विशेष

Search news by date range:

  • एक्लो प्रयासमा बेल्जियममा शिव मन्दिर

    एक्लो प्रयासमा बेल्जियममा शिव मन्दिर निलम घिमिरे सापकोटा, बेल्जियम, वैशाख २९ -

    अन्जुली थापेर मुस्कुराउँदै ब्रुग्गे बस्ने सूर्यदेवी श्रेष्ठ उज्यालो अनुहार पारेर पण्डितको अगाडि निहुरिएर निधार थापिन्। खुसीले गद्गद् हुँदै उनले थपिन्, ‘दुई वर्ष पछि  यो निधारमा टिका लगाउन पाइयो। नेपाल पुगेको अनुभव भयो। विदेशमा बसेर पनि भगवान शिवको पुजा गरेकोर भजन गाएको यो पहिलो पटक हो ।’

     

  • राजनीतिक अचानोमा परेका कुलमानहरु

    राजनीतिक अचानोमा परेका कुलमानहरु पृथीछक बुढा मगर -

    सवैले छातिमा हात राखेर भन्न सक्नुपर्छ कि कुलमानले काठमाडौंमा लोडसेडिङ हटाएको हो कि होइन? कसैले चिर्न नसकेको विद्युत माफियाहरुको जालो चिरेर जुन महान काम गरे त्यसको समर्थनमा जनताको आवाजको आवश्यकता परेको छ। कुलमानको आँसुको आशय यही हो। उसले जनताको साथ खोजिरहेको छ। हामीले सत्यलाई साथ दिनै पर्छ । नयाँ नेपाल सम्भव छ। उज्यालो नेपाल सम्भब छ। कुलमानको जय होस्।

  • कुलमान किन बिबादमा?

    कुलमान किन बिबादमा? रूद्र पाण्डे -

    कुलमानले भ्रष्टाचार गरेका छैनन भन्ने कुरामा कुनै सन्देह छैन। उनि नेपाल सरकारका स्वच्छ छवीका कर्मचारी हुन। यो सर्वसाधारणले अनुभव गरेको कुरा हो। कुलमान भन्दा अगाडी उनि वसेको ठाउँमा दर्जनौ अनुभवीहरु आए। उनिहरुले निभाएको भूमिकामात्र सम्झने हो भने कुलमान कुन दर्जाका नेपाल सरकारका कर्मचारी हुन भन्ने कुरा बुझ्न असहज छैन।

  • अष्ट्रेलियाकी महिला सांसदले जव संसद भवनमा स्तनपान गराईन...

    अष्ट्रेलियाकी महिला सांसदले जव संसद भवनमा स्तनपान गराईन... सेतोपाटी ग्लोवल, अष्ट्रेलिया -

    अष्टेलियाको महिला सांसद लरिस्सा वाटर्सले पहिलो पटक संसदमा स्तनपान गराएको तश्वीरले नयाँ तरंग ल्याएको छ। संसारमै पहिलो पटक संसद भवनमा नवजात शिसुलाइ स्तनपान गराएको घटनाले महिला र वालवालिको अधिकारको बिषयमा नयाँ आयाम थपेको अष्ट्रेलियाका मिडियाहरुले बताएका छन्।

  • डोनाल्ड ट्रम्पले गरे एफबिआइ प्रमुखलाई 'फायर'

    डोनाल्ड ट्रम्पले गरे एफबिआइ प्रमुखलाई 'फायर' सेतोपाटी ग्लोवल -

    अमेरिकी राषट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको संघिय जाँच एजेन्सीका प्रमुख जेम्स कोमिलाई पदवाट निस्कासित गरेका छन्। पछिल्लो समयमा डोनाल्ड ट्रम्पको सम्वन्ध रुससँग रहेको भन्ने बिषयमा कोमिले जाँच गर्दै आइरहेका थिए। 'कोमिलाइ उनको पदवाट हटाइएको छ' ह्वाइ हाउसले बताएको छ। एटर्नी जनरल जेफ सेसनसको सिफारिसमा उनलाइ हटाइएको ह्वाइ हाउसले पुष्टि गरेको छ।

  • विदेश भूमिबाट नेपालीले देखाउने माया जायज हो कि ढोंग?

