विशेष

Search news by date range:

  • अमेरिका र चीनलाई बेवास्ता गर्दै उत्तर कोरियाद्वारा आणविक कार्यक्रमलाई निरन्तरता

    अमेरिका र चीनलाई बेवास्ता गर्दै उत्तर कोरियाद्वारा आणविक कार्यक्रमलाई निरन्तरता किशन गौतम,, सोल, वैशाख १५ -

    गत बुधवार अमेरिकाले कोरियाली प्रायद्विपमा खडा गरेको मिसाइल प्रतिरक्षा प्रणालीलाई  लक्षित गर्दै उत्तर कोरियाली  एक  सैन्य अधिकारिले  कुनै  पनि बाह्य  शक्ति वा घटनाले आफ्नो आणविक कार्यक्रमलाई असर नपर्ने भन्दै  यसलाई निरन्तरता दिने बताएका हुन्।

     

  • राजदूत सुवेदीद्वारा आयरल्याण्डका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

    राजदूत सुवेदीद्वारा आयरल्याण्डका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश फडिन्द्र भट्टराई, लन्डन -

    बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले आयरल्याण्डका राष्ट्रपति माईकल ड्यानियल हिगीन्स समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश  गरेका छन्। लन्डन दूतावासद्वारा जारी विज्ञप्ति अनुसार राजदूत सुवेदीले बिहीबार आयरल्याण्डको राष्ट्रपति प्यालेसमा आयोजित एक विशेष समारोहबीच आफ्नो ओहोदाको प्रमाणपत्र  पेश  गरेका हुन्।

     

  • कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका एक नेपाली युवकको सुतेकै अवस्थामा मृत्यु

    कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका एक नेपाली युवकको सुतेकै अवस्थामा मृत्यु किशन गौतम, सोल, वैशाख १५ -

    रोजगारीका लागि इपिएस मार्फत कोरिया पुगेका खोटाङ चिब्रुङका  कल्याण राई आफ्नै कम्पनीको आवास कोठामा मृत भेटिएका हुन्। करिब ५ वर्ष देखि दक्षिण कोरियाको छन्जुस्थित एक  धागो कारखानामा काम गर्दै आएका राई आफ्नो कोरियाको बसाइ अबधि समाप्तिपछि नेपाल फर्किने तयारीमा रहेको बुझिएको छ।

     

  • स्विजरल्याण्डमा गाँजा खान पाउनु पर्ने मागबारे जनमत संग्रह हुने

    स्विजरल्याण्डमा गाँजा खान पाउनु पर्ने मागबारे जनमत संग्रह हुने सेतोपाटी ग्लोबल,, जेनेभा, वैशाख १४ -

    बैधानिक रूपमा गाँजा खान र खेती गर्न पाउने पर्ने माग राखी स्विजरल्याण्डमा अभियान शुरु भएको छ। एक लाख हस्ताक्षर भएपछि कुनै पनि विषयमा जनमत संग्रह गर्नुपर्ने संघीय कानून अनुसार अबको डेढ बर्ष भित्र गाँजाको बैधानिकताको बिषयमा मतदान हुनेछ।

     

  • मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ?

    मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ? रामचन्द्र भण्डारी -

    आगामी मे ७ मा दोस्रो चरणको निर्वाचन हुँदैछ जसमा मारिन ले पेनउक्त चुनावमा पहिलो स्थान प्राप्त गरेका इम्यानुअल म्याक्रोनसँग भिड्ने छन् । सबै भन्दा कडा आप्रवासी विरोधी कार्यक्रम पेश गरेकी मारिन ले पेनराष्ट्रपति निर्वाचित भएमा फ्रान्समा बस्ने आप्रवासीहरु पूर्णरुपले प्रभावित हुने निश्चित छ।

     

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १०० दिन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १०० दिन -सुनिल मणि दाहाल, वाशिंगटन, डि.सी. -

