विशेष

Search news by date range:

  • कांग्रेसले, 'राम्रा होइन, हाम्रालाई राख्नुपर्छ' भन्ने मान्यतालाई २० वर्षदेखि स्थापित गराउदै आएको हो

    कांग्रेसले, 'राम्रा होइन, हाम्रालाई राख्नुपर्छ' भन्ने मान्यतालाई २० वर्षदेखि स्थापित गराउदै आएको हो रमेश पोखरेल -

    २०३० साल अषार अन्तिम सप्ताहमा राति सिंहदरबारमा आगलागी भयो। स्वयम् राजा उपस्थित भएर साना साना बमको प्रयोग गरि पश्चिम पट्टि खण्ड जोगाउन निर्देशन दिए। त्यो सिंहदरबारमा आगो लागेकोमा तत्कालिन प्रधानमन्त्री किर्तिनिधि बिस्टको के भूमिका थियो र तत्कालै राजिनामा गरे। जबकी  राजाले राजिनामा दिनु पर्दैन भनेका थिए भन्ने कुराहरु धेरै छापा हरुमा आइसकेका छन्। पछि २०४४ साल चैत्रमा दशरथ रंगसालामा फूटबल खेल भैरहेका बेला अकस्मात आँधिबेरीक साथ पानि परेकोले दर्शकहरु भागदौड गर्दै बाहिर निस्किन खोज्दा एक आपसमा किचिएर करिब ७४ जनाको मृत्यु भयो। नेपालको सन्दर्भमा यस्तो पहिलो दुखद घटना थियो। तत्कालिन शिक्षामन्त्रि केशर बहादुर बिस्टले भोलि पल्टै राजिनामा गरे।त्यो आँधिबेरी आउनुमा बिस्टको के कस्तो भूमिका थियो र?

  • न्युजिल्यान्ड र अस्ट्रेलियाका खेलाडीलाई हराउँदै अशोकले नेपाललाई स्वर्ण दिलाए

    न्युजिल्यान्ड र अस्ट्रेलियाका खेलाडीलाई हराउँदै अशोकले  नेपाललाई स्वर्ण दिलाए हेमन्त काफ्ले, सिड्नी, वैशाख २३ -

    नेपाली खेलाडी अशोक खड्काले अस्ट्रलियाको गोल्डकोस्टमा भएको गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन शनिबार स्वर्ण पदक जितेका छन्। अस्ट्रेलियाको सुन्दर पर्यटकीय नगरी गोल्डकोस्टमा भएको प्रतियोगिताको पुरूष एकल पुम्सेमा अशोकले नेपाललाई स्वर्ण दिलाएका हुन्। उक्त स्पर्धामा विभिन्न १४ राष्ट्रका १४ खेलाडी सहभागी थिए।

  • नेपालमा हुन लागेको निर्वाचनप्रति भारत खुसी

    नेपालमा हुन लागेको निर्वाचनप्रति भारत खुसी सेतोपाटी संवाददाता, नयाँ दिल्ली, वैशाख २३ -

    नेपालमा आगामी साता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ। परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतसँग शुक्रबार नयाँ दिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गरेकी हुन्।

     

  • एक वर्ष अघि कोरिया आएका नेपाली युवकको मृत्यु

    एक वर्ष अघि कोरिया आएका नेपाली युवकको मृत्यु किशन गौतम,, सोल, वैशाख २३ -

    इपिएस मार्फत रोजगारीका लागि कोरियामा आएका एक नेपालीको अकस्मात ह्दयघातका कारण  निधन भएको छ। मोरङ विराटनगरका सत्ताइस वर्षीय उमेशचन्द्र पौडेलको आज बिहान निधन भएको हो।

     