    विदेश भूमिबाट नेपालीले देखाउने माया जायज हो कि ढोंग? सन्तोष निरौला -

    देशका युवा बिदेशमा पलायन हुनु आफैमा जटिल समस्या हो, आर्थिकरुप जति सुकै योगदान गरेपनि सामाजिक, सास्कृतिक, र राजनैतिक क्षेत्रमा नराम्रो असर गरेको छ। धेरै खरका पानीचुहिने छानाहरु आज जस्ता पातले ढाकिए पानी मन ढाक्ने ब्यक्तिको अभाब  झन् बढ्न थालेको छ। सामाजिक ब्रिकृति र राजनैतिक कुसंस्कारले जग हालीसकेको छ। बेथिति र बेरोजगारीले झन् भन्यो झन् धेरै युवालाई दैनिक विदेश धकेलिरहेको छ।

  • तिम्रो अमूल्य सहयोगको लागि धन्यवाद!

    तिम्रो अमूल्य सहयोगको लागि धन्यवाद! गोकुल भण्डारी -

    'तिम्रो अमूल्य सहयोगको लागि धेरै धेरै धन्यवाद!' रमेशले गत हप्ता प्रसन्न भएर मलाई भन्यो ! उ कोठा सर्दै थियो र सामान सार्न उसले मलाई बोलाएको थियो।  म शारीरिक हिसाबले दह्रो वा बलिष्ठ हात पाखुरा भएको मानिस त हैन, तर पनि सहयोग मागेपछि नजानु भनेको दिएपछि नखानु भने जस्तो हेला होला भन्ने ठानेर गइयो। चानचुन २ घण्टा जति पोका पुन्तुरा सार्नमा लगाइयो। मैले गरेको सहयोग यत्ति हो। व्यावसायिक श्रमदारले १ घण्टामा २० डलर जति लिएर सजिलै गरिदिने काम हो त्यो! जाबो २० डलर जतिको कामलाई उसले किन अमूल्य भनेर बढाइ चढाइ गर्यो? घरमा आएर एकछिन चिन्तन गरि टोपलेँ।

  • बुद्धको जन्मभूमिमा विस्तारवादी आँखा

    बुद्धको जन्मभूमिमा विस्तारवादी आँखा

    अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया लस एञ्जलिस (यु.सि.एल.ए.) विश्वविद्यालयमा ‘हिस्ट्री अफ इण्डियन सिभिलाइजेसन’ विषय पढाइन्छ। २६ वटा लेक्चरको उक्त विषयमा एउटा लेक्चर बुद्धको जिवनीमा समर्पित गरिएको छ। युट्युबमा समेत राखिएको सो लेक्चर सन् २०१२ मा दिइएको थियो। भारतीय सभ्यताको इतिहास शीर्षक भएकाले भारतसँग मात्र जोडिएको कुराहरू उल्लेख गरिएको होला जस्तो म ठान्छु तर बुद्ध धर्मको उद्गम स्थल नै भारत भएको दावी गरिएपछि इतिहास त केवल शक्तिशालीको हातमा रहन्छ भन्ने कुराको पुष्टि भएको महसुस गर्दछु।

  • मूनको बुसानदेखि ब्लु हाउससम्मको यात्रा र नेपाल साइनो

    मूनको बुसानदेखि ब्लु हाउससम्मको यात्रा र नेपाल साइनो विकाश श्रेष्ठ, सोल, वैशाख २७ -

    नेपाल सरकारको इच्छाशक्ति र चासो बढाए कोरियाले नेपालको पर्यटन, पूर्वाधार, विकास लगायत विविध क्षेत्रमा सहयोग र लगानी बढाउन सक्छ। कोरियाबाट फिलिपिन्स, भियतनाम, बंगलादेश जस्ता मुलुकले धेरै फाइदा लिएका छन्।