    मेक्सिकोको सीमामा पर्खाल लगाउने, ओवामा केयरलाई निस्तेज बनाई सहज र सस्तो स्वास्थ्य बिमाको ब्यवस्था गर्ने ,अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने, अमेरिकाको केन्द्रीय सरकारमा कुनै पनि नयाँ नियुक्ति नगर्ने, ट्रान्स प्यासिफिक पार्टनरसिपमा अमेरिका नरहने, ६ मुस्लिम बाहुल मूलुकका नागरिकलाई अमेरिका प्रवेशमा बन्देज लगायतका प्रमूख कार्यकारी आदेशहरू ट्रम्पले जारी गरेका हुन्।

     

     

  • सामाजिक सञ्जालमा हल्ला मात्रै गर्ने कि पीडकलाई कारबाही पनि गर्ने?

    सामाजिक सञ्जालमा हल्ला मात्रै गर्ने कि पीडकलाई कारबाही पनि गर्ने? सन्तोष न्यौपाने -

    बेल्जियमको नेपाली समाजमा हरेक वर्षजसो आउने समस्यालाई कसरी टुङ्ग्याउन सकिन्छ भन्ने तर्फ कोही लागेको देखिदैन। तसर्थ यसतर्फ लाग्नुपर्ने बेल्जियमबासी नेपालीहरुको आवश्यकता रहेको छ। यसको लागि पक्ष विपक्ष नगरेर पीडकलाई कारबाहीको दायरामा ल्याउने गरौं। पहिलो नैतिक कारबाही गरौं त्यसले नि नपुगे मिलाउन नसक्ने जस्तो छ भने बेल्जियम प्रसासनको सहयोगबाट अगाडि बढौं। त्यसो गर्दा एउटा घटना समाधान गर्दा पछि आउने १ सय घटना आफैं टुंगो लाग्न थालेका हुन्छन्।

     

  • अमेरिकाले क्षेप्यास्त्र  प्रतिरक्षा प्रणाली  तैनाथ गरेपछि कोरियाली प्रायद्धिपमा  थप तनाब

    अमेरिकाले क्षेप्यास्त्र  प्रतिरक्षा प्रणाली  तैनाथ गरेपछि कोरियाली प्रायद्धिपमा  थप तनाब सेतोपाटी संवाददाता, डिसी, वैशाख १३ -

    स्थानीयको तिब्र विरोधका वाबजूद पनि अमेरिकी सुरक्षाफौजले कोरियाको  दक्षिण पूर्वी इलाकामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथीको काम जारी राखेको छ। उत्तर कोरियाबाट सम्भावित क्षेप्यास्त्र आक्रमणलाई रोक्न भन्दै तैनाथ गर्न लागिएको थाड नामक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको स्थानीयवासीले तिब्र विरोध गरिरहेका छन्।

     

  • आमालाई फेसबुक  देखाउनुस्

    आमालाई फेसबुक  देखाउनुस् - प्रकाश सापकोटा -

    आमालाई

    मिठाइ ख्वाए ख्वाउनुस् नख्वाए नख्वाउनुस्,

    उपहार ल्याए ल्याउनुस् नल्याए नल्याउनुस्,

    वृद्धाश्रममा भेट्न गए जानुस् नगए नजानुस्,

    हँसाए हँसाउनुस् नहँसाए नहँसाउनुस्,

    गुन लाए लाउनुस् नलाए नलाउनुस्,

    पिडामा मल्हम लगाउनुस् या नलगाउनुस्,

    तर फेसबुक देखाउनुस्

  • अष्ट्रेलिया आउँदै हुनुहुन्छ यो भने अहिलै सोच्नुहोस्

    अष्ट्रेलिया आउँदै हुनुहुन्छ यो भने अहिलै सोच्नुहोस् सिद्धार्थ पौडेल -

    भन्छन् नि कमाउन नसकेको धन, र रमाउन नसकेको मन ले धेरै कुरा बिगार्ने गर्छन् रे। त्यस्तै छ यहाँ अष्ट्रेलिया मा। अष्ट्रेलिया गन्त्यब्य बनाउनेले मात्र होइन, अब बनाउन उत्प्रेरित गर्नेले पनि यसको बारेमा गहिरिएर सोच्नुपर्ने अवस्था आएको छ। अब नसोचे कहिले सोच्ने? हामीले नसोचे कसले सोच्ने?