  • मुलुक पारिवाट रन्जु दर्शनालाई खुल्ला पत्र

    मुलुक पारिवाट रन्जु दर्शनालाई खुल्ला पत्र पृथीछक बुढा मगर -

    कसैकसैले आरोप लगाएको पनि सुनेको छु कि तिम्रो दल डलरले चलेको छ। मलाई तिम्रो दल प्रति खासै दिलचस्पी छैन। अहिलेका चल्तीका ठुला दलहरुमा मलाई खासै भारोषा पनि छैन। डलरले पार्टी नचलाउने दल नेपालमा कुन छ? कुनै दल राष्ट्रिय दलालहरुको कालो धनवाट चलेको होला। कुनै दल दक्षिणी भारुले चलेको होला। कुनै दल हरियो डलरले चलेको होला। केही दिन अगाडी मात्रै एकजना वामपन्थी नेताले खुलासा गरेका थिए कि बालुवाटारमा भारतीयहरुले चुनावको लागि पैसा बाँडे। तिम्रो दललाई पनि डलरवादीको आरोप लागेको सुनेको थिएँ। त्यसमा मलाई नौलो लाग्दैन। किनभने हाम्रो देश बिदेशीले चलाएको छ।

  • बिवेकशिलहरु अविवेकी बने पछी समाज रुपान्तरण कसरी हुन्छ?

    बिवेकशिलहरु अविवेकी बने पछी समाज रुपान्तरण कसरी हुन्छ? सुनिल मणी दाहाल -

    देशमा दुई बर्ष अघी महाभूकम्प गयो। झण्डै नौ हजार जती मारिए, हजारै घरबार बिहिन भए, देशमा ठुलो धनजनको क्षति भयो। विश्व नै एक भयो, नेपाल र नेपाली प्रती माया र सदभावको बर्षा नै भयो। आर्थीक तथा भौतिक सहयोग प्रसस्तै प्राप्त भए, तर अझै पनि भुकम्प पिडितहरु पाल मुनी नै बस्न बाध्य हुनु अत्यन्त दुख र खेदजनक अवस्था हो। कृतिम अभाव, महंगी, भ्रस्टाचार, कालोबजारीले गाजेको यस मूलुकका वीर गोर्खालीका सन्तान भनेर गर्व गर्ने हामी नेपालीहरुको अनुहार आज छोप्न लायक भएको छ।

  • कोरियाले आक्रमण गर्ने हल्लाले जापानमा बंकरको बिक्रि बढ्यो

    कोरियाले आक्रमण गर्ने हल्लाले जापानमा बंकरको बिक्रि बढ्यो सेतोपाटी ग्लोवल -

    उत्तर कोरियाले परमाणु हमला गर्ने डरबढेसँगै जापानमा घरमा जडान गरेर जमिन मुनि वस्न सकिने बंकरको बिक्रि बढेको छ। उत्तर कोरियासँग बाँकि बिश्वको बढदो दुरी र उत्तर कोरीयाले कुनै पनि बेला आणविक हतियारको प्रयोग गर्ने सक्ने हल्लाका कारण जापानमा बंकरको बिक्रि बढेको बताइएको छ।

  • अमेरिकी जासुसी संस्था सिआइएले किम जोङ्ग उनको हत्या योजना बनाएको उत्तर कोरियाको आरोप

    अमेरिकी जासुसी संस्था सिआइएले किम जोङ्ग उनको हत्या योजना बनाएको उत्तर कोरियाको आरोप सेताेपाटी ग्लाेबल -

    उत्तर कोरियाको सुरक्षा मन्त्रालयका अनुसार सिआइएले किमलाई जीव रसायन पदार्थद्वारा आक्रमण गर्ने योजना बनाएको जनाएको छ। मन्त्रालयले जारि गरेको वक्तव्यलाइ सरकारी समाचार संस्थाले प्रकासित गरेको छ। वक्तव्यमा भनिए अनुसार ‘सर्बोच्च नेतालाइ आक्रमण गर्न खतरनाक योजनाको जन्म दिएका थिए।’ किमलाई या त सैनिक परेडमा वा किम इल सुङ्गको शालिक स्थलमा बम आक्रमण गर्ने योजना बनाएको आरोप पनि लगाएको छ। साथै जीब रसायन बिष अथवा रेडियो बिकिरणको प्रयोग गरि मार्ने योजना रहेको पनि उल्लेख छ।

