विशेष

Search news by date range:

  • मत गणना किन ढिलासुस्ती?

    मत गणना किन ढिलासुस्ती? पृथीछक बुढा मगर -

    दुनियाँ कहाँ देखि कहाँ पुगिसक्यो। यस्तो लाग्छ, हाम्रो देश एउटा छुट्टै निर्जन दुनियाँ हो जसलाई बिज्ञानको गतिले छोईसकेको छैन मानौ। यान्त्रिक युगको शुरूवात भईसककेको छ तर नेपाली समाज अझै यन्त्रलाई मानविय सहयोगकोलागि उपयोग गर्न सकेको छैन। यसलाई बिडम्वना भन्नू पर्छ। अहिले ठुल्ठुला जनसंख्या भएका महानगरहरुमा कुल जनसंख्याको २५ प्रतिशत मत पनि गणना भईसकेको छैन। यी शहरहरु अन्य अल्पबिकशित गाउँहरु जस्तो होइन। कम्तिमा पनि यी शहरहरुमा इभोटिङ सिस्टम अभ्यास गर्न सकेको भए ब्यबहारिक हुने थियो तर नेपाल सरकार र निर्वाचन आयोगले यसवारे ध्यान दिएको छैन। इभोटिङ सिस्टम लागू गरेको भए मत बदर हुने संभावना पनि हुँदैन। अहिले हजारौं हजार मतहरु बदर भएको अबस्था छ।

  • मेरो कलमको कथा

    मेरो कलमको कथा प्रमोद अमात्य -

    विश्वका महान वैज्ञानिक अल्बर्ट आइनस्टाइनले जर्मन पेलीकन १०० एन कलम चलाउँथे रे। उनले आफ्नो संसार प्रसिद्ध सापेक्षवादको सिद्धान्त पनि यही कलमले लेखेका त हैनन्, जान्न मन छ। विश्व प्रसिद्ध अमेरिकी साहित्यकार मार्क ट्वेन भने कन्कलिन क्रेसेन्ट फिलर कलमले लेख्थे। अझ उनी कन्कलिन पेन कम्पनीका आधिकारिक प्रवक्ता समेत थिए। उनले भन्ने गर्दथे कि उनलाई यो कलम टेबलमा गुड्केर नजाने भएर मन पर्छ। हाम्रा साहित्यकारको कुरा गर्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई कान्छी औला जत्रो शिसाकलम भएपनि लेख्न पुग्थ्यो रे। प्रसिद्ध निबन्धकार शंकर लामिछानेले आफ्नो निबन्धमा यसबारे जिकिर गरेका छन्। उनलाई मुना मदन, लक्ष्मी निबन्ध सँग्रह र अन्य कालजयी महान कृति सिर्जना गर्न न मोब्लाँ, न वाटरम्यान न त कुनै अन्य विलासी कलम चाहियो। न उनले ठीक्कैको पार्कर वा शेफर पेन नै चलाए होलान।

  • जब न्युयोर्क नेपालमय भयो...

    जब न्युयोर्क नेपालमय भयो... सन्जोग आचार्य, न्युयोर्क -

    बुद्ध जयन्ती र गणतन्त्र दिवसको अबसरमा न्युयोर्कमा आयोजना गरिएको नेपाल डे परेडमा हजारौंको संख्यामा नेपालीको उत्साहप्रद सहभागिताले न्युयोर्कमा ‘मिनी नेपाल’ को परिकल्पना गर्न थालएको छ। नेपाल डे परेडमा स्वस्फूर्त रुपमा उपस्थित नेपाली समुदाय, संघ संस्थाले आइतवार अमेरिकामा नेपालीको शिर सगरमाथाजस्तै उच्च बनाएका छन्। नेपाली समुदाय राष्ट्रिय झण्डासहित उपस्थित भई ‘वल्र्ड क्यापिटल’ न्युयोर्कको म्यानह्याटनलाई नेपालमय बनाइदिएका थिए। राष्ट्रिय पोशाक, झण्डा, झाँकीसहित उपस्थित भई नेपालीले नेपालको धार्मिक, सास्कृति र पर्यटकीय महत्वलाई उजागर गरिरहेका थिए । म्यानह्याटनको मेडिसन एभिन्यूमा हजारौं नेपाली उर्लिएको देखेर न्युयोर्क घुम्न आएका पर्यटक र म्यानह्याटवासी पनि अचम्मित भएका थिए। निकै लामो र ठूलो र्यालीको कारण न्युयोर्कमा ट्राफिक ब्यबस्थापनमा कठिनाई भइरहेको थियो। तर, पनि न्युयोर्क प्रहरीले ब्यबस्थित ढंगले ट्राफिक ब्यबस्थापन र सुरक्षा प्रदान गरेको थियो। म्यानह्याटनको म्याडिशन एभिन्यूमा सवारी साधन प्रवेशमा रोक लगाइएको थियो।