     

     

  • स्वर्ण पदक विजेता खड्कालाई सिड्नीमा  सम्मान

    स्वर्ण पदक विजेता खड्कालाई सिड्नीमा  सम्मान  हेमन्त काफ्ले, सिड्नी, वैशाख २७ -

    अष्ट्रेलियाको  गोल्डकोस्टमा भएको ‘गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता नेपाली खेलाडी अशोक खड्कालाई सिड्नीमा एनआरएनले भब्य स्वागत तथा सम्मान गरेको छ। यही मे ६ र ७ मा भएको प्रतियोगितामा ११ देशका १२ जना खेलाडीलाई पछि पार्दै खड्काले स्वर्णपदक हात पारेका हुन्। खड्काले फाइनलमा अष्ट्रेलियाका खेलाडीलाई पराजित गरेर स्वर्णपदक जितेका हुन्। खड्का सेमिफाइनलमा न्यूजिल्याण्डका खेलाडीलाई पराजित गरेका थिए।

  • माक्रोंका आमाबाबु सोच्थे- उनको प्रेम ब्रिजेटसँग होइन, छोरीसँग थियो

    माक्रोंका आमाबाबु सोच्थे- उनको प्रेम ब्रिजेटसँग होइन, छोरीसँग थियो द इन्डिपेन्डेन्ट -

    माक्रोंका बाबु जिन-माइकल माक्रों पनि आफ्नो किशोर छोराको प्रेमकथामा विश्वासै नलागेको बताउँछन्। उनका अनुसार छोराको प्रेमबारे थाहा पाएपछि उनी आफू बसेको कुर्सीबाट झन्डै खसेका थिए। ‘हामीले निश्चय पनि उनीहरुलाई वाह क्या बात् भनेर प्रशंसा गर्न सकेनौं,’ उनी भन्छन्।

     

  • के अब आश तपस्वीको मात्र गर्ने बेला भयाे त?

    के अब आश तपस्वीको मात्र गर्ने बेला भयाे त? विष्णु पौडेल -

    निर्वाचको वेला उधारो तमसुक होइन, अव कार्यन्वयन कसरी गर्ने भन्ने प्रश्न सोध्नुहोस। हिजो उसले के गरयो भन्ने इतिहास सम्झनुस्। समाजमा उसको योगदान कस्तो छ? त्यो हेर्नुस। पार्टीको आडमा भष्ट्रचार त गरेको छैन? त्यो जिज्ञासा राख्नुस। खाली योजनाका मात्र कुरा भए। कार्यन्वयन भएनन्। आर्थीक विकासको जग बस्नै सकेन। राजनीतिक र आर्थीक पाटो बलियो र स्थिर भएन भने समाजको समुन्नत विकास संभव छैन। तर हामी कहां भयो त केवल योजना मात्र। अनि त्यसमा भागीदार बन्यौ तपाई हामी। जसले जे भन्छ त्यहि कुरा पत्याउने वाबु वाजे त फलानो चिन्हमा भोट हालेका थिए भन्दै हामी पनि त्यहि चिन्ह खोज्दै हिड्याै, तर खोजी भएन विकासको हिमायती को मान्छे हो भनेर।

  • ‘फाँसी देऊ कुलमानलाई!’

