भारतमा पेट्रोलीयम पदार्थमा मुल्य बृद्धि

  • Get News Alerts

नयाँ वर्षबाट लागु हुने गरि भारतमा पेट्रोल तथा डिजेलमा मुल्य बृद्धि गरिएको छ। भारतीय आयल निगमले बताए अनुसार पेट्रोलको मुल्यमा १ रुपैया २९ पैसा बढाइको छ भने डिजेलमा ९७ पैसा बढाइएको छ। जनवरी १ बाट लागु हुने गरि बढाएको भारतीय आयल निगमले बताएको छ।

पेट्रोलीयम पदार्थको अन्तराष्ट्रिय बजारमा मुल्य बृद्धि भएका कारण भारतले मुल्य बढाउनु परेको बताइएको छ। भारतमा पेट्रोलको मुल्यमा एक महिनामा तेस्रोचोटी मुल्य बढाइए भारतीय संचार माध्यमहरुले बताएका छन्।

प्रतिकृया दिनुहोस