  • 'थ्याङ्क यू' कोरिया

    'थ्याङ्क यू' कोरिया ईश्वर दाहाल -

    एरपोर्टसम्म भए पनि तलाइ छोड्न जान्छु भनेर आमाले निकै कर गर्नु भयो। श्रीमती  र आमालाइ संगै लिएर आएँ। एरपोर्टमा मानिसको भिड निकै थियो यत्तिको भिड त मेरी आमाले जात्राहरुमा मात्र देख्नु भाकोथ्यो होला, मेरो अड्कल। श्रीमती पनि विदेश गएका र जान लागेकाहरुलाइ लिन आउने र पुर्याउन आउनेहरुको भिडमा हेरेर टोलाउदै थिईन। त्यहाँ हामीले मुटु चिर्ने दृश्य देख्नु पर्यो। जुन ढोकाबाट मेरी आमा र श्रीमतीले  मलाई बिदाई गर्दै थिए त्यहि  बाट कसैको छोरा, श्रीमान गुलाबी बाकसमा भरिएर आएका थिए। कस्तो दुखद । हे भगवान! यो कस्तो वियोग!

  • नेपालका कृष्णसार जोगाउन अमेरिकामा अनुसन्धान!

    नेपालका कृष्णसार जोगाउन अमेरिकामा अनुसन्धान! सेतोपाटी संवाददाता, डालस, टेक्सस, वैशाख २२ -

    नेपाली जंगलहरुमा कृष्णसार, बाघ र गैडाका केही प्रजातीहरुको सङ्ख्या घट्न थाले पछि नेपालका बाताबरणविदहरू चिन्तित छन्। लोपोन्मुख प्रजातिको संरक्षण कसरी गर्न सकिन्छ भन्ने चिन्ताले पिरोलेका बाताबरणविद मध्यमा एक प्रदिप खनाल हाल अमेरिकाको टेक्सस राज्य स्थित जंगलहरुमा विगत दुई वर्ष देखि धाइरहेका छन्।

     

  • नेपालबाट पठाइएको याकको मासु न्युयोर्क एयरपोर्टमा समातियो

    नेपालबाट पठाइएको याकको मासु न्युयोर्क एयरपोर्टमा समातियो सेतोपाटी ग्लोवल, न्युयोर्क -

    नेपालबाट अमेरिका पठाइएको याकको मासु न्युयोर्कस्थित जेएफके एयरपोर्टमा समातिएको छ। नेपालवाट स्वीटर, सल र प्यान्टमा पोको पारेर पठाइएको करिव ३ सय पाउण्ड याकको मासु सुरक्षा अधिकारीहरुले भेटाएका थिए।

  • उत्तर कोरियाद्वारा चीनलाई पनि चेतावनी

    उत्तर कोरियाद्वारा चीनलाई पनि चेतावनी सेतोपाटी ग्लोवल, कोरिया -

    सरकारी नियन्त्रणमा रहेका उत्तर कोरियाका मिडियाले अमेरिकालाई दिएको चुनौती दिए लगत्तै चीनलाई पनि चेतावनी दिएको छ। उत्तर कोरियालाई नै सहयोग गर्दै आएको चीनलाई उत्तर कोरियाले चुनौती दिएको यो पहिलो पटक हो। पत्रिकाले लेखेको छ 'चीनले उत्तर कोरियाको परीक्षा नलगोस्।'

     

  • फेसबूकसँग 'एक साँझ'

    फेसबूकसँग 'एक साँझ' गोकुल भण्डारी -

    'मलाई लाइक नगर्ने ओ नालाइक!' भोज खाँदै गर्दा लर्बरिएको स्वरमा कसैले मलाई हप्कायो। हेरें – जलन रहेछ हातमा जोशबर्धक द्रव्यका साथ उभिएको। उसको रौद्रमुद्रा देखेर सन्तुलित शब्दको खोजीमा एकछिन गमें, वास्तवमा मैले बुझेकै थिइन उसको रिसको सन्दर्भ वा कारण।