  • सगुनका संस्थापक गिरी भन्छन् -सन् २०१८ सम्म कुल मूल्यांकन १ बिलियन डलर पुर्‍याउँछौ

    सगुनका संस्थापक गिरी भन्छन् -सन् २०१८ सम्म कुल मूल्यांकन १ बिलियन डलर पुर्‍याउँछौ किशन गौतम, सोल, जेठ ९ -

    सामाजिक सञ्जाल सगुनका संस्थापक गोविन्द गिरीको प्रत्यक्ष उपस्थितिमा  दक्षिण कोरियाका रहेका लगानीकर्तासँग वृहत अन्तरक्रिया भएको छ। गत मार्च ३० तारिखदेखि बन्द गरिएको पहिलो चरणको सेयर लगानीमा कोरियामा रहेका नेपाली संख्यात्मक हिसाबले विश्वकै दोस्रो स्थानमा रहेको भन्दै सेयर लागानीकर्तासँग प्रत्यक्ष भेटघाट तथा छलफलको लागि संस्थापक गिरी लागयतको टोली अस्ट्रेलिया, लन्डनहुँदै शनिबार दक्षिण कोरिया आइपुगेको हो।

     

  • म्यानचेस्टर आतंकवादी हमलामा २२ को  मृत्यु, दर्जनौ घाईते, नेपाली सुरक्षित

    म्यानचेस्टर आतंकवादी हमलामा २२ को  मृत्यु, दर्जनौ घाईते, नेपाली सुरक्षित फडिन्द्र भट्टराई, लन्डन, जेठ ९ -

    बेलायतको म्यानचेस्टरमा गए राति भएको आतंकवादी हमालामा २२ जनाको मृत्यु भएको छ। अमेरिकन गायक एरियाना ग्राण्डको सांगीतिक प्रस्तुती सकिएलगत्तै कन्सर्टबाट बाहिरिने क्रममा भएको आत्मघाति हमलामा दर्जनौ घाईते भएका छन्।

     

  • नेपालबारे दिल्लीमा कविता महोत्सव

    नेपालबारे दिल्लीमा कविता महोत्सव नयाँदिल्ली, जेठ ९ -

    यहाँस्थित साउथ एशियन युनिभर्सिटीको आयोजनामा ‘दक्षिण एशियामा नेपाल’ विषयक कविता महोत्सव आइतबार सम्पन्न भएको छ। विश्वविद्यालयको सामाजिक विज्ञान अनुसन्धान परियोजनाले आयोजना गरेको एकदिवसीय महोत्सवमा सहभागीताका निम्ति संगीत नाट्य एकेडेमीका कुलपति एवं कवि सरुभक्त र प्राध्यापक एवं लेखक अभि सुवेदी नयाँदिल्ली पुगेका थिए। 

     

  • नेपाली चलचित्र 'बनाउने' भन्दापनि 'देखाउने' परम्पराबाट अगाडी बढेको हो - नविन सुब्बा, चलचित्र निर्देशक

    नेपाली चलचित्र 'बनाउने' भन्दापनि 'देखाउने' परम्पराबाट अगाडी बढेको हो - नविन सुब्बा, चलचित्र निर्देशक सेताेपाटी ग्लाेबल -