  • ‘रङ नम्बर’ डायल गरेर ‘राइट रिजल्ट’ कहिँ पाईन्छ?

    ‘रङ नम्बर’ डायल गरेर ‘राइट रिजल्ट’ कहिँ पाईन्छ? पंचम अधिकारी -

    दोस्रो तहका ठुला र ठालु नेताले राम्रा घर र गाडी जोडेर सामाजिक सुरक्षाको जोहो पनि गरिसकेका छन्। छोराछोरीलाई विदेशमा पढाएका छन् र आफू विरामी हुँदा विदेश गएर उपचार गर्ने हैसियत पनि बनाएकै छन्। गर्न नसकेको भनेको एउटै कुरो हो- देश विकास। यसमा मतदाताको आफ्नै बिडम्बना छ- देशको विकास भएन भनेर गनगन गर्नु अनि त्यही काँग्रेस, एमाले र माओवादीलाई भोट हाल्नु! ‘रङ नम्बर’ डायल गरेर आजसम्म कसले पो ‘राइट रिजल्ट’ पाएको छ र?

  • आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै डिएलआर रेलैमा

    आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै डिएलआर रेलैमा मोहनराज बराल -

    घरबाट हेर्दा छोरा लण्डन हुन्थ्यो तर छोराको अवस्था भने दर्दनाक। यहि वेदना,पिडाको साँची र सिकार आफु पनि भईयो। आखिर परिस्थिति अनुसार गुज्रनु त छदै थियो। आमा नेपालमा रूनु पर्ने छोरा लण्डन। आमालाई रुनको लागी त परिवार, साथी सँगी छँदै थिए तर छोरा भने रेलमा  रून पर्ने।वास्तवमा विद्वान जोडी पिकोल्टले भने झै दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो। तर मुग्लानमा आमाको काख हुने कुरै भएन।

  • क्याथोलिकहरूको केन्द्र रोममा मौलाकालिका मन्दिर

    क्याथोलिकहरूको केन्द्र रोममा मौलाकालिका मन्दिर सेतोपाटी ग्लोबल, इटाली, वैशाख १२ -

    पत्रकार ददि सापकोटा र यूरोपमा नेपाली हस्तकलाको प्रवर्धनमा क्रियाशील शिव रिजालको सक्रियतामा मन्दिर स्थापना भएको हो। गैर आवासीय नेपाली महासंघका पूर्वअध्यक्ष तथा उद्यमी जीवा लामिछानेले पूजा आराधना गरेर मन्दिरको उद्घाटन गरेका हुन्। इटालीका लागि अवैतनिक महाबाणिज्यदूत पाउलो निगुरे, शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठको उपस्थितिमा उद्घाटन गरिएको मन्दिर दुई दिनमै डेढ लाखले दर्शन गरेको आयोजकले बताएको छ।

     

  • बेलायतको संसद भवनमा नेपालको भूकम्प सम्बन्धी डकुमेन्ट्री

    बेलायतको संसद भवनमा नेपालको भूकम्प सम्बन्धी डकुमेन्ट्री फडिन्द्र भट्टराई, लन्डन, वैशाख १२ -

    वेलायतको संसद भवन भित्रको एउटा च्याम्बरमा नेपालमा दुई वर्षअघि गएको महाभूकम्प सम्बन्धी वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन गरिएको छ। नेपालमा भूकम्प गएको दोस्रो वार्षिकीको अवसर पारेर लन्डन वेस्टमिन्स्टर परिसर भित्रै आमन्त्रित विदेशी तथा नेपाली पाहुनाहरु माझ उक्त डकुमेन्ट्री देखाईएको हो।

     