  • ओबामा केयर निस्तेज, राष्ट्रपती डोनाल्ड ट्रम्पको पहिलो बैधानिक जित

    ओबामा केयर निस्तेज, राष्ट्रपती डोनाल्ड ट्रम्पको पहिलो बैधानिक जित सेतोपाटी ग्लोबल, वाशिन्टन डिसी -

    अमेरिकी तल्लो सदन प्रतिनिधि शभाले ओबामा केयरको प्रमुख हिस्सालाई निस्तेज गर्दै रिपब्लिकन स्वस्थ्य बिमा योजनालाई आज बिहिवार स्विकृती प्रदान गरेको छ। तर, यो बिललाई पुन अमेरिकी सीनेटमा प्रस्तुत गरी सिनेटबाट स्विकृती प्राप्त गर्नु पर्ने छ। सय सदस्य रहेको अमेरिकि माथिल्लो सदन सिनेटमा रिपब्लिकनको ५२ सिटको बहुमत छ जहां केहि रिपब्लिकनले आफ्नो मत परिवर्तन गरेमा यो बिमा योजना लागू हुन सक्ने छैन।

  • पीटर काका...

    पीटर काका...  हेमन्त काफ्ले -

    जिन्दगीको अर्थ र अस्ट्रेलियाको जिवनशैलीबारे उनको गजबको तर्क छ। काममा छलकपट छैन, करिब ३५ वर्षदेखि एउटै ब्यापारिक उद्योगमा पूर्णकालिन जागिरे छन् पीटर। जीवनमा धेरै मोज पनि गरे अनि भोज पनि खाए पीटर काकाले। तर पछुतो छैन, एकल जीवनसँग। पीटरको फरक तर्क छ, नारी र सारीसँग पैठाजोरी खेल्न कठिन छ यहाँ। बैंशमा पीटर काकाले के के गरेनन्। कहिले आफैं हराए, कतै अरूलाई हराउन लगाए। दारू र चारूमा उनको कयैन पल अविस्मरणीय बनाए। पुराना दिन सम्झने प्रयास गर्दा पनि फुरूङ्ग हुन्छन् पीटर काका।

  • उमेर पुग्यो तर भोट हाल्ने अवसर कहिल्यै आएन

    उमेर पुग्यो तर भोट हाल्ने अवसर कहिल्यै आएन रेखा कुसम रेग्मी -

    हो, मेरो उमेर पुग्यो तर भोट हाल्ने अवसर कहिल्यै आएन्। वल्ल वल्ल जनताले भोट हाल्ने अघिकार पाए तर गाउँमा त्यस्तो माहोल फेरि कहिल्यै दोहोरिएन। स्थानीय निकायमा जितेर गएकाहरुको पदावधि सकियो तर अर्को निर्वाचन कहिल्यै भएन्। मेरो गाउँमा झनझन उथलपुथल पो भयो त। मेरो गाँउमा बन्दुक चल्न थाले। सुन्दर र शान्त गाउँ सेनाको परेड खेल्ने इलाका बन्न पो थाल्यो। खेतका गह्राहरु माओवादीका अखडा बन्न थाले।

  • एनआरएनको मागः नोट चल्ने, भोट किन नचल्ने?