    नेपाली चलचित्रमा अझै मौलिकताको निखार आउन बाँकि रहेको निर्देशक नविन सुब्बाले बताएका छन्। शनिबार अमेरिकाको मेरिल्याण्डमा आयोजित नेपाली चलचित्रमा मौलिकता बिषयक एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै चलचित्र निर्देशक नविन सुब्बाले उक्त कुरा बताएका हुन्। नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा भएको उक्त कार्यक्रममा प्रथम नेपाल अमेरिका फिल्म महोत्सवमा सहयोग पुर्याउने स्वयं सेवकहरुलाई प्रसंसा पत्र बितरण पनि गरिएको थियो। नेपाली चलचित्रको बिकास र प्रभाव बारेमा आफ्नो प्रस्तुति दिदै सुब्बाले भने ‘हाम्रो चलचित्रको सुरुवात बनाउने भन्दापनि देखाउने बाट सुरु भएकोले दर्शक देखि चलचित्रकर्मिहरु बाह्य प्रभावमा परेका कारण सुरुवाति दिनहरुमा खास नेपाली मौलिकता अलमलमा परेको थियो।’ बिशेषत हिन्दी सिनेमाहरु देखाएर सुरु भएको हाम्रो चलचित्र क्षेत्र त्यसैको प्रभावमा लामो समय बिताउन बाध्य थियो।

  • नेपालका समिरले जिते अस्ट्रेलियाको अल्टाट्रेल उपाधि

    नेपालका समिरले जिते अस्ट्रेलियाको अल्टाट्रेल उपाधि हेमन्त काफ्ले, सिड्नी, जेठ ८ -

    समिरले आफ्ना निकतम् प्रतिद्वन्द्वी स्टुवार्ट गिब्सनलाई मात्र दश सेकेन्डले पछि पार्दै उपाधि नेपालको पोल्टामा पारेका हुन्। समिरले सो दुरी चार घन्टा सात मिनेट ९ सकेन्डमा पुरा गरेका थिए भने गिब्सनले भने चार घन्टा सात मिनेट १९ सेकेन्डमा पार गर्दै दोस्रो स्थान हात पारेका थिए।

     

  • दीपेन्द्रको लभ लभ लभ  सीड्नीमा

    दीपेन्द्रको लभ लभ लभ  सीड्नीमा सेतोपाटी संवाददाता, सिड्नी, जेठ ८ -

    निर्देशक दीपेन्द्र के खनालको चलचित्र लभ लभ लभ सिड्नीबासी नेपालीहरूमाझ प्रदर्शन भएको छ। सिड्नीको बरउडमा रहेको ईभेन्ट सिनेमामा चलचित्र प्रदर्शनी गरिएको हो। चलचित्रको प्रदर्शनका लागि नेपालबाट  यतिबेला यसै चलचित्रका निर्देशक दीपेन्द्र के खनाल र नायक सुरज पाण्डे  सिड्नी आईपुगेका छन्। सिड्नीमा यो चलचित्रलाई मनोज अधिकारी र सन्तोष अधिकारीले प्रर्दशनीको चाँजोपाँजो मिलाएका हुन्।

     

  • क्याक्टसको झाडी झैं भएको छ मान्छे

    क्याक्टसको झाडी झैं भएको छ मान्छे डा. नम्रता पाण्डे -

    राष्ट्र र मुलुकलाई झन भन्दा झन अन्यौलता र गरिबीमा धकेल्ने जिम्मेवारी तिनैलाई जान्छ जसले आफ्नो जीवन नै दुइ कौडीको कोडा -कचेरामा राष्ट्रको सार्वभौम माथि खेलबाड गरेका छन्। क्याक्टसका झाडी हुन् तिनीहरु जसलाई टाढाबाट देख्दा राम्रो लाग्छ तर नजिक जादा छोए काँडा बिझ्छ ,न छुन सकिन्छ, न भित्र सजाउन सकिन्छ।

  • यम बुद्धको जन्द दिनमा अष्ट्रेलियामा सांगीतिक कार्यक्रम

    यम बुद्धको जन्द दिनमा अष्ट्रेलियामा सांगीतिक कार्यक्रम सेतोपाटी संवाददाता, सिड्नी, जेठ ७ -