  • मुलुक नजोडिएको महाभूकम्पपछिको पुर्ननिर्माण

    मुलुक नजोडिएको महाभूकम्पपछिको पुर्ननिर्माण  डा.विजय ज्ञवाली / जानुका खतिवडा ज्ञवाली -

    बाहिरी कारण जे देखिए पनि यसको भित्रि कारण भनेको पुर्ननिर्माण आयोगको मनोवैज्ञानिक तयारीमा अपरिपक्कता थियो। पुर्ननिर्माणको लहरलाई आयोगले मुख्य मिसनको रुपमा अगाडि बढाउन सकेन। धरहरा पुर्ननिर्माण योजनामा सर्वसाधारणलाई सहभागी गराउने प्रयास गरेता पनि उक्त अभियानले पनि जनमानसमा आशा जगाउन सकेन। यदि धरहरा पुर्ननिर्माणलाई एउटा प्रतिकको रूपमा विकास गर्न सकेको भए मनोवैज्ञानिक  रुपमा आम नेपालीमा आशाको दीप जलाउन मद्दत गर्ने थियो।

     

  • कोरियामा बेरोजगारी संख्या सन् २००० यताकै उच्च, ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार

    कोरियामा बेरोजगारी संख्या सन् २००० यताकै उच्च, ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार किशन गौतम, सोल, वैशाख १२ -

    पछिल्लो समय कोरियामा युवा बेरोजगारी संख्या बढ्दो देखिएको छ। यो वर्षको पहिलो ४ महिनाको अवधिमा उच्च शिक्षा हासिल गरेका ९.५ प्रतिशत अर्थात ५ लाख ४३ हजार युवा बेरोजगार रहेको गत आइतबार प्रकाशित एक सरकारी तथ्यांकले देखाएको छ।

     

  • अष्ट्रेलियामा श्रीमती र छोराछोरी पिट्नेले नागरिकता नपाउने!

    अष्ट्रेलियामा श्रीमती र छोराछोरी पिट्नेले नागरिकता नपाउने! हेमन्त काफ्ले -

    अस्ट्रेलियामा बढ्दो महिला हिंसा र बाल अधिकार हननका घटनालाई कम गर्ने उद्धेश्यले प्रधानमन्त्री माल्कम टर्नबुल सरकारले नागरिकता सम्बन्धी नयाँ नीतिमा कठोर कानुनको ब्यवस्था गरेको छ। बढ्दो घरेलु हिंसाको न्युनिकरण र बाल अधिकारको रक्षाको लागि प्रधानमन्त्री माल्कम टर्नबुल सरकारले यो कडाइ नीति अपनाएको बताएको छ।

     

  • सयौं सिरियन सरकारी कर्मचारिहरु अमेरिकाको कालो-सूचिमा

    सयौं सिरियन सरकारी कर्मचारिहरु अमेरिकाको कालो-सूचिमा सेताेपाटी ग्लाेबल -

    रासायनिक हतियार विकास र प्रयोग गरि सिरियामा मानव संहार गरेको आरोप लगाउँदै अमेरिकन सरकारले सिरियाका २ सय ७१ सरकारी कर्मचारीलाई कालो-सूचिमा राखेको जनाएको छ। अमेरिकाको डिर्पाटमेन्ट अफ ट्रेजरीले सोमबार वक्तव्य जारि गर्दै सिरियाको साइन्टिफिक स्टडिज एण्ड रिर्सच सेन्टरका कर्मचारिहरु माथि यस्तो प्रतिबन्ध लगाइएको बताएको छ। कालो-सूचिमा परेका केहि व्यक्तिहरु बिगत ५ बर्ष देखि बिषालु रासायनिक हतियार बनाउन संलग्न रहेको र राष्ट्रपति बशर अल अशदका सहयोगी रहदै आएका छन्।

  • दिदी तेरा देवर दिवाना...

