारी हमला' भनेपछि दूतावासद्वारा ह्वाइट हाउससँग स्पस्टिकरण

    राष्ट्रपतिले 'स्वीडेनमा आतंककारी हमला' भनेपछि दूतावासद्वारा ह्वाइट हाउससँग स्पस्टिकरण सेतोपाटी ग्लोवल -

    उनले भाषणमा अगाडि बताएका थिए 'स्वीडेनमा हिजो साझ के भयो?' स्वीडेनमा कुनै घटना नै नभएको बिषयलाइ ट्रम्ले घटना बनाइदिएपछि उनको सामाजिक संजालमा बढी आलोचना हुन थालेको थियो। राष्ट्रपतिको त्यो भनाइले स्वीडेनमा ठुलो द्विविधा र हल्लीखल्ली मच्चियो। त्यस लगत्तै  स्वीडेनको सुरक्षा निकायले 'शुक्रबार साँझ स्वीडेन मा कुनै पनि त्यस्तो घटना नघटेको' स्पष्टिकरण दिन परेको थियो।

  • मेरिल्याण्डमा भव्य नेपाली हिन्दु-बौद्ध मन्दिर बन्दै

    मेरिल्याण्डमा भव्य नेपाली हिन्दु-बौद्ध मन्दिर बन्दै विष्णु शर्मा , बाल्टिमाेर -

    'परदेशमा वस्न थालेको वर्षौ भयो। म मेरा सन्तानलाई आफ्नो संस्कृतिप्रति जागरुक बनाउन चाहन्छु। मेरा छोराछोरीलाई सातामा एक दिन हुने विदामा धार्मिक आस्थाका केन्द्र मन्दिर लान पाउँदा खुशी महसुस गर्छु। नेपाली भएकाले आफ्ना सन्ततीलाई नेपाली भाषा, कला संस्कृति र समाजिक जीवनको महत्व र यसका बारे थाहा दिनु मेरो कर्तव्य पनि हो। मानिस जहाँ रहेपनि आफ्ना समाजिक मूल्य मान्यता र धार्मिक विश्वासलाई सुदृढ बनाउन सहयोग पु¥याउनु पर्छ र दायित्व हो भन्ने लाग्छ।’

  • एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा हुने

    एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा हुने सेताेपाटी ग्लाेबल -

    आगामी मार्च १८ र १९ मा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा आयोजना हुने भएको छ। सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्रि प्रकाश शरण महतले गर्ने भएका छन् । क्वालालाम्पुरस्थित होटेल ग्राण्डमा हुने यस कार्यक्रममा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका सबै राष्ट्रहरुले प्रतिबेदन प्रस्तुत गर्ने भएका छन्।

  • अष्ट्रेलियको सपिङ मलमा विमान दुर्घटनाग्रस्त, ५ को मृत्यु (भिडियोसहित)

    अष्ट्रेलियको सपिङ मलमा विमान दुर्घटनाग्रस्त, ५ को मृत्यु (भिडियोसहित) मेलवर्न, फागुन १० (एजेन्सी) -

    अष्ट्रेलियाको मेलवर्नमा हवाईजहाज सपिङ मलमा ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। विमानस्थलबाट उडेको केहीबेरमै चार्टर गरिएको उक्त विमान मेलवर्नको एउटा सपिङ सेन्टरमा ठोक्किएको  अन्तर्राष्टरिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

     

  • जर्मनी शक्तिशाली राहदानी भएको देश

    जर्मनी शक्तिशाली राहदानी भएको देश टेक बहादुर गिरी, ओस्लो, नर्वे -फागुन १० -

    पासपोर्टको बर्गिकरण गर्दै आएको संस्था पासइन्डेक्सले विश्वका कति राष्ट्रहरू बिना भिसा भ्रमण गर्न पाइने र अन अराइभल (आगमन)पछि विमानस्थल मै भिसा जारि गरिने लगायतको आधिकारिक श्रोतको आधारमा २०१७ बिभिन्न १ सय ९९ वटा देशको पासपोर्ट बर्गिकरण गरेको हो।

     

  • अमेरिका कठीन भएपछि अष्ट्रेलियामा नेपाली विद्यार्थी ओइरिए, अवसर र चुनौती बराबर

    अमेरिका कठीन भएपछि अष्ट्रेलियामा नेपाली विद्यार्थी ओइरिए, अवसर र चुनौती बराबर हेमन्त काफ्ले, सिड्नी, फागुन १० -

    उच्च अध्यनको आकर्षक केन्द्र हो अस्ट्रेलिया । राष्ट्रपति ट्रम्पले अमेरिकामा रेड कार्ड देखाउन थालेपछि नेपाली मात्र होइन दक्षिण एसियानै अहिले अस्ट्रेलियातिर सोझिएको छ। गतिलो शैक्षिक गन्तब्य र कमाउ थलोको रुपमा परिचित बनेको अस्ट्रेलियामा विद्यार्थीको ओइरो लाग्न थालेपछि यँहाका शैक्षिक परामर्श केन्द्रसँगै कलेजहरुको चहल पहल पनि बढेको छ।

     

