भारतद्वारा शक्तिसाली मिसाइल ‘अग्नी–५’को सफल परिक्षण

  • Get News Alerts

भारतको सबैभन्दा लामो दुरीको शक्तिसाली न्युक्लियर मिसाइन ‘अग्नी–५’को सफल परिक्षण गरेको छ। सोमबार भारतको चाँदीपुरस्थित ओडी आइल्याण्डमा ‘अग्नी–५’को सफल परिक्षण गरिएको थियो। भारतीय प्रतिरक्षा बिभागले बताएअनुसार उक्त मिसाइलको आक्रमण क्षमता ५ हजार किलोमिटर दुरी रहेको छ।

जमिनबाट जमिनमै हान्नकालागी बनाइएको उक्त मिसाइल १७ मिटल लामो र २ मिटर चौडा छ भने करिव ५० टन ओजन भएको बताइएको छ। एक टनसम्म परमाणु हतियार बोक्न सक्ने मिसाइलको क्षमता छ।

सन २०१२ मा भारतले बनाएका ‘अग्नी–१’ ले ७ सय किलोमिटर सम्म मार हान्न सक्छ भने त्यस्तै सन २०१३ मा बनाएको ‘अग्नी–२’ले २ हजार किलोमिटर सम्मको मार हान्न सक्ने क्षमता राख्छ। त्यस्तै ‘अग्नी–३’ ले २५ सय किलोमिटरसम्मको मार हान्न सक्छ। पछिल्लो पटक बनाएको ‘अग्नी–४’ ले ३५ सय किलोमिटरसम्म हान्न सकिने बताएको थियो।

अमेरिका, रुस, फ्रान्स र चिन पछि लामो दुरीको मिसाइल बनाउन भारत पाँचौ मुलुक हो। 

प्रतिकृया दिनुहोस