    दिदी तेरा देवर दिवाना... ज्योति देवकोटा -

    मध्यरात लोग्ने स्वास्नी सुते होलान् भन्ने पक्का भयो। उनले सुनाएर गएको डरको पोको मनसम्म नआउँदै मैलै त्यहाँबाट हिँड्ने निर्णय गरेँ। मलाई फर्केर घर जान कुनै हालतमा मन थिएन। म घर गए भने मसँगै भागेर अर्को बिहान घर फर्केको साथीले जितेको र मैले हारेको ठहरिन्थ्यो। मलाई हार्न मन लागेन।

     

  • तनहुँका  कैनी बेलायतमा सांसदको सम्भावित उम्मेदवार

    तनहुँका  कैनी बेलायतमा सांसदको सम्भावित उम्मेदवार फडिन्द्र भट्टराई,, लन्डन, वैशाख १० -

    पार्टीमा काम गरेको हिसाबले उम्मेद्वारी योग्यतामा छानिएका डा. कैनीले सांसदको उम्मेद्वारीमा पार्टीका अरु दुई सहकर्मी लगायत आफूले पनि आवेदन हालेको बताए। उनका अनुसार  यतिखेर चुनाव आगमनको छोटो अवधीको कारण साधारण सदस्यहरुको प्रक्रियागत छनोटभन्दा पनि पार्टीको क्षेत्रीय समितीको शिफारिसमा न्याशनल एक्जिक्यूटिभ बोडीले यही अप्रिल महिनाको अन्त्य सम्ममा उम्मेदवार चयन गर्नेछ।

     

  • पहिलो पटक डेनमार्कमा आउँदा

    पहिलो पटक डेनमार्कमा आउँदा प्रकाश ढकाल -

    त्यतिबेला सन् २००७ मा नेपालको युरोपसंग सिधा हवाई सम्पर्क थियो। काठमाडौँ देखि अस्ट्रियाको भियानासम्म। नेपालमा स्नाकोत्तर दोस्रो वर्षको विधार्थी थिएँ र त्यतिनै बेला विदेशमा उच्च अध्ययन गर्ने जोश चलेको बेला काठमाडौँबाट भियनाको लागि जहाज चढियो। परिवारबाट बिदाइ हुँदा आँखा रसाएका थिए अनि मन अमिलो थियो। काठमाडौँ विमानस्थलमा विभिन्न सुरक्षा चरण तथा अध्यागन प्रक्रिया पुरा गर्दा मेरो मनमा विविध तर्कना चलेको थियो। नेपालमै अवसर पाएको भए किन यसरी छपन्न दिनको छोरो, सुत्केरी श्रीमती, बुवाआमा, दाजु भाउजु अनि सबै परिवार छोडेर विदेश हिंड्नु पर्थ्यो र?

  • कोरियाले दक्ष विदेशी कामदार भित्र्याउन भिसा प्रणाली परिवर्तन गर्दै, अब परिवार पनि लान पाउने

    कोरियाले दक्ष विदेशी कामदार भित्र्याउन भिसा प्रणाली परिवर्तन गर्दै, अब परिवार पनि लान पाउने किशन गौतम, सोल, वैशाख ९ -

    चौथो औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै कोरिया सरकारले भिसा प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ।  परिवर्तित भिसा प्रणाली अनुसार दक्ष विदेशीको कोरिया बसाई लम्बाउन उनीहरूका श्रीमान् ,श्रीमती वा अन्य  परिवारका सदस्यलाई पनि कोरिया झिकाउन सक्नेछन्। यसरी झिकाइएका परिवारका सदस्यलेसमेत रोजगारी गर्न पाउनेछन्। तर त्यसको लागि निश्चित क्राइटेरिया भने तोकिएको छ।

     

  • हरे फाल्गुनी!

