भारतको गंगा नदीमा डुंगा पल्टिदा २१ को मृत्यु

  • Get News Alerts

भारतको पटनामा मकर संक्राँतिको अवसरमा देखाइने चंगा उडाउने मेलाबाट फर्कदै गरेका दर्शक बाकेको डुंगा ग‌गा नदीमा पल्टिदा २१ को मृत्यु भएको छ। शनिवार वेलुका भएको घटनामा अन्य २० यात्रु हराइरहेको बताइएको छ।

मृत्यु हुनेमा महिला तथा बालवालिकाहरु रहेको बताइएको। हरेक वर्ष संक्रातीको दिन पारेर भारतको पटनामा चंगा उडाउने उत्सव हुने गर्छ। बिहारका स्थानिय समारचार एजेन्सीहरुले बताए अनुसार चंगा उत्सवबाट फर्किदै गरेको डुंगा गंगा नदिमा डुबेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यक्त घटनामा दुख ब्यक्त गरेका छन्।

आधा नदिमा पुगेका बेला अचानक डुंगा पल्टेका घटनाका प्रत्यक्षदर्शिहरुले बताएका छन्। घटनामा उद्धार गरिएका घाइतेहरुका अनुसार डुंगाले क्षमता भन्दा बढी यात्रुहरु बाकेर हिँडेको थियो।

प्रतिकृया दिनुहोस