    एनआरएनको मागः नोट चल्ने, भोट किन नचल्ने? सिड्नी, वैशाख २१ (सेतोपाटी) -

    एनआरएनले बिदेशमा रहेका नेपालीहरू लामो समयपछि नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा मतदानको अधिकारवाट बन्चित भएको बताउँदै नेपाल सरकारले यस विषयमा सम्वोधन गर्नुपर्ने एनआरएनका उपाध्यक्ष भवन भट्टले बताए।

     

  • धेरै नेपाली विद्यार्थी अध्ययन गर्ने अमेरिकी कलेजमा गोली चल्योः दुई जनाको मृत्यु, नेपाली सुरक्षित

    धेरै नेपाली विद्यार्थी अध्ययन गर्ने अमेरिकी कलेजमा गोली चल्योः दुई जनाको मृत्यु, नेपाली सुरक्षित मोहनराज बराल , डिसी, वैशाख २१ -

    अमेरिकामा टेक्ससको ड्यालसस्थित करिब ११ हजार विद्यार्थी पढ्ने नर्थलेक कलेजमा बुधबार गोली चलेको छ। गोली प्रहारको क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ। प्रहरीको व्यापक खोजी पछि गोली हान्ने युवक र अर्का एक जना मृत अवस्थामा फेला परेका छन्।

     

  • सुशीलाको यो अग्निपरीक्षा

    सुशीलाको यो अग्निपरीक्षा निरु त्रिपाठी -

    त्रेतायुगमा जहाँ सत्यको जीत हुन्थर्यो,त्यहाँ पुरुषोत्तम राम अर्थात् पुरुषहरुमा उत्तम राम राजा थियो र उनको राम राज्य थियो। त्यस्तो सत्यको विजयहुने युगको रामराज्यमा पुरुषोत्तम भगवान रामले त एउटा धोबीको कुरा सुनेर पवित्र कहलिएकी पत्नी सीतालाई अग्निपरीक्षा दिन लगाएको थियो भने यो कलियुगमा शेरबहादूर र प्रचण्ड बहादूरभई न्यायको प्रर्तिमूर्तिलाई महाअभियोगको अग्निकुण्डमा बस्न लगाउँदैन भने सोच्नु हाम्रो नै मूर्खता हुन्छ।

     

  • नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव प्रकास, दिनेश कार्की र मनोज अधिकारीलाई

    नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव प्रकास, दिनेश कार्की र मनोज अधिकारीलाई सेताेपाटी ग्लाेबल -

    विश्व स्वतन्त्रता दिवसको अवसर पारेर यस वर्ष देखि प्रदान गरिन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) सामुदायिक पत्रकारिता पुरस्कार लेखक शिव प्रकास र पत्रकारद्वय दिनेश कार्की तथा मनोज अधिकारीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

  • महाभियोग प्रस्तावको बेलायतमा कार्यरत कानुनविधको विरोध

    महाभियोग प्रस्तावको बेलायतमा कार्यरत कानुनविधको विरोध फडिन्द्र भट्टराई,, लन्डन, वैशाख २० -

    प्रधान न्यायाधीश शुसीला कार्कीमाथि लगाईएको महाभियोग प्रस्तावको बेलायतमा कार्यरत नेपाली कानुनविधले स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा आँच पुर्‍याउन खोजिएको भन्दै विरोध गरेका छन्। नेपाल ब्रिटेन लयर्स एसोसियशनले लन्डनमा एक प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयमाथिको हस्तक्षेपको विरोध गरेको हो ।

  • तिम्रो पनि नाम रञ्जु बाट लन्जु फन्जु नबनोस्

    तिम्रो पनि नाम रञ्जु बाट लन्जु फन्जु नबनोस् ललिता लुईटेंल पौडेल -

    रञ्जु, तिमी को हौ? के हौ? तिम्रो बारेमा न मैले व्यक्तिगत रुपमा बुझेको छु, न म बुझ्न नै चाहन्छु। उमेरकै हिसाबले तिमीलाई ‘तिमी’ भनेर सम्बोधन गरे। रञ्जु, म राजनीति बुझ्दिनँ तर तिम्रो आक्रोस, तिम्रो बोली र ब्यवहार देखेर केही सोधौं सोधौं लाग्यो। जसरी तिमीले अरुको नाम बिगारेर अरुमाथि गालि बर्षाइरहेकि थियौ के त्यो सब जरुरी थियो र? अरूलाई नराम्रो नभनी नदेखाई, के राम्रो काम गर्न सकिन्न र? कि राजनीतिमा अरुको खुट्टा नताने सम्म माथि पुग्ने खुड्किला नै हुंदैन? सभ्य समाजको निर्माण गर्न लागि परेकी तिमीले यसरी असभ्य भएर अरूमाथि रिस पोखिरहँदा क्षणभरकोलागि जम्मा भएको भीडबाट ताली त पायौ होला। तर तिम्रो त्यो व्यवहारले मनिसको मनमा तिमीप्रति जून आशा पलाएको थियो त्यो पलभरमै मारिदियो। तिमिलाइ शायद त्यो थाहा छैन् होला।