    हरे फाल्गुनी! -दीक्षित के.सी. -

    यस्तैमा खल्तिको फोन भुरभुर गर्दै काम्न थाल्यो। समयको फड्को भन्ने कि के तर पहिले पहिले जस्तो फोनमा रिङटोन फेरिफेरि घन्काउने मेरा दिन रहेनन अब। नचिनेको नम्बरबाट फोन आएको देखेर वास्तै नगरि चियाको मजा लिदै बसेँ। ‘फेरि गर्‍यो भने उठाउनु पर्ला।’ केहि छिन बजेर शान्त भएको फोन फेरि बजेन। सोचेँ, ‘रंग नम्बर’।

     

  • नयाँ वर्ष या चाडपर्व  विदेशमा  झन् उत्सवै उत्सव

    नयाँ वर्ष या चाडपर्व  विदेशमा  झन् उत्सवै उत्सव फडिन्द्र भट्टराई,, लन्डन, वैशाख ९ -

    नेपाली नयाँ वर्ष २०७४ ले छोएको हप्ता दिन बितेको छ। सामाजिक संजालमा पोस्टिएका शुभकामना स्टाटस त अब पुरानिए। तर, नयाँ वर्ष उत्सव समारोहका फोटाहरु भने अझै उल्लेख्य रुपमा पोखिदै छन्। खास गरेर विदेशमा बस्ने नेपालीलाई सधै जस्तो यसपाली पनि नयाँ वर्षले राम्रै  छोएको पाईयो। अमेरिका, अष्ट्रेलिया, जापान र मध्य पूर्वका देशहरुमा जस्तै यता बेलायततिर पनि नेपालीलाई नयाँ वर्ष राम्रै लाग्यो।

     

  • रातो पासपोर्ट र पिआरले समेत बदल्न नसकेको नेपालीको ब्यवहार

    रातो पासपोर्ट र पिआरले समेत बदल्न नसकेको नेपालीको ब्यवहार जनक वराल -

    स्वदेशमा राम्रो अवसर नभएर,राम्रोसग पढ्ने वा ब्यापार ब्यबसाय गर्ने बातावरण नभएर। घरपरिवार को हातमुख जोर्ने बाध्यताले आकाशको बाटो रोजे होलान। कोहि महत्वकाङ्क्षा बोकेर बिदेश हिँडेका होलान।  कारण र उदेस्य जे सुकै होला, लाखौ नेपाली युबा आज बिदेशी माटोमा संघर्स गर्दै छन। खाडीमा काम गर्ने मानिस आफ्नो परिवारलाइ सुखसग पाल्ने र छोरा छोरीलाइ राम्रो शिक्षादिक्षा दिने उदेश्यले पसिना बगाउदै होला त युरोप अमेरिकामा संघर्षरत मानिस ग्रिनकार्ड, रातो पासपोर्ट हासिल गरेपछि आफु र आफ्नो परिवारलाइ सेटल गर्ने उदेश्यले पसिना बगाउदै होला। आफ्नो स्तर र ठाउँ  अनुसार उदेस्य र महत्वकाङ्क्षा फरक फरक छन।

  • नेपाली जनसम्पर्क समितिलाई विधि र निति कसले सिकाउने?

    नेपाली जनसम्पर्क समितिलाई विधि र निति कसले सिकाउने? सि.पि. पौडेल -

    कामका सिलसिलामा, पारिवारिक कारण र राजनीतिक शरण लिन हाल सम्म पनि भारत जानु हामी नेपालीहरुका लागी नौलो कुरा रहेन। उसो त विगत देखि नै भारतमा नेपालीहरुको संख्या उल्लेखनीय छ। प्रवासमा नेपालीहरुको वाक्लो उपस्थितीका कारण नै २००७ साल पछि नेपाली हक हितका कुरा विस्तारै उठन थालेको थियो। यिनै कुराहरुलाई ध्यान दिर्दै महानायक वि.पि. कोइरालाले भारतमा सवैभन्दा पहिले जनसंम्पर्क समिति खोलेका थिए।

  • काठमाडौं मेयरका उम्मेदवारज्यू , बढदो ट्राफिक जाम र वातावरणीय प्रदूषण कम गर्ने कस्तो योजना छ?