    ‘फाँसी देऊ कुलमानलाई!’ राम कुमार सुबेदी -

    अँध्यारोमा सलेदो बनाउने, बाल्ने

    बानी परिसकेकी

    मेरी आमालाई

    त्यो निरन्तर उज्यालो

    त्यो ननिभ्ने बत्तीले

    आँखा तिर्मिराएछ

    त्यो कुलमान

    मेरी आमा बिरोधी हो ,

    त्यो लोकमान भएन

    अँध्यारो बिरोधी हो

    फाँसी देऊ सरकार त्यसलाई

    अँध्यारो बिरोधी अँध्यारो कोठरीमा 

    जाकिदेऊ उसलाई।

  • फ्रान्समा म्याक्रोनको उदयः बैकल्पिक शक्तिहरुको उदय सम्भब छ

    फ्रान्समा म्याक्रोनको उदयः बैकल्पिक शक्तिहरुको उदय सम्भब छ यूबराज पाण्डे -

    अहिले बिश्व राजनीति  फ्रान्सको राष्ट्रपतिय निर्बाचनमा  ३९ वर्षका मध्यमार्र्गी नेता इम्यानुएल म्याक्रोन निर्वाचित  भएसंगै त्यतै तिर मोडिएको छ। उनको यतिको बढी चर्चा हुनुमा उनको उमेर, व्यक्तित्व, राजनैतिक पृष्टभुमि तथा अत्यन्तै छोटो समयमा राजनीतिमा उदाउनु हो। फ्रान्सको इतिहासमा नै उनि सबभन्दा कम उमेरमा राष्ट्रपति हुने सौभाग्य पाएका छन्। बिसेषत  परम्परागत रुपमा पुराना  भनिएका ठुला पार्टीहरुको एकाधिकारलाई तोड्दै एकाएक फ्रान्सको राजनीतिमा उदाएका म्याक्रोनको चर्चा झनै चुलिएको छ। १८ औ सताब्दीमा  नेपोलियन बोनापार्टदेखि अहिलेसम्म आइपुग्दा परम्परागत मुख्य दुई पार्टी बाहिरबाट राष्ट्रपति बन्ने  परम्परालाइ भङ्ग गर्दै म्याक्रोन  फ्रान्सको पहिलो रास्ट्रपति त बने। साथ-साथै उनले बिश्व राजनीतिमा एउटा नौलो अध्यायको उदाहरण समेत पेस  गरे।

  • सपना संगको त्यो अन्तिम रात

    सपना संगको त्यो अन्तिम रात राजु श्री , दक्षिण कोरिया -

    मस्तिष्क खुलिसकेको हुन्छ। आँखा खोल्न र ओछ्यान छोडन प्रत्येक दिन संघर्ष गर्नु पर्छ। अरुलाई शुभदिनको जतिसुकै कामना गरे पनि आफ्नो संघर्ष ओच्छ्यान बाटै शुरु हुने गर्दछ। आँखा मिच्दै सिरानी मुनि बाट मोबाइल झिकेर यसो स्क्रिन अन गर्ने बित्तिकै सपनाको फोटो सहितको स्टाटस देखियो। ‘बाइ बाइ कोरिया, हेल्लो काठमाडौं।’ झल्ल्यास हुँदै निद्राका आँखालाइ अझ चनाखो बनाउदै नियाले। लोकेशन सहित कोरियाको इन्छन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा ६ घन्टा अगाडि फोटो सहित स्टेटस पोस्ट गरेको पक्का भयो। म्यासेन्जर हेरें ‘एक्टिभ फोर आवर अगो’ भनेर देखायो। म्यासेन्जर एक्टिभ फोर आवर अगो संगै सपनाले नेपालको यात्रा आधा दुरि पार गरिसकी भन्ने फेरि पक्का भयो।

  • चिनमा टनेल भित्र गुडिरहेको कारमा आगलागी: १० जना कोरियन बालबालिकाको निधन

    चिनमा टनेल भित्र गुडिरहेको कारमा आगलागी: १० जना कोरियन बालबालिकाको निधन सेताेपाटी ग्लाेबल, चिन -

    चीनमा गुडिरहेको कारमा आगलागी हुदा १० जना कोरियन स्कूले बालबालिकाको जलेर निधन भएको छ। मगलबार बिहान सांग्दोंग  प्रान्तको वीहाई भन्ने स्थान नजिकै  एउटा टनेल बाट पास हुने क्रममा उक्त दुर्घटना भएको थियोl  स्थानीय समयानुसार बिहान करिब ९ बजेको समयमा भएको उक्त दुर्घटनामा परि  चालक सहित एकजना चिनिया बालक समेतको निधन भएको बताइएको छl

