भारतको जम्मू कश्मीरमा हिमपहिरो, मर्नेको सँख्या २० नाघ्यो

  • Get News Alerts

भारतको जम्मू कश्मिर स्थित श्रीनरग राजमार्ग लगायत अन्य क्षेत्रमा आएको हिम पहिरो र बाक्लो हिमपातका कारण केहिदिनयता २० जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले बताए अनुसार १४ सेनाको मृत्यु भएको छ।

आज मात्रै श्रीनगरस्थित गुरेजमा ४ जना सेनाको लास निकालिएको श्रीजगर प्रहरीले बताएको स्थानिय समाचार माध्यमहरुले बताएका छन्। हिजो मात्रै ७ जना सैनिकहरुलाइ उद्धार गरिएको थियो। गुरेजस्थित सैनिक क्याम्पलाइ हिम पहिरोलाई पुरेपछि उद्धार टोली त्यहाँ खटिएको थियो। अहिले पनि दर्जनौ सैनिकहरु बेपत्ता रहेको बताइएको छ।

कश्मिरमा धेरै ठाउँमा हिम पहिरो आउन सक्ने बताउँदै स्थानिय प्रशासनले सजग रहन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस