अलिबाबाले भारतमा फ्रि इन्टरनेट दिने

  • Get News Alerts

चिनमा रहेको संसारको सबैभन्दा ठूलाे इ कमर्स सेवा प्रदायक अलिबाबाले भारतमा फ्रि इन्टरनेट दिने तयारी गरेको छ। भारतीय संचारमाध्येक बिजवेश इन्साइडरले बताए अनुसार भारतमा फ्रि इन्टरनेट सेवा प्रदान गर्नकालागी अलिबाबाले टेलिफोन कम्पनीहरुसँग कुराकानी अगाडी बढाएको छ।

चिनमा डब्लु सी वीभ नामक इन्टरनेट सेवा प्रदान गर्दै आएको अलिबाबाले भारतमा फ्रि मा इन्टरनेट प्रदान गर्ने तयारी गरेको हो। अलिबाबाले भारतमा युसी न्युजको सुरुवात गरेलगत्तै फ्रि इन्टरनेट सेवा दिने योजना अगाडी ल्याएको हो।

भारतमा फेसबुकले पनि फ्रि इन्टरनेट सेवा दिने धोषणा गरेको थियो। तर, नेट तथस्टता सम्वन्धी मुद्धाले ठुलो आकार लगेपछि फेसबुकले फ्रि इन्टरनेट सेवा कार्यक्रम फिर्ता लगेको थियो।

अलिबाबाले बताए अनुसार वाइ फाइ प्रदायक कम्पनीहरुसँग कुरा कानी भइरहेको छ। इन्टरनेट सेवा नपाएका ठाउँहरुमा प्रदान गरिने उक्त फ्रि इन्टरनेट सेवालागी कुरा अगाडी बढेको भएपनि कम्पनीले कहिले देखि लागु हुन्छ भन्ने कुरा बताएको छैन।

प्रतिकृया दिनुहोस