  • प्रजातान्त्रिक पार्टीका नेता मुनजे इन कोरियाको १९औं रास्ट्रपति बन्ने प्रबल सम्भावना

    प्रजातान्त्रिक पार्टीका नेता मुनजे इन कोरियाको १९औं रास्ट्रपति बन्ने प्रबल सम्भावना किशन गौतम, सोल, वैशाख २६ -

    उनले कुल मतादाताको ४१ .४ प्रतिशत मत पाएर सबैभन्दा अगाडि देखिएका हुन्। त्यस्तै दोस्रो स्थानमा कन्जरभेटिभ कोरिया पार्टीका उमेद्वार होंग जुन फ्योको २३.३ प्रतिशत छ भने २१ .८ प्रतिशत मतसँगै पिपुल पार्टीका उम्मेद्वार आन छल सु तेस्रो स्थानमा छन्।

     

  • जब नेपालीहरूले लन्डनको मुटुमा बुद्धध्वनी गुन्जाए

    जब नेपालीहरूले लन्डनको मुटुमा बुद्धध्वनी गुन्जाए फडिन्द्र भट्टराई, लन्डन, वैशाख २६ -

    ट्रफाल्गर स्क्वायर  बेलायतकी महारानीको दरवार र  बेलायती प्रधानमन्त्रीको  कार्यालय तथा सेन्ट्रल लन्डनका विश्व प्रसिद्ध मोनुमेन्टहरु तर्फ फैलिने चोकमा लन्डनको मुटु बनेर युद्वकालिन र ऐतिहासिक शालिकहरु बोकेर गजधम्म छ। दिनभर विदेशी पर्यटकको घुईँचोको मिसावटमा अन्तर्राष्ट्रिय स्तरका सभा र प्रदर्शनमा नारा जुलुसको हल्लीखल्ली सुनिने उक्त स्थान गत आईतबार भने नेपालीहरुले नेपालमय बनाइदिए।

     

  • कोरियामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, तीन उम्मेद्वारबीच कडा प्रतिश्पर्धा

    कोरियामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, तीन उम्मेद्वारबीच कडा प्रतिश्पर्धा किशन गौतम, सोल, वैशाख २६ -

    दक्षिण कोरियामा उन्नाइसौं प्रत्क्षय कार्यकारी राष्ट्रपति चयनका लागि मंगलबार बिहानैदेखि मतदान मतदान भइरहेको छ। बिहान ६ बजेदेखि देशभरका तेह्र हजार नौ सय चौसठ्ठी मतदान केन्द्रमा मतदान सुरू भएको निर्वाचन आयोगले जनाएको छ।

     

  • फ्रान्सको चुनावी परिणामको लहर अब नेपालमा

    फ्रान्सको चुनावी परिणामको लहर अब नेपालमा -सुनिल मणि दाहाल -

    नेपाल र नेपाली जनतालाई बर्तमान अवस्थाबाट उन्मुक्ती दिन सक्ने कुनै भिजन नभएका परम्परावादी राजनीतिक दलहरु र तीनका नेताहरुलाई फ्रान्समा जनताले हराए झै नेपालका जनताले पनि हराउनुपर्छ। नयाँ नेपालको खाका कोरेका नव विचारक तथा युवा पुस्तासहितको राजनीतिक दलहरुलाई यस मुलुकको बागडोर जिम्मा लगाउनुको अब कुनै बिकल्प छैन। 

  • कोरियामा सकियो प्रथम एसियाली नेपाली साहित्य तथा विश्व काब्य गोष्ठी

    कोरियामा सकियो प्रथम एसियाली नेपाली साहित्य तथा विश्व काब्य गोष्ठी किशन गौतम, सोल, वैशाख २५ -

    गत आइतबार राजधानी सोलस्थित नेपाल हाउसमा सम्पन उक्त सम्मेलनमा हङकङ, अमेरिका, अष्ट्रेलिया, सिक्किम, इजरायल, जापान, नेपाल लगायत मुलुकबाट आएका दुई दर्जन चर्चित स्रष्टाहरुले आफ्नो कृतिका बारेमा चर्चा गर्नुका साथै नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