    नेपाल रिपोर्ट्सको आयोजनामा मे ३० तारिक यम बुद्धको जन्म दिनको अवसर पारेर सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ कार्यक्रम गरिन लागेको हो । कार्यक्रममा दिवंगत र्‍यापर यमबुद्धलाई विभिन्न गायक तथा र्‍यापरले सांगीतिक श्रद्धाञ्जली अर्पण गर्ने भएका छन् । 

     

  • अस्ट्रेलिया भनेर मख्ख नपर्नुहोस्

    अस्ट्रेलिया भनेर मख्ख नपर्नुहोस् कोम खत्री -

    दुःख छ तर दुःख खपेर, सहेर एकदिन सुख पाउने चाहनाका साथ आएका विद्यार्थीहरूले आज सफलता पाएका अनेकौं कथाहरू पनि छन् । जति पनि आज समाजमा सफल भएर उभिएका छन् तिनले पनि शुरुवाती दिनमा त्यस्तै दुःख भोगेका थिए । फरक त मात्र मानसिक इच्छाशक्ति र दृढ संकल्पले पारेको हो। विस्तृतमा

     

     

  • कोरियाको अध्यागमन विभागद्वारा भिसाका केही नियम परिवर्तन

    कोरियाको अध्यागमन विभागद्वारा भिसाका केही नियम परिवर्तन सोल, जेठ ७ (सेतोपाटी) -

    यही मे २७ तारिख देखि लागू हुनेगरी कोरियाको अध्यागमन विभागले भिसाका केही नियम परिवर्तन गरेको छ।परिबर्तित नियमानुसार प्रवासी मजदुरले बोनस भिसा आफ्नो भिसा अबधि समाप्त हुनुभन्दा ४ महिना अगाडि नै थप्न पाउने भएका छन्। यसभन्दा पहिला २ महिना अगाडि  मात्र थप्न पाउने नियम थियो।

     

  • अन्तर्राष्ट्रिय खेलकालागि नेपाली राष्ट्रिय भलिबल टाेली कोपन्हेगनमा

    अन्तर्राष्ट्रिय खेलकालागि नेपाली राष्ट्रिय भलिबल टाेली कोपन्हेगनमा प्रकाश सापकोटा, डेनमार्क -

    नेपाली राष्ट्रिय भलिबल टिम डेनमार्कको कोपन्हेगन आइपुगेको छ। नेपाल-डेनमार्क कुटनीतिक सम्बन्धको पचास वर्ष पुगेको सुवर्ण अवसर तथा ‘नेपाल भ्रमण वर्ष २०१८’ को प्रवर्द्धनकालागि पहिलो पटक नेपाल र डेनमार्क बीच हुन लागेको मैत्रीपूर्ण भलिबल खेल खेल्न सो टोली शुक्रबार साँझ टर्किस एयरलाइन्सबाट कोपन्हेगन उत्रिएका हो। कोपन्हेगनको क्यास्त्रूप बिमानस्थलमा डेनमार्क स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु तथा नेपाली समुदायले नेपालबाट आएका खेलाडी र प्रतिनिधिहरुलाई स्वागत गरेका थिए।

  • सदगुरू, एक जीवित बुद्ध पुरुषसँगको सेतोपाटी सम्बाद!

    सदगुरू, एक जीवित बुद्ध पुरुषसँगको सेतोपाटी सम्बाद! सेतोपाटी संवाददाता -

    संसार भर योग र ध्यानका माध्यमले लाखौ मानिसहरूको जीवनमा प्रभाव पार्न सफल एक जीवित बुद्ध पुरुष हुन् सदगुरू। भारतको कर्नाटकस्थित मैसुर सहरमा जन्मिएका जग्गी वासुदेवलाई विश्वले सदगुरूका नामले चिन्दछ। दुनियाँ भरीका सबैखाले सञ्चार माध्यममा अन्तर्वार्ता दिएका सदगुरु सँग हालसम्म कुनै पनि नेपाली अनलाइन मिडियाले अन्तर्वार्ता गर्ने अवसर प्राप्त गरेका थिएनन्।

     

  • न्यूयोर्कको टाइम स्क्वायरमा पर्यटकहरुको भिडमा कारद्वारा आक्रमणः एकको मृत्यु, २२ घाइते

    न्यूयोर्कको टाइम स्क्वायरमा पर्यटकहरुको भिडमा कारद्वारा आक्रमणः एकको मृत्यु, २२ घाइते सेताेपाटी ग्लाेबल -

    अमेरिकाको न्यूयोर्क शहर स्थित टाइम स्क्वायरमा बुधबार अपरान्ह एक चालकले पर्यटकहरुको भिडमा कार कुदाउँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृत्यु हुनेमा महिला भएको न्युयोर्क प्रहरिले जनाएको छ। न्यूयोर्क शहरको फायर डिपार्टमेन्टका अनुसार २६ बर्षिय कार चालकले पर्यटकहरु हिडिरहेको पेटिमा कार चडाएर यो दुर्घटना गराएको थियो। कार चालक अमेरिकन नागरिक भएको र अमेरिकी नौसेना भेट्रान भएको प्रहरिले जनाएको छ। कार चालकलाई प्रहरिले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।

  • नेदरल्याण्डका राजाले २१ वर्षदेखि गोप्य रूपमा पाइलटको रुपमा काम गर्ने गरेको खुलासा

    नेदरल्याण्डका राजाले २१ वर्षदेखि गोप्य रूपमा पाइलटको रुपमा काम गर्ने गरेको खुलासा नेदरल्याण्ड, जेठ ४ (एजेन्सी) -

    नेदरल्याण्डका राजा विलेम अलेक्जेन्डरले एक विमान कम्पनीमा पाइलटका रुपमा काम गर्नेगरेको खुलासा भएको छ l  विगत २१ वर्षदेखि उनले डच एयरलाइन ‘केएलएम’ का छोटा दुरीका उडानहरुमा सह-पाइलटको रुपमा काम गर्ने गरेका थिए।

     

  • एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरूको सार्वजनिक बहस कतिको सान्दर्भिक?

    एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरूको सार्वजनिक बहस कतिको सान्दर्भिक? मोहनराज बराल -

    अमेरिकामा सन १९६० सेप्टेम्बर २६ मा पहिलो पटक डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदार जोन एफ. केनेडी र  रिपब्लिक पार्टीका  रिचर्ड निक्सन बिच शिकागो शहरमा सार्वजनिक बहसको कार्यक्रम भएको थियो। जुन डिवेट चार राउण्डसम्म चलेको थियो। संसारको सबै भन्दा ठुलो प्रजातांत्रिक मुलुकमा यसरी राष्ट्रपतिय चुनावमा चल्दै आएको बहस सन २०१६ को राष्ट्रपतिय चुनावसम्ममा आईपुग्दा तिन राउण्डसम्म पुगेको देखिन्छ। सायद यसैको सिको गर्दै एनआरएनए एनसीसी अध्यक्ष पदका प्रत्यासीहरुको बहस कार्यक्रम चलिरहेको छ। वास्तवमा अति नै सह्रानिय कदम हो। तर यसरी सिको गरिरहदा यो समय सान्दर्भिक छ कि छैन? बास्तवमा यसको विश्लेषण गर्न जरूरी हुन्छ। विभिन्न पत्रकारहरूको संघ संस्थाहरू एवम गैर सरकारी सामाजिक संस्थाहरुको आयोजनमा गत अप्रिल देखि शुरू भएको डिबेट कति श्रृंखलासम्म पुग्ने हो कसैलाई थाहा छैन। विभिन्न अनलाईन मिडिया एवम सामाजिक संजालहरू नियाल्दा आगामी दिन डिबेट हुदैछ भनेर खबरहरू पढन पाईन्छ। वास्तवमा चुनाव हुने कहिले थाहा नै छैन तर डिबेट गरिहाल्नु पर्ने हतारो। वास्तवमा यो लाजलाग्दो दृश्य हो।