    काठमाडौं मेयरका उम्मेदवारज्यू , बढदो ट्राफिक जाम र वातावरणीय प्रदूषण कम गर्ने कस्तो योजना छ? सुनिलमणि दाहाल -

    काठमाडौं उपत्यकाको एक प्रमुख चुनौती भनेको नै अब्यवस्थित यातायात प्रणाली हो। कही कतै जानु पर्‍यो भने सवारीको अत्याधिक चापले समयमा तोकिएको स्थानमा पुग्न नसक्नुधुँवा र धुलो जस्ता वातावरणीय प्रदुषणले जनस्तर प्रभावित हुनु चिन्ताको विषय भएको छ। यसै प्रसंगमा काठमाडौंको मेयरका उम्मेदवारका लागि काठमाडौंको बढ्दो ट्राफिक जाम र वातावरणीय प्रदूषण कम गर्न’ उनीहरुको भावी योजनाका बारेमा सोच्न, छलफल गर्न र मेयर भएपछि कार्यान्वयन नै गर्न काठमाडौंमा स्लगिङ र कारपोलिङ विधिबारे एक खोजमूलक जानकारी प्रस्तुत गरेको छु।

     

  • राष्ट्रिय जीवनका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व हुनुपर्छः राष्ट्रपति भण्डारी

    राष्ट्रिय जीवनका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व हुनुपर्छः राष्ट्रपति भण्डारी भरत केसी, उडिसा(भारत), वैशाख ७ -

    मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले भ्रमणको चौथो दिन बिहिबार उडिसा राज्यको राजधानी भुवनेश्वरमा मिसन शक्ति नामक संस्थाद्वारा आयोजित महिला सशक्तीकरण विषयको समारोहलाई सम्बोधन गर्दै महिला सशक्तीकरणका लागि समाजमा समष्टिगत विकासका वस्तुगत आधार निर्माण गर्नाका साथै अवसरको सिर्जना र बहुक्षेत्रीय दृष्टिकोण हुनुपर्ने बताइन्।

     

  • कठिन बन्दै अस्ट्रेलिया, नागरिकतामा व्यापक कडाई

    कठिन बन्दै अस्ट्रेलिया, नागरिकतामा व्यापक कडाई हेमन्त काफ्ले -

    योग्यता पुगेका विदेशीलाई प्रदान गरिने नागरिकता नीतिमा गरिएको परिवर्तनबाट अब बन्ने नागरिकहरू अंग्रेजी भाषामा दक्ष र अष्ट्रेलियाली नियम, कानुन र यसका मूल्य मान्यताहरुसँग सहज रूपले घुलमिल हुने विश्वास अस्ट्रेलियन सरकारले लिएको छ।

     

  • आइजीपी को छ/को हुन्छ भन्दा बढी 'प्रहरी संगठनलाई कसरी सवल बनाउने' भन्ने सोचौं

    आइजीपी को छ/को हुन्छ भन्दा बढी 'प्रहरी संगठनलाई कसरी सवल बनाउने' भन्ने सोचौं राधाकृष्ण देउजा -

    आइजीपी छनोट गर्ने दौरानमा सरकार र गृह मन्त्रालय सम्हाल्दै  वर्तमान सरकारमा रहेको ठुलो दलको नेतृत्वले प्रदर्शन गरेको गैर जिम्मेवार व्यवहारले प्रहरीको आइजीपी छनोटको विषयलाइ मजाकको विषय बनायो। यसले प्रहरी संगठनको मनोवल खस्काउनमा अत्यन्त ठुलो भूमीका निर्वाह गर्यो। त्यही हचुवा र मनोमानी शैली अपनाउनाले गर्दा दुइ महिनामा भित्रमा एकै ब्याचका अधिकृतहरु मध्यबाट दुई पटक आइजीपी नियुक्ति गर्नु परेको दुखद दृश्य देख्यौ हामीले। पहिलो पटक नियुक्त आइजीपीले त काम गर्ननै पाएनन् भने दोश्रो नियुक्ती पनि अदालतमा विचाराधीन विषय बन्न पुगेको छ।