     

  • क्यानाडामा नेपाली अनुसन्धानकर्मीहरूको अन्तर्कृया

    क्यानाडामा नेपाली अनुसन्धानकर्मीहरूको अन्तर्कृया

    नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडाले शनिबार युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडामा ‘दोस्रो  नेसा  कार्यशाला गोष्ठी’ आयोजना गरेको छ। क्यानाडाको अल्बेर्टा तथा अन्य स्थानहरुमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुची राख्ने करिब ५० जना नेपाली प्रध्यापक, शिक्षाविबिद, वैबैज्ञानिक, ईन्जिनियर, डाक्टर, नर्स, पत्रकार आदिको उपस्थिति थियो।

  • फ्रान्समा नयाँ शक्तिले एक वर्षमै राष्ट्रपतिको चुनाव कसरी जित्यो?

    फ्रान्समा नयाँ शक्तिले एक वर्षमै राष्ट्रपतिको चुनाव  कसरी जित्यो? रामचन्द्र भण्डारी, पेरिस, फ्रान्स -

    एक वर्ष अगाडि मात्र स्थापना भएको तथा प्रतिनिधिसभा वा स्थानीय निकायमा कहीँ कतै कुनै प्रतिनिधित्व नगरिसकेको नयाँ राजनीतिक शक्ति र प्रतिनिधि सभामा जम्मा २ सिट मात्र जितेको अति दक्षिणपन्थी तथा राष्ट्रवादी पार्टीले प्रथम र दोस्रो स्थान हासिल गर्नुले फ्रान्सका जनताहरू पुरानो राजनीतिक समूहको ठाउँमा नयाँ राजनीतिक समूह वा शक्तिलाई अवसर दिन चाहेको कुरा स्पष्ट देखियो।

     

  • उनन्चालीस वर्षीय माक्रोन चुनिए फ्रान्सका राष्ट्रपति

    उनन्चालीस वर्षीय माक्रोन चुनिए फ्रान्सका राष्ट्रपति सेतोपाटी ग्लोबल, जेनेभा, स्वीजरल्याण्ड, वैशाख २५ -

    आफूले चुनाव जिते आप्रवासीहरुलाई छानीछानी फिर्ता गर्ने र फ्रान्सको सीमानामा पर्खाल ठड्याउँदै युरोपेली युनियनबाट बाहिरिने नारा बोकेकी अतिवादी नेतृ मारिन ले पेनलाई भारी मतको अन्तरले हराउँदै उनन्चालीस वर्षका युवा बैँकर इमानुयल माक्रोन फ्रान्सका लागि नयाँ राष्ट्रपति चुनिएका छन् ।

     

  • कोरियाबाट साझा पार्टीका उमेद्धारलाई सहयोग गरिने

    कोरियाबाट साझा पार्टीका उमेद्धारलाई सहयोग गरिने सेतोपाटी संवाददाता, सोल, वैशाख २४ -

    साझा पार्टीमा आस्था राख्ने कोरियावासी नेपालीले साझा पार्टीका उमेद्धारलाई जिताउन क्यामेरा र सेलरोटीमा मतदान गर्न नेपालमा रहेका आफ्ना आफन्तलाई आग्रह गर्ने बताएका छन्। साझा सद्‌भाव समूह कोरिया केन्द्रले राजधानी सोलमा आयोजना गरेको दोस्रो औपचारिक भेटघाट कार्यक्रम तथा पूर्ण बैठकले सो निर्णय गरेको हो।

     