  • यस्तो भयो मर्दस डे

    यस्तो भयो मर्दस डे – सुधिरा शाह, सिड्नी, जेठ २ -

    अष्ट्रेलियामा आइतबार मर्दस डे (आमा दिवश) परेकोले प्रायस छोराछोरीहरु फूल किन्न, उपहार किन्न, मनपर्ने रेष्टुरेन्टमा आमालाई लग्न सबैजना व्यस्त भए तर सिड्नीको ग्र्यानभील स्टेशनको नजीकै सानो हलमा नेपाली आमाहरुले नयॉ अठोटका साथमा मर्दस डे मनाई रहेका थिए ।

     

  • जापानमा नेपालीहरुको स्वास्थ्य समस्या र पहुँच सम्बन्धि प्रतिवेदन सार्वजनिक

    जापानमा नेपालीहरुको स्वास्थ्य समस्या र पहुँच सम्बन्धि प्रतिवेदन सार्वजनिक सेताेपाटी ग्लाेबल -

    जापानमा नेपालीहरुको स्वास्थ्य समस्या र पहुँच विषयक प्रतिवेदन सार्वजनिक भएको छ। जापानमा पछिल्लो समयमा नेपाली माझ विविध  स्वास्थ्य समस्या, अकाल निधन र आत्महत्या जस्ता घटना बढी रहेको छ। यसै परिप्रेक्षमा गैर आवासीय   नेपाली संघ, जापानले डा.विजय ज्ञवालीको संयोजकत्वमा स्वास्थ्य समस्या तथा पहुँच सम्बन्धि अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले गत मे १३ का दिन  गैर आवासीय  नेपाली संघ,जापानका अध्यक्ष सुदन थापालाइ आफनो प्रतिवेदन  बुझाएको छ। अध्ययन समितिमा डा. प्रकाश शाक्य, डा. सन्दिप शाक्य, डा. दिपेन्द्र गौतम, डा . लक्ष्मी प्रसाद पराजुली, टाशी लामा, आनन्द कोइराला, बुद्दि घिमिरे र जनक बिक्रम शाही सम्मेलित थिए। अध्ययनको क्रममा सर्वसाधारण तर्फ ३५३ जना र ३३ वटा संस्थाले सहभागिता जनाएका थिए ्र त्यस बाहेक स्वास्थ्य भाषा अनुवादक, हेल्थ कोअर्डिनेटर, विषय विज्ञहरु सित पनि अन्तरवार्ता  गरिएको थियो। चौबिस पेज लामो प्रतिवेदनमा अध्ययन समितिले ७ बुंदे निष्कर्ष निकालेको छ र जसको आधारमा १० बुंदाको सुझाव तयार गरेको छ।

  • नेपालको पर्यटन प्रबद्र्धन गर्न न्युयोर्कमा साइकल रयाली गरीने

    नेपालको पर्यटन प्रबद्र्धन गर्न न्युयोर्कमा साइकल रयाली गरीने सन्जोग आचार्य -

    विनाशकारी भूकम्पपछि नेपाल घुम्न आउने अमेरिकी पर्यटकको संख्या तुलानात्मक रुपले बढ्न नसकिरहेको अबस्थामा न्युयोर्कमा नेपालको पर्यटन प्रबद्र्धन लागि विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली महाबाणिज्य दुतावास र अवैतनिक पर्यटनदुतको कार्यालयले अर्थतन्त्रको प्रमुख श्रोतको रुपमा रहेको नेपालको पर्यटन प्रबद्र्धन गर्न न्युयोर्कको मुटु म्यानह्याटनमा ‘राईड फर नेपाल’ नामक विशाल साइकल र्याली गर्न लागेको हो। नेपालको ऐतिहासिक, पुरातात्विक, प्राकृतिक सम्पदा एवं मौलिक संस्कृतिको ब्यानरसहित न्युयोर्कमा साइकल र्याली हुनेछ।