  • पण्डित् दिनबन्धुद्धारा अमेरिकी विश्वविद्यालयमा धार्मिक प्रस्तुती

    पण्डित् दिनबन्धुद्धारा अमेरिकी विश्वविद्यालयमा धार्मिक प्रस्तुती सेतोपाटी संवाददाता, बोष्टन, अमेरिका,वैशाख २० -

    पण्डित् दीनबन्धु पोखरेलले अमेरिकाको बोष्टनस्थित ब्रान्डेइस युनिभर्सिटीमा हिन्दुधर्म र जातिय छुवाछुतको बारेमा आईतबार प्रस्तुति दिएका छन् । नेपालमा श्रीमदभागवत् वाचन गरी ख्याती कमाएका पोखरेलले हिन्दुधर्मले जात–जातको विभाजन जन्मका आधारमा गरेको नभई कर्मको आधारमा गरेको र छुवाछुत पनि धर्मग्रन्थमा बर्जित रहेको प्रस्तुतीका क्रममा बताएका छन् ।

     

  • आइएसआइद्वारा शरणार्थी शिविरमा आत्मघाति आक्रमणः बालबालिका सहित ३२ जना भन्दा बढिको निधन

    आइएसआइद्वारा शरणार्थी शिविरमा आत्मघाति आक्रमणः बालबालिका सहित ३२ जना भन्दा बढिको निधन सेताेपाटी ग्लाेबल -

    इराक र सिरियाको सिमानामा रहेको अस्थाइ शरणार्थी शिविरमा आइएसआइएसले आत्मघाति आक्रमण गरेको छ। मंगलबार भएको उक्त आक्रमणबाट २१ जना शरणार्थी सहित ३२ जनाको निधन भएको जनाइएको छ। निधन हुनेहरुमा इराकी शरणार्थी, सिरियाका बिस्थापित मानिसहरु र लडाकु भएको पुष्टि भएको छ।

  • प्रधानन्यायाधीस बिरुध्द दर्ता भएको महाअभियोग प्रस्ताब प्रति प्रवासी नेपालीहरुद्वारा खेद ब्यक्त

    प्रधानन्यायाधीस बिरुध्द दर्ता भएको महाअभियोग प्रस्ताब प्रति प्रवासी नेपालीहरुद्वारा खेद ब्यक्त सेताेपाटी ग्लाेबल -

    सर्बोच्च अदालतका प्रधानन्यायधीस बिरुध्द दर्ता भएको महाअभियोग प्रस्ताव प्रति प्रवासी नेपालीहरुले सार्वजनिक वक्तव्य जारी गर्दै खेद ब्यक्त गरेका छन्। यहि बैशाख १७ गते जारि गरिएको वक्तब्यमा नेपालमा कानुनी राज्यको उपहास भएको र स्वतन्त्र न्यायलय माथिको धावाले देश अध्यारो युग तिर धकेलिने चिन्ता ब्यक्त गरिएको छ।

  • वासिंटनमा नेपाली वाणिज्यदूतावास उद्घाटन

    वासिंटनमा नेपाली वाणिज्यदूतावास उद्घाटन सेतोपाटी संवाददाता, सियाटल वासिंटन, वैशाख १८ -