  • 'गोर्खा दक्षिणवाहु' पाएका नेपाली सेनाका धावक पोर्चुगलमा

    'गोर्खा दक्षिणवाहु' पाएका नेपाली सेनाका धावक पोर्चुगलमा रमेश राज बास्तोला -

    हंकंङ्ग, मलेसीया, फ्रान्स जस्ता मुलुकमा सहभागीता जनाए। कहिवाट खाली हात फर्कन परेन। नेपाल सरकारले समेत २०६९ मा गोरखा दक्षीणवाहु तेस्रो वाट सम्मानित गर्यो। 'मैले नेपालमा सब थोक पाए। तर मेरो र मेरा परिवारको आर्थिक सुरक्षा देखिन।' गएको वर्ष नेपाली सेनाको हवल्दार पदवाट राजीनाम दिएर युरोप पुगेका तामाङ अहिले पिआर बनाउन पोर्चुगल पुगेका छन्।

  • म नेपाली हुँ, गोर्खाली होइन

    म नेपाली हुँ, गोर्खाली होइन वसन्त आचार्य -

    अहिले पनि विर गोर्खा भनेर बेलायत र भारतले लडेका लडाईमा फ्रन्ट लाईनमा नेपाली मूलका सेनालाई खटाईन्छ। र, उक्त युद्दमा मारिने पनि उनिहरु नै बढी छन्। कुनै बेला खुकुरीको भरमा युद्द जितेको बिर गोखालीको त्यो ईतिहास अहिले अत्याधुनिक हतियारका सामु त्यतिकै गर्भिलो छ। सोचे आर्थिक विपन्नताका कारण युवाहरु विदेसि सेनामा भर्ति भईरहेका छन्। अन्य देशका लडाईमा प्रयोग भई रहेका छन्।

  • स्वेडेनद्वारा अमेरिकी राष्ट्रपतिको आलोचना

    स्वेडेनद्वारा अमेरिकी राष्ट्रपतिको आलोचना सेतोपाटी ग्लोबल -

    जवाफमा व्हाइट हाउसले भनेको छ ’राष्ट्रपति ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरुलाई कुनै एउटा बिशेष घटनाको बारेमा चर्चा गरेका हैनन्।‘ उता, राष्ट्रपति ट्रम्पले आफै ट्वीट गर्दै आफुले स्वेडेनमा बढदो अपराधका बारेमा फक्स न्यूजको एक रिपोर्टको आधारमा चर्चा गरेको जनाएका छन।

  • साथीहरुले 'नेपाल सक्कियो' भन्छन, म नेपालमा सुनौला सपना मात्र देख्छु

    साथीहरुले 'नेपाल सक्कियो' भन्छन, म नेपालमा सुनौला सपना मात्र देख्छु रोसन घिमिरे -

    १० वर्ष पहिला पनि मैले चिनेको धेरै जना नेताहरु र फोहोरी राजनीतिुलाई नेपालको दुर्गतिको लागि जिम्मेबार मान्थे र त्यो मानसिकता मैले अझै कायमनै रहेको पाए। हामी नेपालीमा एउटा कमजोरी छ, नराम्रो कुरामा जोड दिने, र तेसको वरिपरीको सकारात्मक कुराहरु नदेख्ने।

  • स्वास्थ्यक्षेत्र विकास, विकृति र प्राविधिक नियमन

    स्वास्थ्यक्षेत्र विकास, विकृति र प्राविधिक नियमन नानिराम पोखरेल पूर्वप्राध्यापक, त्रिभुवन विश्वविद्यालय -

    आवश्यकता महसुस भएकोखण्डमा सिकेको अनुभवहरुलाई आफ्नो जन्मभूमिको स्वास्थ्यसेवाको विस्तार अनि विकासलाई प्रविधियुक्त नियमक संरचनाद्वारा व्यवसायिक हित र जनउत्तरदायि बनाउने कार्यका लागि निःशुल्क सेवा अर्पणगर्न सदैव तयार छ । हाम्रोजस्तो गरीब अनि भौगोलिक विकटता भएको मुलुकको स्वास्थ्यसेवाक्षेत्रलाई समग्ररुपमा एकैचोटी प्रविधिमा पु¥याउन निकै कठिन छ र पनि असम्भव भने छैन।

     

  • यसरी भएको थियो किम जोङ नाममाथि मलेसियामा आक्रमण (भिडियो-सहित)

    यसरी भएको थियो किम जोङ नाममाथि मलेसियामा आक्रमण (भिडियो-सहित)

    जापानी टेलिभिजन फुजी लाई प्राप्त भएको एक सुरक्षा क्यामेरा भिडियो फुटेजले केही धमिलो दखिए पनि यसमा क्वालालम्पुर विमानस्थलमा बजेट टर्मिनलको टिकट काउन्टरमा किम उभिएका र फरक फरक दिशाबाट दुई महिलाहरु उनीतर्फ आएको तथा तीमध्ये एक उनको पछाडि आएको र केही सेकेन्डसम्म उनको मुखमा केही रगडेको देखिएको छ।

     

  • बाऊआमा लिएर जानेलाई छुट दिने रेस्टुरेन्ट

    बाऊआमा लिएर जानेलाई छुट दिने रेस्टुरेन्ट सेतोपाटी ग्लोवल -

    बाऊआमासंग छोराछोरीको सम्बन्ध नजिक बनाउन सघाउ पुगोस र आफ्नो बेपार पनि चम्कियोस भन्ने सोचेर इटालीको पादुवा शहरका आन्तोनिओ फेरारीले नयाँ रेस्टुरेन्ट खोलेका छन्। फेरारिको रेस्टुरेन्टमा बाऊआमा लिएर जाने छोराछोरीलाई ५ प्रतिशत छुट दिने गरिएको छ।