  • बोस्टनमा पशुपति र बुद्ध मन्दिर बनाउने महत्वकाँक्षी योजना

    बोस्टनमा पशुपति र बुद्ध मन्दिर बनाउने महत्वकाँक्षी योजना मनोज अधिकारी/दिनेश कार्की, बोस्टन (अमेरिका), जेठ १ - बोस्टनमा पशुपतिनाथको मन्दिर र बौद्ध स्तुपासहित नेपालीको सामुदायिक भवन बनाउने महत्वकांक्षी योजना अघि सारिएको छ। अहिलेसम्मको तयारी, बजेट संकलनको अवस्था र यहाँको कानूनी जटिलताका कारण यो योजना सजिलै पुरा हुनेमा भने धेरैको शंका छ। पशुपतिनाथ बुद्ध फाउण्डेश...

  • किन नेपालीको पहिलो रोजाइ बन्यो अस्ट्रेलिया?

    किन नेपालीको पहिलो रोजाइ बन्यो अस्ट्रेलिया? बालचन्द्र भट्टराई -

    हरेक विद्यार्थीहरूले आउनु अघि भने एक पटक अस्ट्रेलियाको बिषयमा र यहाँको यथास्थितिको बारेमा भने जानकार हुनु अत्यन्तै आवश्यक छ । हामी बिदेश भन्ने बित्तीकै फरक अनि अलग मानसिकता बोक्ने गर्छौ । बास्तबमै अस्ट्रेलिया पनि मिहिनेत र परिश्रमीका लागि उर्बर भूमि हो।

  • सन्तोष र प्रकृति एशियन च्याम्पियनशिपमा

    सन्तोष र प्रकृति एशियन च्याम्पियनशिपमा सिड्नी, जेठ (सेतोपाटी) -

    मंगोलियामा यसै साता आयोजना हुन लागेको ५१ औं एशियन एएफबीएफ नेचुरल बडिबिल्डीङ प्रतियोगितामा भाग लिन अस्ट्रेलियाबाट महिला बडिबिल्डर प्रकृति श्रेष्ठ र प्रशिक्षक सन्तोष श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेका छन्।

     

  • बेलायतमा नेपाली भाषा कक्षाहरु प्रभावकारी बन्दै

    बेलायतमा नेपाली भाषा कक्षाहरु प्रभावकारी बन्दै फडिन्द्र भट्टराई, लन्डन -

    हाल झन्डै तीन दर्जन बिद्यार्थीले नेपाली पढिरहेको लर्न नेपाली प्रोग्रामकी शिक्षिका मंजु खरेल भण्डारीका अनुसार नेपाली कक्षामा उनीहरुलाई नेपाली भाषा मात्र नभएर सिंगो नेपालको परिचय, संस्कृती र परम्परा समेत प्रतिविम्बित गराउने  ढंगले पठन पाठन गराईन्छ। 'फलत आजको कार्यक्रममा उनीहरु आफै सांस्कृतिक प्रस्तुती दिन उत्प्रेरित भएका हुन', शिक्षिका मंजु  भन्छिन। उक्त नेपाली कक्षामा हाल मंजु संगै  शिक्षिकाको रुपमा रत्ना शाही र स्वयंसेवी साहायकको रुपमा लक्ष्मी पाण्डे रहेका छन।

  • उत्तर कोरियाद्वारा कोरिया पुनः अर्को ब्यालेस्टिक मिसाइल परीक्षण

    उत्तर कोरियाद्वारा कोरिया पुनः अर्को ब्यालेस्टिक मिसाइल परीक्षण किसन गौतम, सोल, वैशाख ३१ -

    उत्तर कोरियाले आज बिहान ५ बजेर २७ मिनेट जाँदा पुनः अर्को लामो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ।

    उक्त मिसाइल ७ सय किलोमिटरको दूरी पार गरि चीन र दक्षिण कोरियाको सीमा नजिकै समुद्रमा खसेको उत्तर कोरियाली समाचार माध्यमलाइ उधृत गर्दै  दक्षिण कोरयाली सुरक्षा अधिकारीहरुले जनाएका छन्।