  • आइसीएनले अस्ट्रेलियामा नेपाली झन्डा फहराउने

    आइसीएनले अस्ट्रेलियामा नेपाली झन्डा फहराउने हेमन्त काफ्ले, सिड्नी, वैशाख २४ -

    अस्ट्रेलियाको प्रतिनिधित्व गरेर बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका सन्तोषले संस्थागत प्रयासले नेपाल र नेपाली मुलका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गर्न सहज हुने बताए । सन्तोषले अस्ट्रेलियामा आएर हामीले यहाका सबै राम्रा संस्कार सिके पनि फिटनेशको संस्कार भन्ने सिक्न नसकेको बताए। ‘पश्चीमा समाजको एउटा अभिन्न अंगको रुपमा रहेको फिटनेश कल्चरलाई नेपाली समाजमा आकर्षित गराउने हाम्रो प्रयास हुने छ,’ सन्तोषले सुनाए।

     

  • सिड्नीमा खुल्यो अन्तर्राष्ट्रिय झापाली समाज

    सिड्नीमा खुल्यो अन्तर्राष्ट्रिय झापाली समाज सेतोपाटी संवाददाता, सिड्नी, वैशाख २४ -

    अजंगका शहरहरू अनि गगनचुम्बी भवनहरुमा बसे पनि जन्मेको ठाउँ र हुर्केको गाउँको माया कसलाई हुँदैन र। मानिसहरू कर्मका लागि सात समुन्द्र पारी पुगे पनि आफ्नो धर्म छोड्न सक्तैनन्। जहाँ जन्मेर कही पुगे पनि पहिले सम्झने भनेकै घर, परिवार अनि जन्मथलो र देशनै पहिचानको आधार बन्दो रहेछ ।

     

  • ‘धुर्मुस सुन्तली फाउण्डेशन’लाई जापानबाट २८ लाख सहयोग, कार्यक्रममै धुर्मुसले गरे चौथो परियोजना निर्माणको घोषणा

    ‘धुर्मुस सुन्तली फाउण्डेशन’लाई जापानबाट २८ लाख सहयोग, कार्यक्रममै धुर्मुसले गरे चौथो परियोजना निर्माणको घोषणा सेतोपाटी संवाददाता, टोकियो, वैशाख २४ -

    भूकम्प पछाडि उनीहरुले जापानवासी नेपालीहरुको माया र हौसला आफ्ना लागि मार्ग दर्शन भएको बताउँदै आफूहरुको चौथो प्रयासको थालनी जापानबाट गरिएको जानकारी गराए। कार्यक्रममा सहयोगको लागि आग्रह गर्दै उनले बस्तीको खाका समेत प्रस्तुत गरे। धुर्मुसले बस्तीमा पुरै नेपाल देखिने भन्दै एउटा पर्यटकीय स्थल बनाउने सपना देखेको धारणा ब्यक्त गरे।

     

  • तनहुँका कैनी बेलायती सांसदको उम्मेदवारमा छानिए

    तनहुँका कैनी बेलायती सांसदको उम्मेदवारमा छानिए फडिन्द्र भट्टराई,,  लन्डन, वैशाख २४ -

    ‘आज बिहान मात्रै पार्टीको न्याशनल बोडीले टेलिफोन गर्दै मेरो नाम चयन भएको जानकारी दिएको हो’, कैनीले सेतोपाटीसँग भने, ‘अब अर्को हप्ता मनोनयन दर्ता गरेपछि चुनावी अभियानमा लाग्नुपर्छ। यसमा नेपाली समुदायको सहयोगको ठूलो अपेक्षा राखेको छु।’

     

  • अमेरिकामा तीन पत्रकार सम्मानित

    अमेरिकामा तीन पत्रकार सम्मानित सेतोपाटी संवाददाता, मनसास, भर्जीनिया, वैशाख २४ -

    गतवर्ष सेतोपाटी ग्लोबलमा प्रकाशित अमेरिकाको नेपाली समूदायमा बिमा ठगी सम्बन्धी समाचार लेखेवापत तीन पत्रकार सम्मानित भएका छन्। नेपाल अमेरिका पत्रकार संघ (नेजाको) ११ औं साधारण सभामा बोस्टनमा रहेका लेखक तथा पत्रकारहरु शिव प्रकाश, मनोज अधिकारी र दिनेश कार्की शनिबार सम्मानित भएका हुन्।