    नेपाल सरकारद्धारा अमेरिकाको वासिंटन स्टेटको सियाटलका लागि नियूक्ति एसी शेर्पाद्धारा स्थापना गरिएको अवैतनिक वाणिज्य दुतावासको कार्यलय आज उद्घाटन भएको छ । नेपालका लागि अमेरिकी राजदूत डा अर्जुन कार्की र सिटी अफ रेडमण्डका मेयर जोन मर्सिनले सियाटलको रेडमण्डमा स्थापना गरिएको कार्यलयमा संयूक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

     

  • अमेरिकामा नेपाली यूवा मूर्तिकारको प्रदर्शनी

    अमेरिकामा नेपाली यूवा मूर्तिकारको प्रदर्शनी सेतोपाटी ग्लोबल, मिसौरी, वैशाख १८ -

    अमेरिकाको मिसौरी राज्य अन्तर्गत सेन्ट लुईसस्थित फोन्टबोनी युनिभर्सिटीमा बिगत दुई वर्षदेखि मूर्तिकला विषयमा अध्ययनरत नेपाली विद्यार्थी नेत्र बहादुर खत्री (रबीन खत्री) ले मूर्त तथा अमूर्त प्रकारका मूर्तिकला प्रदर्शन गरेका छन।

     

  • नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको प्रोमो र तालिका सार्वजनिक (भिडियो सहित)

    नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको प्रोमो र तालिका सार्वजनिक (भिडियो सहित) सेताेपाटी ग्लाेबल, वाशिंगटन डिसी -

    नेपाल अमेरिका फिल्म सोसाइटीको अगुवाइमा यही मे महिनाको ५ तारिख देखि सुरु हुने ’नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव’को प्रोमो सार्वजनिक भएको छ।  निर्धारित कार्यक्रम अनुसार मे ५ तारिख शुक्रबार साँझ ६ बजे युनिभर्सिटी अफ मेरिल्याण्डको होफ थियटर, कलेज पार्क, मेरिल्याण्डमा दीपक रौनियारको चलचित्र ’सेतो सुर्य’ बाट सुरु हुने छ। महोत्सव मे ५ देखि ७ तारिख सम्म चल्ने छ। महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन्।

  • गैरकानूनी रूपले अमेरिका प्रवेश गर्नेमाथि थप कडाई, ट्रम्पले भने त्यस्तालाई समात्छौ, थुन्छौं र फर्काउँछौ

    गैरकानूनी रूपले अमेरिका प्रवेश गर्नेमाथि थप कडाई, ट्रम्पले भने त्यस्तालाई समात्छौ, थुन्छौं र फर्काउँछौ सेतोपाटी ग्लोवल, डिसी, वैशाख १७ -

    आफ्नो कार्यकालको १०० औं दिनको अवसर पारेर व्हाइट हाउसबाट दुई सय माईल टाढा पेन्सनभेनिया राज्यमा आयोजित आफ्ना समर्थकहरूको सभालाई सम्वोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्नेमाथि थप कडाइ गरेको बताएकाछन्। ‘विश्वले थाहा पायो कि गैर कानूनी रूपले अमेरिका प्रवेश गर्नेलाई समातिने छ, थुनिने छ र फर्काईने छ। अमेरिका यसमा कडा हुनेछ।’

     

  • एनआरएन अस्ट्रेलियाको सदस्यतामा नाटकीय मोड कसरी आयो?

    एनआरएन अस्ट्रेलियाको सदस्यतामा नाटकीय मोड कसरी आयो? हेमन्त काफ्ले -

    तीन दिनमा पाँच हजार सदस्य थपीने कुराले एनआरएनएको लोकप्रीयता बढेको होकी या सत्ता प्राप्तीको खेलमा कुप्रथा प्रारम्भ भएको हो त्यो भने हेर्न बाँकी छ । यो कुनै पनिहालतमा स्वस्फूर्त सदस्यता बढेको होइन। यो यहाँका राजनीतिक पार्टीका भातृ संगठनले आफ्नो टिमलाई जिताउन तयार पारेको रणनीतिको प्रतिफल हो। विस्तृतमा