  • दक्षिण कोरियाको लागि राजदूत नियुक्त, छिट्टै पठाउने सरकारको तयारी

    दक्षिण कोरियाको लागि राजदूत नियुक्त, छिट्टै पठाउने सरकारको तयारी सेतोपाटी संवाददाता, सोल, वैशाख ३० -

    नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बझाङका अर्जुन बहादुर सिंहलाई नेपाल सरकाले दक्षिण कोरियाको राजदूतमा नियुक्त गरेको छ। बिगत १ वर्षदेखि रिक्त रहेको दक्षिण कोरियाको राजदूत पदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गत शुक्रबार नियुक्त गरेकी हुन्।

  • कोरियामा २ नेपालीको ‘रहस्यमय’ मृत्यु

    कोरियामा २ नेपालीको ‘रहस्यमय’ मृत्यु किशन गौतम, सोल, वैशाख ३० -

    इपिएस मार्फत कोरिया प्रवेश गरेका स्याङ्जाका तेज बहादुर गुरूङ र कैलालीका छबी लाल चौधरीको गएराति करिब ९ बजे तिर बुंगुरको पिसाब जम्मा हुने भूमिगत ट्यांकी सफा गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएको मक्पो चौतारीका पूर्व अध्यक्ष रोशन पौडेलले जानकारी दिए।

     

  • राष्ट्रपति ट्रम्पद्वारा मिडियामा सामाग्री लिक नगर्न पूर्व एफबिआई प्रमुख कोमीलाई चेतावनी

    राष्ट्रपति ट्रम्पद्वारा मिडियामा सामाग्री लिक नगर्न पूर्व एफबिआई प्रमुख कोमीलाई चेतावनी सेताेपाटी ग्लाेबल -

    अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडियामा कुनै पनि सामाग्री लिक नगर्न हालै बर्खास्त गरिएका एफबिआइ प्रमुख जेम्स कोमीलाई कडा चेतावनी दिएका छन्। शुक्रबार बिहान ट्वीटर मार्फत यस्तो चेतावनी दिएका हुन्। आफ्नो ट्वीटमा ट्रम्पले भनेका छन् ‘आशा छ, हाम्रो कुराकानीको टेप भएको छैन होला।’ ट्रम्पको चूनावी अभियानका अधिकारिहरु र रसिया बिच भएको संम्भावित साँठगाँठ सम्बन्धि छानबिनको नेतृत्व गरिरहेका एफबिआइ प्रमुख जेम्स कोमीलाई राष्टपति ट्रम्पले मंगलबार बर्खास्त गरेका थिए।  ट्रम्पको भनाई अनुसार दुइ पटक डिनरमा र एक पटक फोनमा कोमीले छानविन आफु प्रति लक्षित नभएको बताएका थिए।

  • यूरोप र एशियाका ७४ देशहरुमा साइबर आक्रमणः बेलायतमा अस्पतालहरु प्रभावित

    यूरोप र एशियाका ७४ देशहरुमा साइबर आक्रमणः बेलायतमा अस्पतालहरु प्रभावित सेताेपाटी ग्लाेबल -

    शुक्रबार यूरोप र एशियाका ७४ देशहरुमा साइबर आक्रमण भएको छ। ‘रयासमवेयर’ नामक भाइरसद्वारा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा देखि स्पेनको टेलीकम्यूनिकेशन लगायत संस्थाहरु नराम्ररी प्रभावित भएका छन्। बेलायत,रुस, स्पेन, इटाली, चीन, भियतनाम लगायतका देशहरुमा आक्रमण भएको जानकारी संचार माध्यमहरुले जनाएका छन्। यो साइबर आक्रमणबाट कम्प्युटरहरुले काम गर्न छोडेका छन भने कयौ कम्पनिका कम्प्युटरहरु बन्द गर्न पनि सकिउको छैन्। सबै साइबर बिज्ञहरु मिलेर यो घटनाको अनुसन्धान गरिरहेको बताइएको छ। एक बिज्ञका अनुसार अहिले सम्म करिब ३६ हजार केसहरु पत्ता लागेको जनाएका छन्। उनले यो सबै भन्दा ठुलो घटना भएको बताएका छन्।